चर्चले आफैलाई झुटा सुसमाचारहरूदेखि कसरी रक्षा गर्छ ?
संसारभरिका चर्चहरूले हरेक हप्ता बाइबल त पढ्छन्, तर बाइबलले भन्न खोजेको मुख्य कुरा बुझ्न चुक्छन्, र परिणामस्वरूप हप्तै पिच्छे झुटा सुसमाचार प्रचार गर्न पुग्छन् । यस्तो खतराबाट चर्चलाई रक्षा गर्ने एउटा तरिका भनेको बाइबललाई यसको मुख्य सन्देशको प्रकाशमा पढ्नु हो, जुन सन्देश ख्रीष्टमा पुगेर टुङ्गिन्छ । यसलाई हामी बाइबलीय ईश्वरशास्त्र भन्दछौं ।
बाइबलको मुख्य कथा बुझ्नलाई चाहिने रूपरेखाबाट सुरू गरेर उक्त सन्देशको शिक्षणलाई प्राथमिकतामा राख्न आधारभूत सिद्धान्तहरूलाई वर्णन गर्दै यस पुस्तकले चर्चहरूलाई सुसमाचारीय सत्यताको रक्षा गर्न साहयता गर्दछ ।
थप जानकारी
- लेखक: निक रोअर्क र रोर्बट क्लाइन
- Format: Paperback
- ISBN: 9789937960250
- Page: 145
- भाषा:नेपाली
- प्रकाशन:गोस्पल पब्लिकेशन
अनुमोदनहरू
प्रायः साँचो खीष्टियानहरूले प्रत्येक दिन अर्धसत्य (अपूर्ण) सुसमाचारको सामना गर्नु पर्दछ । बाइबलीय ईश्वरशास्त्र सुसमाचारको पूर्ण सत्यतालाई बुझ्दै आ-आफ्नो चर्चलाई अर्धसत्य सुसमाचारबाट जोगाउँदै खीष्टमा वृद्धि हुन डोर्याउने एक उपयुक्त पुस्तक हो ।
मणी कोइराला, नेपाल वचन मण्डलीका पास्टर
बाइबल एउटै मात्र विषयको पुस्तक हो, जहाँ हरेक पात्र र घटनाहरूले खीष्ट येशूलाई नै इङ्गित गर्दछ भनी प्रस्ट्याउन यो पुस्तकले कुनै कसर बाँकी राखेको छैन ।
सुवास प्रधान, सिटी टू सिटी नेपालका राष्ट्रिय निर्देश
यो पुस्तकले तपाईलाई येशू खीष्टलाई छाडेर बाइबलका अन्य पात्रहरूलाई हिरो बनाउन दिनेछैन ।
इशाई राई, काठमाडौं कम्युनिटी बप्तिस चर्चका पास्टर
परमेश्वरले दिनुभएको उद्देश्यअनुसार बाइबललाई बुझ्न यस पुस्तकले सहायता गर्छ ।
नीरज गौतम, नेपाल खीष्टिय रामघाट मण्डलीका एल्डर
Book Author | |
---|---|
Format | |
ISBN | 9789937960250 |
Language | |
Pages | 145 |
Publisher |
Reviews
There are no reviews yet.