तपाईं किन चर्चमा सहभागी हुनुपर्छ ?

सुसमाचार प्रदर्शन गर्न चर्चमा सहभागी हुनुपर्दछ

बीसवर्ष भन्दा बढी पास्टरीय सेवकाइको अवधिमा  मैले दर्जनौँ मानिसहरूलाई भेटेको छु, जो चर्च सदस्यताको विचारलाई लिएर सङ्कोच मान्ने गर्दछन् । अन्तत: ख्रीष्टियानमत  भनेको ख्रीष्टद्वारा परमेश्वरससँगको व्यक्तिगत सम्बन्धको बारेमा हो, न कि यो कागजको एक टुक्रामा आफ्नो नाम टाँस्नु अथवा चर्चको सदस्य बैठकमा संलग्न हुने बारेमा हो । वास्तवमा, चर्च सदस्यताबारे कुरा गरेर समय बर्बाद किन गर्नु ? जब कि यसको सट्टामा हामी ख्रीष्टको बारेमा कुरा गर्न सक्छौं । कतिपय मानिसहरूको लागि चर्च सदस्यताको विचार भनेको हामीलाई हाम्रो जीवनको महत्वपूर्ण कुरा अर्थात् सुसमाचारबाट विकेन्द्रित गर्ने कुरा झैँ हो ।


अवश्य पनि, म सहमत छु  कि सबै ख्रीष्टियानहरूले सुसमाचारलाई आफ्नो जीवनको केन्द्र बनाउनुपर्छ । हामी अरू मानिसहरूलाई सुसमाचार सुनाउन र संसारभरि सुसमाचार फैलिएको हेर्न चाहन्छौँ । हामी, हाम्रो जीवनले परमेश्वरको प्रेम सुसमाचारमा प्रतिबिम्बित गरेको चाहन्छौँ । जसरी पावलले भनेका छन्, केवल तिमीहरूको जीवनको चाल “ख्रीष्टका सुसमाचारको योग्य होस्” (फिलिप्पी १:२७) । म उत्साहित छु कि प्रत्येक ख्रीष्टियानले उनीहरूको जीवनमा सुसमाचार प्रदर्शन गर्दछन्, त्यसैले म चर्च सदस्यताबारे उत्साहित छु ।

चर्च सदस्यचाहिँ  पास्टरहरू, अगुवाहरू, अथवा चर्च वृद्धिमा सहायता पुर्याउनेहरूद्वारा चयन गरिएको होइन ।   यो त सुसमाचारको स्वभाविक परिणाम हो । सायद, तपाईँले यो कहिल्यै पनि विचार गर्नुभएको छैन होला, तर सुसमाचार परमेश्वरले  हामीलाई कसरी “अन्धकारको प्रभुत्वबाट“ बचाउनुहुन्छ भन्नेबारे मात्र नभएर यो त परमेश्वरले हामीलाई कसरी “उहाँको प्रिय पुत्रको राज्यभित्र” सार्नु हुन्छ भन्नेबारे पनि हो –  उद्दार गरिएको पापीहरूले खचाखच भएको राज्य, जो हामी जस्तै छन् र अहिले स्वर्गको नागरिक भएका छन् । ( कल. १:१३; एफि. २:१९ पनि हेर्नुहोस् ) यदि तपाईं सुसमाचारको बारेमा उत्साहित हुनुहुन्छ भने, संसारमा सुसमाचार प्रदर्शन गर्ने एक प्राथमिक माध्यम भनेको नै स्थानीय चर्चमा सहभागी हुनु हो ।


यस विचारलाई अझ विस्तृत रुपमा हेरौं : 
सुसमाचार, ख्रीष्टको मृत्यु र पुनरुत्थानद्वारा कसरी दोषी पापीहरू पवित्र परमेश्वरसँग मिलापमा  आउनसक्छ  भन्ने सन्देश हो । ख्रीष्टियानहरू तिनीहरू हुन् जसले आफ्नो नैतिक दरिद्रतालाई थाहा गर्दछन् र पापको प्रायश्चित र क्षमाको लागि ख्रीष्टतर्फ फर्कने गर्दछन् । ख्रीष्टमा धार्मि ठहराइएका अनि पवित्र आत्माद्वारा बास गरिएकाहरू अब उसो उहाँको  आज्ञालाई पालना गर्दै अनि परमेश्वरलाई महिमा दिन खुसीसाथ ख्रीष्टको अधिनमुनि जीवन व्यतित् गर्दछन् । अन्ततः ख्रीष्टियान त्यो मानिस हो जसको परमेश्वरसँग पुनर्मिलाप भएको छ ।

परमेश्वरको मानिसहरूसँग मिलाप गर्नुहोस्:
तर त्यति मात्र हैन! सुसमाचारले हामीलाई परमेश्वरसँग मात्र नभएर उहाँको मानिसहरूसँग पनि पुनर्मिलाप गराउँदछ । धेरै ख्रीष्टियानहरूले चर्च सदस्यताको महत्वलाई न्यूनीकरण गर्नुको एउटा कारण तिनीहरूले सुसमाचारको मर्मलाई परमेश्वरसँगको एक व्यक्तिगत सम्बन्धमा घटाएका छन् । तर वचनले पूर्णरूपमा फरक शिक्षा सिकाउँदछ । पापीहरूको शत्रुता परमेश्वरप्रति मात्र नभएर उहाँको स्वरूपमा बनिएकाहरूप्रति पनि छ । परमेश्वरसँगको टुटेको हाम्रो सम्बन्धले अरू मानिसहरूप्रति पनि टुटेको सम्बन्ध सिर्जना गर्दछ । बाइबलले त्यो सत्यतालाई नियमित रूपमा चित्रण गर्दछ । वास्तवमा, के तपाईँ आदम र हव्वाको पतन र अदनको बगैँचाबाट निर्वासन भएपछिको पहिलो कथालाई सम्झनुहुन्छ ? त्यो एउटा मान्छेले अर्को मान्छेलाई मारेको कथा हो – कयिनले हाबिललाई मारेको कथा । पापीहरू परमेश्वरलाई उहाँको सिंहासनबाट हटाएर आफैलाई त्यहाँ राख्न चाहन्छन्,  जसरी कयिनले त्यो कुरा हामीबाट अरू कसैलाई खोस्न दिने छैनौं भनि  देखाउन चेष्टा गरेका छन् । परमेश्वरसँगको संगतिलाई तोड्ने आदमको कार्यको परिणामले मानिसहरू बीचको संगतिलाई पनि तत्काल तोड्यो र आत्मकेन्द्रित बनायो ।

तसर्थ, जब सुसमाचारले परमेश्वरसँगको  हाम्रो सम्बन्धलाई पुनर्स्थापन गर्दछ, तब हामी र अरू उद्धार  गरिएका पापीहरू बीचको संगतिलाई पनि पुनस्र्थापित गर्दछ । जब हामी परमेश्वर तर्फको शत्रुतालाई त्याग्दछौ तब एक-अर्काप्रतिको शत्रुतालाई पनि त्याग्दछौँ । अर्को शब्दमा, ख्रीष्टियानहरू भनेको तिनीहरु हुन् जो परमेश्वरको महान् आज्ञामा आनन्दित हुदछन्ः तैले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदय, र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले प्रेम गर्नु र आफ्नो छिमेकिलाई आफैलाईजस्तै प्रेम गर्नु (मत्ती २२:३४–४०) । सुसमाचारले हामीमा के उत्पादन गर्दछ ?  परमेश्वर प्रतिको प्रेम र उहाँका मानिसहरू प्रतिको प्रेम । 


परमेश्वरसँग पुनर्मिलाप हुनु भनेको, उहाँसँग पुनर्मिलाप भएका अरू सबैसँग पनि पुनर्मिलाप हुनु हो । यो कुरा सुसमाचार सन्देशको केवल एक अनुमान मात्र होइन, येशू र उहाँको प्रेरितहरूले नयाँ करारभरि बारम्बार यही विचारलाई प्रस्टरूपमा सिकाउनु भएको छ । 

परमेश्वरसँग पुनर्मिलाप हुनु भनेको,
उहाँसँग पुनर्मिलाप भएका सबैसँग पनि पुनर्मिलाप हुनु हो ।

उदाहरणको लागि, एफिसी २ को पहिलो भागमा, पावलले ख्रीष्टले आफ्नो मानिसहरूलाई प्रदान गर्नुभएको मुक्तिको वर्णन गर्दछन् । धेरै मानिसहरूले पावलको वचनलाई सही मुल्याङ्गकन गरेका छन् कि हामीले “अनुग्रहबाट… बिश्वासद्वारा” उद्धार पाएका छौ । “ यो त परमेश्वरको बरदान हो –कर्मद्वारा होइन”(एफि. २ः८–९)। अझै, सुसमाचारले परमेश्वरसँगको हाम्रो सम्बन्धलाई कसरी पुनस्र्थापित गर्दछ भन्ने कुरालाई देखाएर ख्रीष्टमा रहेकाहरू बीचको सङ्गतिलाई पनि कसरी पुनस्र्थापित गर्दछ भन्ने कुरालाई देखाउन पावल एफिसी २ को दोश्रो भागतर्फ फर्कदछन् ।
 
किनकि उहाँ नै हाम्रो शान्ति हुनुहुन्छ,  उहाँले हामी दुवैलाई एउटै बनाउनुभएको छ, र  विभाजन ल्याउने शत्रुताको पर्खाल भत्काइदिनुभएको छ । …कि यी दुईका सट्टामा उहाँले आफैमा एउटा नयाँ मानिस सृष्टि गरून्, र यसरी शान्ति स्थापित होस् । अनि उहाँले क्रूसद्वारा हामी दुवैलाई एउटै शरीरमा परमेश्वरसँग मेल गराएर शत्रुतालाई शेष पार्नुभयो (एफि २: १४–१६)।


तिनीहरू सबै जो परमेश्वरका हुन् “सङ्गी–नागरिक” अनि “परमेश्वरको परिवारको सदस्यहरू हुन्” (एफि. २:१९ )। ख्रीष्टले हामी एक-अर्काप्रतिको शत्रुतालाई नष्ट पार्नुभएको छ । येशुमा, परमेश्वरको मानिसहरूसँग “शान्ति” र एउटै शरीरमा पुनर्मिलाप भएको छ । पावलले भनेका वचनहरू अपरिहार्य र स्पष्ट छन् । यदि परमेश्वरसँग हाम्रो पुनर्मिलाप भएको छ भने उहाँका मानिसहरूसँग पनि पुनर्मिलाप भएको छ ।

हो, सुसमाचारले हामीलाई परमेश्वरसँग व्यक्तिगत सम्बन्ध प्रदान गर्दछ । तर पवित्र धर्मशास्त्रले भने अनुसार परमेश्वरसँगको सम्बन्धले, मानिसहरूसँगको अर्थपुर्ण सम्बन्धलाई समावेश गर्दछ । जब हामी ख्रीष्टमा आउँदछौ, उहाँले हामीलाई परिवारमा समावेश गराउनु हुँदछ–वास्तविक शरीर, रगतको समबन्ध भएको परिवार र  एउटै जिम्मेवारीले बाँधिएको परिवार ।

त्यसैले, चर्च सदस्यता सुसमाचारको स्वभाविक वृद्धि हो । जब हामी परमेश्वरको कृपा प्राप्त गर्दर्छौ, हामी “परमेश्वरका प्रजा” (१ पत्रुस. २:१०) को हुदछौँ । जब हामी परमेश्वरको अनुग्रह प्राप्त गदर्छौ (एफि. २:१–१०), तब हामी परमेश्वरसँग र उहाँका मानिसहरूसँग पुनर्मिलाप गराइएको प्रतिज्ञाको करारमा समावेश गराइदछौं (एफि. २:११–२०) ।


मार्च १२, २०२० मा मार्क  डेभरद्वारा लिखित

Share your love
Default image
मार्क डेभर
मार्क डेभर (पि.एच.डी, युनिभर्सिटी अझ क्याम्ब्रिज), ह्वाट डज गड वान्ट्स असएनिवे ? र अन्य धेरै पुस्तकहरूका लेखकसमेत हुनुहुन्छ । साथै, उहाँ वासिङ्गट्न डि.सीस्थित क्यापिटल हिल बप्तिस चर्चका वरिष्ठ पास्टरको रूपमा सेवा गर्नुहुन्छ । पास्टरीय जिम्मेवारी बाहेक उहाँ ९चिन्हरूका अध्यक्ष पनि हुनुहुन्छ ।
Articles: 2

नि:शुल्क ई-पुस्तक डाउनलोड गर्नहोस् ।