स्थानीय चर्चमा महिलाहरू कसरी फस्टाउन सक्छन्?
NPR 150.00
यो पुस्तिकामा केरी फोलमरले ख्रीष्टियान महिलाहरूले स्थानीय चर्चमा कसरी फस्टाउन सक्छन् भन्नेबारे आठ व्यावहारिक सिद्धान्तहरू सरल र बाइबलीय रूपमा प्रस्तुत गर्नुभएको छ। चर्चका प्रश्नहरू शृङ्खलाको यो पुस्तक स्वस्थ चर्च जीवन र प्रतिबद्धता बढाउन मदत गर्छ।
The book “How Can Women Thrive in the Local Church?” by has been translated into Nepali with the title “स्थानीय चर्चमा महिलाहरू कसरी फस्टाउन सक्छन्?”
स्थानीय चर्चमा महिलाहरू कसरी फस्टाउन सक्छन्?
ख्रीष्टियान महिलाहरू साँच्चै फस्टाउन कसरी सक्छन् भन्ने विषयमा लेखिएको यस छोटो पुस्तिकामा केरी फोलमरले आठवटा महत्त्वपूर्ण सिद्धान्तहरू दिनुभएको छ। यी सिद्धान्तहरूले महिलाहरूलाई स्थानीय चर्चमा पूर्ण रूपले सहभागी हुन सिकाउँछन्। यसमा चर्चको सदस्य बन्नु र सेवामा लाग्ने कुरालाई प्राथमिकता दिनु, अर्थपूर्ण चेलापनको सम्बन्ध बनाउनु, र द्वन्द्व वा तिक्ततालाई मनमा नपाल्नु जस्ता कुराहरू पर्दछन्। यो पुस्तिका पढेपछि, महिलाहरूले अन्य विश्वासीहरूसँग मिलेर बाइबलीय सङ्गति खोज्दै जाँदा परमेश्वरको अनुग्रहलाई पूर्ण रूपमा अनुभव गर्ने व्यावहारिक तरिकाहरू पाउनेछन् ।
चर्चका प्रश्नहरू एक शृङ्खला हो जसले साधारण ख्रीष्टियानहरूलाई चर्च जीवनबारे उनीहरूका सामान्य प्रश्नहरूको जवाफ दिँदै सटीकर बुइन सजिलो बाइबलीय शिक्षा प्रदान गर्ने प्रयास गर्छ। यस शृङ्खलाका हरेक पुस्तिकाले बाइबलीय जवाफ र व्यावहारिक प्रयोगहरू दिन्छ, जसको मुख्य लक्ष्य स्वस्थ चर्चको अभ्यास र चर्चप्रतिको प्रतिबद्धतालाई बढाउनु हो।

केरी फोल्मर, दुबई देशमा अवस्थित द इभान्जेलिकल ख्रीष्टियान चर्च अफ दुबईका पास्टर, जोन फोल्मरकी पत्नी हुनुहुन्छ र उहाँ तीन सन्तानकी आमा हुनुहुन्छ । उहाँले दिदीबहिनीहरूको लागि बाइबल अध्ययन सम्बन्धी अनुग्रह र विश्वास लगायत अन्य थुप्रै पुस्तकहरू लेख्नुभएको छ।
थप जानकारी
- लेखक: केरी फोल्मर
- स्वरूप: मुलायम कभर
- (ISBN) नम्बर: 9789937-9917-8-0
- पृष्ठ संख्या: 46
- भाषा: नेपाली
- प्रकाशन: गोस्पल पब्लिकेशन
गोस्पल पब्लिकेशनमा केरी फोल्मरद्वारा लिखित नेपाली पुस्तकहरू,
चर्चका प्रश्नहरू शृङ्खला
| Book Author | |
|---|---|
| Format | |
| ISBN | 9789937-9917-8-0 |
| Language | |
| Pages | 46 |
| Publisher |



















Reviews
There are no reviews yet.