सबैभन्दा महान् कथा बाइबल कथापुस्तक

Original price was: NPR 2,000.00.Current price is: NPR 1,499.00.

लेखक: केभिन डियोङ र चित्रकार: डन क्लर्क

बालबालिकाहरूलाई बाइबलको कथा बुझ्न र परमेश्वरलाई चिन्न मदत गर्ने एउटा रमाइलो यात्रा। १०४ वटा रोचक कथाहरू, जीवन्त चित्रहरू र छोटा प्रार्थनामार्फत यस पुस्तकले बालबालिकाहरूलाई बाइबलको समग्र कथा बुझ्न, त्यसमा रमाउन र परमेश्वरको वचनप्रति प्रेम बढाउन मदत गर्छ।

THE BIGGEST STORY BIBLE STORYBOOK

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

सबैभन्दा महान् कथा बाइबल कथापुस्तक

सबैभन्दा महान् कथा बाइबल कथापुस्तक मा चर्चित लेखक तथा पास्टर केभिन डियोङले बालबालिकाहरूलाई उत्पत्तिदेखि प्रकाशको पुस्तकसम्मको एउटा रोमाञ्चक यात्रामा लैजानुहुन्छ। यस पुस्तकले धर्मशास्त्रका विभिन्न भागहरू कसरी एकअर्कासँग जोडिएका छन् र कसरी ती सबैले परमेश्वरको एउटै महान् कथातर्फ संकेत गर्छन् भन्ने कुरा बालबालिकाले बुझ्न सक्ने सरल भाषामा प्रस्तुत गर्छ।

१०४ वटा छोटा तथा रोचक अध्यायहरूमा बाइबलका विभिन्न कथाहरू प्रस्तुत गरिएका छन्। प्रत्येक कथाले बाइबलको समग्र कथासँग कसरी सम्बन्ध राख्छ भन्ने कुरा देखाउँदै छोटो प्रार्थनाका साथ टुङ्गिन्छ। यसले बालबालिकाहरूलाई केवल बाइबलका कथाहरू जान्न मात्र होइन, ती कथाहरू एउटै महान् कथाको हिस्सा हुन् भनेर बुझ्न पनि मदत गर्छ।

पुरस्कार-विजेता चित्रकार डन क्लर्कका सुन्दर र जीवन्त चित्रहरूले सजिएको यो पुस्तक बालबालिकाहरूका लागि अझ आकर्षक बनेको छ। सुत्नुअघि कथा पढ्न, परिवारसँगै बाइबल पढ्न वा बालबालिकालाई परमेश्वरको वचनसँग परिचित गराउनका लागि यो उपयोगी स्रोत हो।

पुस्तकका विशेषताहरू

  • १०४ वटा रोचक बाइबल कथाहरू: ६–१२ वर्षका बालबालिकाहरूलाई बाइबलको समग्र कथा बुझ्न मदत गर्छ।
  • केभिन डियोङद्वारा लिखित र डन क्लर्कद्वारा चित्राङ्कित: The Biggest Story: How the Snake Crusher Brings Us Back to the Garden का सर्जकहरूद्वारा तयार पारिएको।
  • हरेक पृष्ठमा रङ्गीन चित्रहरू: सुन्दर र जीवन्त चित्रहरूले बाइबलका कथाहरूलाई बालबालिकामाझ अझ आकर्षक र स्मरणीय बनाउँछन्।
  • प्रार्थनासहितका कथाहरू: प्रत्येक अध्यायको अन्त्यमा छोटो प्रार्थना समावेश गरिएको छ, जसले पढिएको कुरामा मनन गर्न मदत गर्छ।
  • परिवारसँगै पढ्नका लागि उपयुक्त: सुत्नुअघि कथा पढ्न वा परिवारको सामूहिक बाइबल अध्ययनका लागि उपयोगी।
  • उच्चस्तरीय निर्माण गुणस्तर: मजबुत सिलाइयुक्त बाइन्डिङ र रिबन बुकमार्कसहित तयार पारिएको।

केभिन डियोङ (पिएचडी, युनिभर्सिटी अफ लेस्टर) म्याथ्युज, नर्थ क्यारोलाइनास्थित ‘क्राइस्ट कभनेन्ट चर्च’ का वरिष्ठ पास्टर तथा ‘रिफर्ड थियोलोजिकल सेमिनारी, सार्लट’ का सुव्यवस्थित ईश्वरशास्त्र (Systematic Theology) का सह-प्राध्यापक हुनुहुन्छ। उहाँले बालबालिका, वयस्क र प्राज्ञिक वर्गका लागि थुप्रै पुस्तकहरू लेख्नुभएको छ, जसमा जस्ट डू समथिङ (Just Do Something), क्रेजी बिजी (Crazy Busy), र द बिगेस्ट स्टोरी (The Biggest Story) प्रमुख छन् । केभिन र उहाँकी पत्नी ट्रिशाका नौ जना छोराछोरी छन् ।

डन क्लर्क एक चित्रकार तथा सियाटल, वासिङ्टनस्थित व्यापक रूपमा सम्मानित र पुरस्कार-विजेता डिजाइन स्टुडियो ‘इन्भिजिबल क्रिएचर’ (Invisible Creature) का सह-संस्थापक हुनुहुन्छ। उहाँले टारगेट (Target), पिक्सर (Pixar), नासा (NASA), द न्यू योर्क टाइम्स (The New York Times), लेगो (LEGO) र एप्पल (Apple) जस्ता प्रतिष्ठित ग्राहकहरूसँग काम गरिसक्नुभएको छ। डन र उहाँकी पत्नी एरिकाका तीन जना छोराछोरी छन् र उहाँहरू सियाटल बाहिर एउटा सानो फार्ममा बस्नुहुन्छ ।

थप जानकारी
  • लेखक: केभिन डियोङ
  • स्वरूप: कडा कभर
  • (ISBN) नम्बर: 9789905-605-03-9   
  • पृष्ठ संख्या: 540
  • भाषा: नेपाली
  • प्रकाशन: गोस्पल पब्लिकेशन

 

 

Book Author

Format

ISBN

9789905-605-03-9

Language

Pages

540

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “सबैभन्दा महान् कथा बाइबल कथापुस्तक”

Your email address will not be published. Required fields are marked *