बन्दवाद – PDF
NPR 0.00
यो पुस्तक निःशुल्क रूपमा डाउनलोड गरेर पुनःवितरण गर्ने अनुमति छ, तर पुस्तकमा सम्पादन वा संशोधन गर्नु पूर्णरूपमा निषेध गरिएको छ।
-टम पेनिङ्टन
अनुमोदनहरू
हामीले पवित्र आत्मालाई सम्मान र प्रेम गर्नुपर्छ, किनकि उहाँ परमेश्वर हुनुहुन्छ। यो गर्नका लागि सबभन्दा महत्त्वपूर्ण तरिकामध्ये एक भनेको पवित्र आत्मासम्बन्धी हाम्रा विश्वासलाई उहाँले प्रेरित गर्नुभएको पवित्र धर्मशास्त्रमा आधारित बनाउनु हो। टम पेनिङ्टनले परमेश्वरको वचनबाट पवित्र आत्माले अब आफ्ना सेवकहरूलाई आश्चर्यकर्म गर्ने वरदान दिनुहुन्न भनी प्रमाण प्रस्तुत गर्नुभएको छ। यो पुस्तक “धर्मशास्खले के भन्छ?” भनी साँचो रूपमा प्रश्न गर्दै बन्दवादीहरू र क्यारिज्म्याटिकहरूले पढ्नुपर्छ।
– जोएल आर. बीकी, अध्यक्ष, प्युरिटन रिफर्म्ड थियोलोजिकल सेमिनरी, ग्र्यान्ड र्यापिड्स
म ती मध्ये एक हुँ जसले क्यारिज्म्याटिक अभियानका गम्भीर त्रुटिहरूसँग सम्बन्धित प्रश्नहरूमा लामो समयदेखि आफ्नो सेवामा ध्यान केन्द्रित गरेका छु। ती त्रुटिहरूले धेरैको विश्वासलाई बर्बाद गरेको छ। यस सन्दर्भमा डा. टम पेनिङ्टनको पुस्तक बन्दवाद एक अनुपम संसाधन हो। उनले क्यारिज्म्याटिक अभियानप्रति सही शङ्कामा रहेका, तर त्यसको दाबी र अभ्यासहरूको बाइबलीय उत्तर दिन असमर्थ महसुस गरिरहेका विश्वासीलाई एक अत्यन्त उपयोगी साधन प्रदान गर्नुभएको छ । यो पुस्तक पास्टर र साधारण विश्वासी दुवैका लागि अपरिहार्य छ। म यो महत्त्वपूर्ण योगदानका लागि डा. टम पेनिङ्टनप्रति आभारी छु।
-जस्टिन पिटर्स, प्रचारक तथा विश्वास रक्षक
Book Author | |
---|---|
Format | |
ISBN | 9789937120890 |
Language | |
Pages | 143 |
Publisher |
Reviews
There are no reviews yet.