पाप-धार्मिताको साटफेर

अध्यारोपण
“येशू ख्रीष्टको सुसमाचारः इभान्जलिकल उत्सव,” भन्ने दस्तावेजमा भएको सबै धाराहरुमध्ये धारा १२ ले शब्दहरुलाई खेर नफाली संक्षेपमा सुसमाचारको ऐतिहासिक इभान्जलिकल ईश्वरशास्त्र र रोमन क्याथोलिक चर्चद्वारा गरिएको परम्परागत अभिव्यक्तिमा फरक छ भनी ताउँछ। स्वीकारोक्ति १२ ले भन्छः
अध्यारोपण धर्मसिद्धान्त (गन्ती वा गणना) को दुवै पक्षहरु,
हाम्रो पापहरु ख्रीष्टमा रोपिनु र उहाँको धार्मिकता हामीमा
रोपिनु, बाइबलीय सुसमाचारको लागि अति महत्वपूर्ण छ।
यसमा हाम्रो पापहरु पूर्ण रुपमा क्षमा भए र हामी पूर्ण
रुपमा स्वीकारीयौँ, भन्ने कुरा हामी स्वीकार्छौँ।
यससँग सम्बन्धित इन्कारले भन्छः
हामीमा वास गरेको ख्रीष्टको धार्मिकताले वा हामीमा
भएको अन्तर्निहित धार्मिकताले हामी धर्मी तुल्याइएका छौँ
भन्ने कुरालाई हामी इन्कार गर्छौँ।
कुनै समयमा रोमन क्याथोलिक चर्चहरुले प्रोटेस्टेन्ट दृष्टिकोणलाई मन पराउँदैनथे। ट्रेन्टको परिषद् अघि र मार्टिन लुथरको कामसँगै सुधारवादी अभियान सुरु भएपछि, यी दुई समूहहरुलाई एकै ठाउँमा ल्याउने प्रयास गरियो। सुधारवादी समूहका प्रतिनिधिहरु र रोमन क्याथोलिक चर्चका प्रतिनिधिहरु जर्मनीको रिजेन्स्बर्गमा भेटे। उनीहरुले दुई समूहहरु बीचमा सम्झौता र पुनर्मिलाप गर्ने कोसिस गरे। र अलग नभएसम्म, थोरै समयको लागि भएपनि, यो सफल देखियो।
दुवै पक्षहरु सहमतिमा आउन नसक्ने बुँदा भनेको धर्मीकरणको लागि अन्तिम आधारको प्रश्नसँग हो। कुन आधारमा परमेश्वरले उहाँको नजरमा एउटा व्यक्ति धर्मी भनेर घोषणा गर्नुहुन्छ? त्यो विवादले दुई शब्दहरुमा ध्यान केन्द्रित गरायो। पहिलो शब्द Imputation धार्मिकता पहिर्याउनु (गणना) थियो, जुन इभान्जलिकलहरुले समर्थन गरेको शब्द
थियो। रोमन क्याथोलिक चर्चहरुले Infusion (मिश्रण) शब्दमा ढिपी गरे। फरक छुट्ट्याउनु अघि, हामीले यो बुझ्नुपर्छ कि दुवै पक्षहरुले हामी ख्रीष्टको धार्मिकताद्वारा धर्मी ठहर्याइएका हौँ भन्ने बुझाइमा विश्वास गर्थे। तर एकदमै महत्वपूर्ण प्रश्न चाहिँ कुन बुझाइमा हामी ख्रीष्टको धार्मिकताद्वारा धर्मी ठहर्याइएका हौँ भन्ने हो? कुन तरिका वा ढाँचामा हाम्रो धर्मीकरणको लागि ख्रीष्टको धार्मिकता प्रयोग गर्छौँ? सुधारवादीहरुको बुझाई र रोमन क्याथोलिकहरुको बुझाई मा के फरक छ? त्यो बुझ्नको लागि, पहिले रोमन क्याथोलिकहरुको दृष्टिकोण र बुझाई लाई संक्षेपमा हेरौँ।
रोमन क्याथोलिक चर्चहरुका अनुसार, बप्तिस्माबाट धर्मीकरण सुरु हुन्छ। उक्त चर्चका अनुसार, बप्तिस्मा भनेको साधन हो, औजार हो, जसद्वारा धर्मीकरणको सुरुवात हुन्छ। रोमन क्याथोलिक चर्चले विश्वास गर्छ कि ख्रीष्टको धार्मिकता बप्तिस्माको समयमा प्राण वा आत्मामा मिश्रित हुन्छ। उनीहरुको अनुसार मिश्रण भनेको, धर्मी पार्ने अनुग्रह
विश्वासीको आत्मामा खन्याइनु हो, जुन ख्रीष्टको धार्मिकताको अनुग्रह हो। अनि, त्यो व्यक्ति जसले यस अनुग्रहको मिश्रण प्राप्त गर्छ, उसले त्यस अनुग्रहमा सहमत हुनुपर्छ र अनुग्रहसँग सहकार्य गर्नुपर्छ। ट्रेन्टको परिषद् अनुसार, जब साँचो धार्मिकता विश्वासीमा छाउँछ र त्यो धार्मिकता त्यस व्यक्ति भित्र निहित हुन्छ, त्यसपछि मात्र परमेश्वरले त्यस व्यक्तिलाई उहाँको नजरमा धर्मी भनी घोषणा गर्नुहुन्छ।
जब कसैले धर्मीकरणको अनुग्रहलाई पाउँछ र त्यससँग सहकार्य गर्न थाल्छ र त्यसमा सहमत हुन्छ, त्यो व्यक्तिलाई मुक्तिको अवस्थामा राखिन्छ, र उसले मृत्युमा पुर्याउने पाप वा मृत्युकारक (नश्वर) पाप नगरेसम्म mortal and venial sins, 1 John 5:16,17 ऊ त्यस अवस्थामा हुन्छ। मृत्युमा पुर्याउने पापलाई मुत्युकारक भनियो, किनभने यसले
त्यो व्यक्तिमा भएको मिश्रित अनुग्रहलाई मार्छ। एकपटक त्यो अनुग्रह नष्टभयो भने, त्यो व्यक्तिलाई फेरि धर्मी तुल्याउनुपर्छ, र पुनःधर्मीकरण अर्को पवित्र विधिबाट आउँछ। त्यसलाई अङ्ग्रेजीमा उभलबलअभ भनिन्छ,
जुन पश्चात्ताप गर्ने एउटा तरिका हो। रोमन क्याथोलिक चर्चले पश्चात्ताप Penance को पवित्र विधिलाई यस रुपमा लिन्छ। पश्चात्ताप Penance को पवित्र विधि भनेको मृत्युकारक पाप गरेर आफ्नो आत्मालाई नास गर्नेहरुको लागि धर्मीकरणको दोस्रो बाटो हो। यदि मुक्ति गुम्यो भने यसलाई पुनस्थापना गर्ने एउटै मात्र उपाय भनेको अनुग्रहको ताजा मिश्रण हो, जुन अब पश्चात्ताप Penance को पवित्र विधिबाट आउँछ। पश्चात्ताप ९Penance को पवित्र विधिसँग सम्बन्धित विषयहरु— विशेषगरि पापमोचन कार्यहरु Indulgences— लुथरसँग विवादित भए र यी कुराहरुले लुथरलाई उत्तेजित पार्यो।
रोमन क्याथोलिक चर्चको विपक्षमा, सुधारवादीहरुले हाम्रो धर्मीकरण मिश्रणबाट नभएर धर्म–अध्यारोपणबाट
(धार्मिकता पहिर्याउनु) बाट हुन्छ भनेर शिक्षा दिए। अध्यारोपण वा गणना परमेश्वरको वैधानिक घोषणासँग सम्बन्धित छ जसबाट उहाँले एउटा व्यक्तिको अभिलेख अर्को व्यक्तिमा सार्नुहुन्छ वा गणना गर्नुहुन्छ। धर्मीकरणमा अध्यारोपण
तथा धार्मिकता पहिर्याउनु दोहोरो बाटो हो; यो दुवै दिशा तर्फ जान्छ। पहिलो, ख्रीष्टले हाम्रो पापहरुको लागि क्रूसमा आफै सजाय भोग्नुहुन्छ। ख्रीष्टले हाम्रो पाप बोक्ने भरिया भएर प्रायश्चित गर्नुहुन्छ। उहाँ पापको भरिया हुनुहुन्छ जब परमेश्वरले हाम्रो दोष हामीबाट उहाँमा सार्नुहुन्छ। ख्रीष्टले पुरानो करारको प्रायश्चितको दिनको रीतिलाई पूर्ण रुपमा पूरा गर्नुहुन्छ। प्रायश्चितको दिनमा, मुख्य पूजाहारीले सांकेतिक रुपमा बोकाको टाउकोमा हात राख्छ। त्यसले मानिसहरुको पापहरुको गन्ती बोकामा भयो भन्ने कुरालाई संकेत दिन्छ। पाप र दोष बोकामा सारिए पछि, त्यो बोका उजाडस्थानमा, एक्लै छोडिन्थ्यो। अध्यारोपणको विचार गहिरो रुपमा पुरानो करारको बलिदानको व्यवस्थासँग सम्बन्धित छ। यहाँ हामी देख्छौँ कि परमेश्वरको न्यायसङ्गत वा वैधानिक घोषणाद्वारा क्रूसमा हाम्रो पापहरु ख्रीष्टमा सारियो।
तर त्यो हाम्रो धर्मीकरणको आधा कथा मात्र हो। ख्रीष्टले हाम्रो दोषको मोल तिर्नुभएपछि, हामी निर्दोषताको अवस्थामा हुन सक्छौँ, तर हामीमा धार्मिकता वा कुनै निश्चित लाभ छैन। यसरी पहिलो कार्य पूरा भएपछि परमेश्वरको धार्मिकताको नियम हामीमा पूरा भएको देख्नुहुन्छ। ख्रीष्ट, हामीले भनेको जस्तै, उहाँका मानिसहरुको लागि मात्र मर्नु भएन तर, हाम्रो लागि जिउनु पनि भयो। हाम्रो उद्धार केवल ख्रीष्टको मृत्युले मात्र सम्भव भएको होइन। जति हाम्रो मुक्तिको लागि उहाँको मृत्यु आवश्यक र महत्वपूर्ण थियो त्यति नै उहाँको जीवन पनि आवश्यक र महत्वपूर्ण थियो। फेरि सम्झिनुपर्ने कुरा चाहिँ, येशू गुड फ्राइडेको दिनमा मात्र स्वर्गबाट आउनुभएर, क्रूसमा चढ्नुभएपछि, स्वर्गमा फर्किनुभएको होइन तर उहाँ त सानो बालक भएर जन्मिनुभयो, र जन्मेदेखि परमेश्वरको सबै व्यवस्थाको अधीनमा बस्नुभयो। हरेक विन्दुमा परमेश्वरको व्यवस्था पूरा गर्नको लागि पूर्ण जीवन जिउनुभयो, र पूर्ण धार्मिकताद्वारा उहाँले परमेश्वरको आशिष् कमाउनुभयो वा आशिष् को लाभहरु पाउनुभयो। फेरि पनि, हाम्रो धर्मिकरणमा त्यहाँ दोहोरो गणना गरिएको हुन्छ। पहिलो चाहिँ, हाम्रो दोष ख्रीष्टमा सारिन्छ वा गनिन्छ, र दोस्रोमा, उहाँको धार्मिकता हामीमा गनिन्छ।
रोमको लागि, धर्मीकरणको पहिलो कार्यसाधक (काम) बप्तिस्मा हो र पछि पश्चात्तापको पवित्र विधि हो। सुधारवादीहरुको लागि, धर्मीकरणको पहिलो काम विश्वास हो। त्यो विधि बाट हामी ख्रीष्टलाई बुझ्छौँ र त्यसैबाट ख्रीष्टको लाभ विश्वासीमा सारिन्छ, र सबैमा जसले ख्रीष्टमा भरोसा राख्छन्, उनीहरुमा ख्रीष्टको धार्मिकता गनिन्छ वा उनीहरुको खातामा सारिन्छ। रोमन क्याथोलिक चर्चहरुले यस अध्यारोपणको अवधारणालाई अस्वीकार गर्छन्, किनभने उनीहरुले यसमा कानुनी मिथ्या समावेश गरिएको छ भन्छन्। यसको अर्थ चाहिँ के हो भने, यदि परमेश्वरले वैधानिक घोषणा गर्नुहुन्छ भने कसरी उहाँले एउटा व्यक्तिको धार्मिकता अरु कुनै व्यक्तिमा सार्न सक्नुहुन्छ, यस्तो हुन
सक्दैन र यो त मिथ्या हो। यस्तो कुरा गर्दा परमेश्वर झूटमा संलग्न हुनुपर्नेहुन्छ, किनकि यो सत्यतामा आधारित हुँदैन। रोमले सोधिरहेको थियो, कसरी धर्मी र पवित्र परमेश्वरले कसैलाई धर्मी गन्नुहुन्छ वा विश्वास गर्नुहुन्छ जब कि त्यो व्यक्ति धर्मी छैन? रोमले यसलाई परमेश्वर इमानदार नभएको र परमेश्वरले आफ्नो धार्मिकतामा केही सम्झौता गरेको देख्छ।
सुधारवादीहरुले यो कानुनी कार्य नै हो र त्यहाँ कुनै पनि मिथ्या छैन भनेर प्रतिक्रिया दिए। पहिलो, हामीमा विश्वासद्वारा गणना गरिएको धार्मिकता साँचो धार्मिकता हो। दोस्रो, जब परमेश्वरले कुनै कुरा एउटा व्यक्तिको खाताबाट अर्को व्यक्तिको खातामा स्थानान्तरण गर्नुहुन्छ तब यो साँचो स्थानान्तरण हो। यो साँचो विश्वास हुने मानिसहरुको लागि साँचो स्थानान्तरणको गणना हो। थप भन्नुपर्दा यदि हामीले स्थानान्तरणको विचारधाराको नियममा प्रश्न उठायौँ भने हामीले
ख्रीष्टको धार्मिकता हाम्रो खातामा सारिएको कुरा मात्र नभएर क्रूसलाई पनि इन्कार गर्नुपर्ने हुन्छ, किनकि ख्रीष्ट क्रूसमा हाम्रो प्रतिनिधि भएर मर्नुभयो। परमेश्वरले उहाँको क्रोध हाम्रो सट्टा ख्रीष्टमा पोख्नुभयो किनभने परमेश्वरले हाम्रो दोष ख्रीष्टमा स्थानान्तरणद्वारा सार्नु भएको थियो।
यहाँ सुसमाचारमाथिको विश्वासद्वारा मात्र धर्मीकरण भइन्छ भन्ने कुरा बुझ्नु महत्वपूर्ण छ। सोला फिडे विना, तपाईंसँग सुसमाचार हुदैन। अध्यारोपणको अवधारणा विश्वासद्वारा मात्र भन्ने धर्मीकरणको धर्मसिद्धान्त जस्तै महत्वपूर्ण छ। यदि तपाईंसँग अध्यारोपण छैन भने, तपाईंसँग सोला फिडे पनि छैन, र यदि तपाईंसँग सोला फिडे छैन भने, तपाईंसँग सुसमाचार पनि छैन। यस अध्यारोपणको धर्मसिद्धान्त विना, तपाईंसँग सुसमाचार हुदैन, किनकि सुसमाचार ख्रीष्टको धार्मिकता हाम्रो खातामा सारिएको भन्ने विचार अन्तर्गत पर्छ वा उक्त विचारमा आधारित हुन्छ।
हामी प्रायः हाम्रो दैनिक जीवनको लागि र व्यवहारिक जीवनको लागि यी धर्मसिद्धान्तहरुको महत्व के छ होला भनेर विचार गर्छौँ। हाम्रो जीवनमा, हामी कसरी पवित्र र धर्मी परमेश्वरसँगको उद्धार गर्ने सम्बन्धमा स्थिररहने भनेर थाहा पाउनुभन्दा अरु कुनै पनि कुरा महत्वपूर्ण छैन। यदि हाम्रो उद्धारको लागि हाम्रो आफ्नो धार्मिकताको कुनै मात्रामा भर पर्ने हो भने, हामीसँग मुक्तिको कुनै आशा हुनेथिएन, किनकि परमेश्वरले राख्नुभएको धार्मिकताको मापदण्ड केवल ख्रीष्टले मात्र पूरा गर्नुभयो। सुसमाचारमा हामीले सुनेको सत्य त्यही हो, र यही सत्यतामा हामी भरोसा गर्छौँ।
-आर. सी. स्प्रौल