
सल्लाहकार
१९ औँ शताब्दीमा युरोपका दुई दर्शनशास्त्रीहरूले युरोपको संस्कृति र इतिहासमा निक्कै ठूलो प्रभाव छोडे । दुवै जना पश्चिमी सभ्यताको भ्रष्टताको बारेमा धेरै चिन्तित थिए । दुवैले १९ औँ शताब्दीको युरोपलाई पतित अवस्थामा भएको भनी जिकिर गरे । तर दुवैले पतनको कारण भिन्नाभिन्नै देखे अनि दुवैले भिन्नाभिन्नै समाधानहरूको प्रस्ताव गरे । तीमध्ये एक जनाको नाम सोरेन केर्किगार्ड (१८१३–५५) हो, जो डेनिस दर्शनशास्त्री थिए । उनले यो गुनासो गरे, कि आफ्नो समयमा मानव सभ्यताको पतन हुनुको मुख्य कारण भनेको दैनिक जीवनमा ख्रीष्टियानमतलाई
महत्वपूर्ण तरिकाले लागु गर्नबाट चुक्नु हो । उनको अनुसार ख्रीष्टियानमत मरेतुल्य धर्मनिष्ठता बन्यो, जुन अनुरागरहित अनि दैनिक जीवनबाट टाढा थियो । उनको भनाइअनुसार उसको युग “तुच्छ” थियो । त्यसैले उनले
ख्रीष्टियान जीवनमा आत्मिक जोस फर्किएर आउनुपर्छ भनी आवाज उठाए । जब उनी निरुत्साहित हुन्थे, तब पुरानो करारको पन्नाहरूलाई पल्टाउँथे, जहाँ उनले छलकपटले नभरिएका मानिसहरू भेट्थे । तिनीहरू सन्तहरू र पापीहरू थिए तर तिनीहरूमा कुनै पनि देखावटी, नक्कली, वा कृत्रिमपना थिएन । परमेश्वरले साँच्चिकै तिनीहरूको जीवनमा काम गर्नुभयो र प्रतिक्रिया स्वरूप उनीहरू उहाँप्रतिको जोसले भरिए ।
एक पटक मेरो एक जना प्रोफेसरले मलाई सोध्नुभयो, “तिमीले आजको चर्चको तागतलाई कसरी नाप्छौ ?” मैले उत्तर दिएँ, ममा यो कुरा प्रष्ट हुँदैछ कि चर्चमा अधिकांश मानिसहरूसँग जीवित विश्वास छ, र उनीहरूले धर्मशास्त्रका आधारभूत सिद्धान्तहरूलाई मान्छन् । तर थोरैले मात्रै ख्रीष्टियान विश्वासलाई मिसनको रूपमा हेर्छन्, जसलाई जीवनमा गम्भिर तरिकाले लिनुपर्छ । केर्किगार्डले पनि यही कुरा नै देख्न चाहेका थिए ।
मानव सभ्यताको पतनबारे आवाज उठाउने अर्का दर्शनशास्त्री जमर्नीका फ्रेडरिख नित्से (१८४४–१९००) हुन् । तर, नित्सेले यो विश्वास गरे, कि पश्चिमी सभ्यताको सबैभन्दा ठूलो समस्या भनेको ख्रीष्टियानमतको हानिकारक प्रभाव हो । ऊ यो कुरामा विश्वस्त थियो, कि नम्रता र दया जस्ता गुणहरूका साथै ख्रीष्टियान नीतिले मानव जातिलाई खोक्रो बनाएको छ । उसलाई यो लाग्यो कि ख्रीष्टियानमतले मानव भावको सबैभन्दा आधारभूत कुरा– शक्तिको चाहलाई इन्कार गर्याे र खुम्च्याइदियो । नित्सेको अनुसार जीवन भनेको शक्तिको लागि सङ्घर्ष हो । हामी सबै एकले अर्कालाई अधीनमा राख्नलाई प्रतिस्पर्धामा होमिएका छौँ ।
त्यसैले नित्सेले नयाँ सभ्यताको लागि आह्वान गर्छन्, जसलाई नयाँ प्रजातिको मानिस अनि आफ्नो अस्तित्व जोगाउन खप्पिस हिरोले सुरु गर्दछ । यस्तो व्यक्तिलाई नित्सेले उबरमान्ख भन्छन्, अर्थात् “सर्वोत्कृष्ट मानिस” । उनी यो बयान गर्र्छन्, कि त्यो सर्वोत्कृष्ट मानिसले आफ्नो घर ज्वालामुखिको पहाड भेसुभिसको भिरमा बनाउँछ । यसरी उसले आफ्नो घर त्यस ठाउँमा बनाउँछ, जहाँ ज्वालामुखि आयो भने जतिखेर पनि भत्कन सक्छ । त्यसैगरी उसले कहिल्यै पनि जहाज नहिँडाएको समुन्द्रमा आफ्नो जहाज लैजान्छ । उसले समुन्द्रमा उसको ज्यान लिने दैत्यहरू भेट्न सक्छ वा दुर्घटनामा पर्नसक्छ तर यस्ता कुराहरूले सर्वोत्कृष्ट मानिसलाई रोक्न सक्दैन ।
नित्सेको धारणाअनुसार, सर्वोत्कृष्ट मानिस एक विजेता हो र उसको प्रमुख गुण भनेको साहस हो । अनि नित्सेले यो विश्वास गर्दथे, कि यही साहस नै १९ औँ शताब्दीको संस्कृतिले गुमाएको मुख्य कुरा हो । तर नित्सेले प्रर्वद्धन गरेको साहस आम तवरभन्दा अलिक भिन्न छ । उसले यसलाई “द्वन्द्वात्मक साहस” भनेका छन् । दर्शनशास्त्रमा
द्वन्द्वात्मक शब्दले प्रतिवादको अवस्थालाई जनाउँछ, जहाँ एउटा कुराको प्रतिवादको रूपमा अर्को कुरा उपस्थित हुन्छ । यो कहिल्यै पनि हल नहुने कुरा हो । त्यसो भने द्वन्द्वात्मक साहस भनेको के हो त ? नित्से अन्तत जीवन अर्थहीन वा शून्य छ भन्ने निष्कर्षमा आइपुगे । उनका अनुसार परमेश्वर मर्नुभएको छ । र ईश्वर नै नभएपछि यहाँ पूर्णाधिकार वा सर्वोसत्यता पनि छैन । मानव अस्तित्वको कुनैपनि औचित्य छैन । बाँचुन्जेल हामीले जीवनलाई कसरी सदुपयोग गर्छौँ, त्यही नै जीवनको अर्थ हो । त्यसकारण, हामीले यो प्रतिकुलता र शत्रुताले भरिएको संसारमा साहस प्रकट गर्नुपर्छ । र यही कुरा नै सर्वोत्कृष्ट मानिसले गर्छ । यही नै द्वन्द्वात्मक साहस हो– ब्रह्माण्डको प्रतिकुलतालाई सामना गर्ने साहस । मूलभूत तवरमा नित्सेले भन्न खोजेको कुरा यही नै हो, कि “जीवन व्यर्थ छस त्यसकारण साहस गर । तिम्रो साहस अर्थहीन छ, तरै पनि साहस गर ।”
“अर्को सल्लाहकार”
केर्किगार्ड र नित्सेको पवित्र आत्माको कामसँग के सम्बन्ध छ ? क्रूसमा जाने अघिल्लो रात माथिल्लो तलामा येशूले चेलाहरूलाई आत्मासम्बन्धी महत्वपूर्ण प्रतिज्ञाहरू दिनुभयो । उहाँले तिनीहरूलाई भन्नुभयो, कि उहाँ जान लाग्नु
भएको छ तर उहाँसँगै तिनीहरू जान सक्दैनन् । अनि उहाँले यो प्रतिज्ञा गर्नुभयो, “र म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ (यूह १४ः१६) ।” कुनैकुनै बाइबलले “सल्लाहकार” को सट्टामा “शान्तिदाता” पनि प्रयोग गरेका छन् । यसको ग्रीक शब्द
पाराक्लिटोस हो, जसद्वारा अङ्ग्रेजी शब्द पाराक्लेट आएको हो । यस शब्दको उपसर्ग पारा ले “सँगसँगै” लाई जनाउँछ भने, मूल शब्दक्लेटोस् ले “बोलाउनु” लाई जनाउँछ । तसर्थ, पाराक्लिटोस भनेको कुनै व्यक्ति हो, जसलाई अरू कसैसँग सँगै बस्नलाई बोलाइएको छ । यो शब्द प्रायः वकिललाई जनाउन प्रयोग गरिन्थ्यो । त्यो पनि जुनसुकै वकिल नभई पारिवारिक वकिल, जसको सेवा सदाको निम्ति लिन सकिन्थ्यो । जब परिवारमा समस्या आइपथ्र्याे, तब पारिवारिक वकिललाई बोलाइन्थ्यो र ऊ तुरुन्तै आएर परिवारको सङ्घर्षमा सहायता गर्दथ्यो । यही किसिमको
हाम्रो सम्बन्ध पवित्र आत्मासँग छ । हामी परमेश्वरको परिवारको हिस्सा हौँ । र त्यो परिवारको सल्लाहकार पवित्र आत्मा स्वयम् हुनुहुन्छ । उहाँ सधैँ हाम्रो साथमा हुन र हामीलाई समस्याहरूमा सहायता गर्न तत्पर हुनुहुन्छ ।
म के विश्वास गर्छु भने नयाँ करारमा पाराक्लिटोस लाई अनुवाद गर्ने काममा अलिक खेलाँची भएको छ, विशेषगरी “शान्तिदाता” चलाउनेहरूमा । यस अनुवादमा भन्न खोजेको कुरा गुमेको छ । जब येशूले आफ्ना चेलाहरूको लागि अर्को पाराक्लेट पठाइदिन पितासँग बिन्ती गर्छु भन्नुभयो, तब उहाँले ती व्यक्तिको बारेमा बोलिरहनुभएको थिएन, जसले उनीहरू चोट मर्कामा पर्दा र घायल हुँदा आएर तिनीहरूको घाउलाई निको पार्नुहुन्छ । तर फेरि यो कुरा सत्य हो, कि टुक्रिएको ह्दयहरूमा मलमपट्टि लगाउनु पवित्र आत्माको महत्वपूर्ण कामहरूमध्ये एउटा हो । हामी पीडा र शोकमा परेको बेला उहाँ गिलादका बाम हुनुहुन्छ । तर यहाँ पवित्र आत्मा पठाउने येशूको प्रतिज्ञाको परिवेशलाई हामीले थाहा गर्नैपर्छ । उहाँले चेलाहरूलाई यसो भन्दै हुनुहुन्थ्यो, कि उहाँले तिनीहरूलाई छोड्दै हुनुहुन्थ्यो । उनीहरूप्रति बागी संसारमा उनीहरू येशूविना हुन गइरहेका थिए, जहाँ येशू घृणीत भएजस्तै उनीहरू पनि घृणीत हुने थिए । उनीहरूका जीवनको हरेक पल संसारले दिने यातना, खेदो सतावट र शत्रुताले भरिनेछ । यस्तो परिस्थितिमा कोही पनि मद्दतकर्ताविना प्रवेश गर्न चाहँदैनन् ।
कि· जेम्स बाइबलको अनुुवादकहरूले पाराक्लिटोस को लागि “Comforter/ शान्तिदाता” प्रयोग गर्यो, किनकि त्यस समयमा अङग्रेजी भाषा ऐतिहासिक रूपमा आफ्ना मूल शब्दहरूको लागि ल्याटिनसँग मिल्दोजुल्दो थियो । आज हामी शान्तिलाई समस्याको बिचमा सहज र सान्त्वना भनी बुझ्छौँ । तर यसको वास्तविक अर्थ भिन्नै थियो । यो ल्याटिन शब्द कम्फोर्टिस्बा ट आएको हो, जसमा उपसर्ग ( कम्, अर्थ “सँग”) र मूल शब्द ( फोर्टिस्, अर्थ “बलियो”) रहेको छ । तसर्थ, यसको शाब्दिक अर्थ, “बलियो सँग वा बलियो बनाउँदै” हुन्छ । तसर्थ, कि· जेम्स भर्जनका अनुवादकहरूले यो भन्दै थिए, कि पवित्र आत्मा ख्रीष्टमा मानिसहरूलाई युद्धपछि घाउ निको पार्न आउनुहुन्न तर उनीहरूलाई युद्धको अघि र युद्धको दौरानमा शक्ति प्रदान गर्न आउनुहुन्छ । यहाँ व्यक्त गर्न खोजिएको अवधारणा यो हो, कि चर्चले एक अस्पतालभन्दा ज्यादा सेनाको रूपमा काम गर्नुपर्छ । पवित्र आत्मा विजय सुनिश्चित गर्न, ख्रीष्टियानहरूलाई सशक्तिकरण गर्न र बलियो बनाउन आउनुहुन्छ ।
“विजेताभन्दा अझ बढी”
नित्सेले भने, “जीवन अर्थहीन छ, तरै पनि साहस गर ।” येशूले आफ्ना मानिसहरूलाई कठिनाइ, अप्ठ्यारोपना र शत्रुको बिचमा साहसी हुनलाई आह्वान गर्नुभयो तर उहाँले तिनीहरूलाई विना आधार साहसी हुनलाई भन्नु भएन । हामीलाई थाहा छ, येशूले आफ्ना चेलाहरूलाई “हिम्मत गर (यूह १६ः३३)” भन्नुभयो । तर उहाँले तिनीहरूलाई साहस कै खातिर साहसिलो होऊ भन्नु भएन । उहाँले ख्रीष्टियान जीवनको निम्ति उनीहरूमा आत्मभरोसा र निश्चयता किन हुनुपर्छ भनी तिनीहरूलाई कारण पनि बताउनुभयो । उहाँले भन्नुभयोः “हिम्मत गरस किनकि मैले संसारलाई जितेको छु ।” नित्सेले वीर पुरुष चाहन्थ्यो, एक विजेता । उसले येशूलाई हेरेको भए हुने थियो । उहाँले संसारलाई जित्नुभयो, र उहाँले त्यो कुरा त्यही आत्माद्वारा गर्नुभयो, जुन आत्मा आफ्ना मानिसहरूमा पठाउनुभयो । पवित्र आत्मा परमेश्वरका मानिसहरूलाई शक्ति र बल दिन आउनुहुन्छ । फलस्वरूप, धर्मशास्त्रले यसो भन्छ, “हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूभन्दा पनि अझ बढी छौं (रोम ८ः३७) ।” यो कुरा नित्सेभन्दा एक कदम माथि छ ।
तसर्थ, पवित्र आत्माको काम भनेको ख्रीष्टको कामलाई पूरा गर्नु हो । ख्रीष्ट पहिलो सल्लाहकार हुनुहुन्छ, जो आफ्नो मृत्युद्वारा हामीलाई सशक्तीकरण गर्नु आउनुभयो । अब, ख्रीष्टले हामीलाई जुन जीवन जिउनलाई आह्वान गर्नुभयो, त्यो जीवन जिउने शक्ति हामीले पवित्र आत्माबाट पाउँछौँ ।
-आर. सी. स्प्रौल