समृद्धिको सुसमाचारको त्रुटिहरू केके हुन्?

समृद्धिको सुसमाचार— ५ त्रुटिहरू
शताब्दीअगाडि त्यस समयको ठूलो सामूहिक भेलासँग बोल्दै चार्ल्स स्पर्जनले भनेका थिए, म विश्वास गर्छु कि ख्रीष्टियानहरू धन थुपार्ने उद्देश्यसहित जिउनु भनेको ख्रीष्ट विरोधी र अपवित्र हो । तपाईंले भन्नु होला कि, “के हामीले सकेजति सम्पत्ति प्राप्त गर्ने प्रयास गर्नुहुन्न र ?” तपाईंले गर्न सक्नुहुन्छ । मलाई त्यस कुराप्रति कुनै आपत्ति छैन तर विचार गर्नुपर्ने कुरा यो छ कि तपाईंले गरेको यस प्रयासले परमेश्वरको कार्यको निम्ति के सेवा प्रदान गर्छ ?
केही वर्षयता ठूला चर्चहरूमा प्रचार गरिँदै आएको सुसमाचार परिवर्तन हुँदै गएको छ । कतिपय भेलाहरूमा नयाँ सुसमाचार सिकाइँदैछ । यस सुसमाचारलाई अनेकन नाउँ दिइएको छ जस्तैः “घोषणा गर्नुहोस् र दावी नगर्नुहोस्” वा “स्वास्थ्य र सम्पन्नता” को सुसमाचार, “समृद्धिको सुसमाचार” र “सकारात्मक स्वीकारको ईश्वरशास्त्र ।”
चाहे जुनसुकै नाउँ प्रयोग गरे तापनि यस नयाँ सुसमाचारको सार एउटै छ । साधारण रूपमा भन्नुपर्दा, यस अहङ्कार केन्द्रित “समृद्धिको सुसमाचार” ले यही कुरा सिकाउँछ कि ख्रीष्टियानहरू शारीरिक रूपमा स्वास्थ्य, भौतिक रूपमा सम्पन्न र व्यक्तिगत रूपमा खुसी भएको चाहन्छ । समृद्धिको सुसमाचारको चिरपरिचित प्रवक्ता रोबर्ट टिल्टनले भनेका शब्दलाई विचार गर्नुहोस्: “कसैको जीवनमा यस कुराले शक्तिशाली रूपमा काम गरेको कारण हैन तर यी परमेश्वरको वचनमा रहेको कारण, म विश्वास गर्छु कि सबै मानिसहरू सम्पन्न होस् भन्ने परमेश्वरको इच्छा हो । म आफ्ना आँखा मानिसहरूमा लगाउँदिन तर परमेश्वरमा जसले मलाई धन प्राप्त गर्नलाई शक्ति दिनुहुन्छ । “समृद्धिको सुसमाचार प्रचारकहरूले आफ्ना मानिसहरूलाई भौतिक वृद्धिको लागि प्रार्थना गर्न र अझ दाबीका साथ माग्नको निम्ति प्रोत्साहन गर्छन् ।
समृद्धिवादको ५ ईश्वरशास्त्रीय त्रुटिहरू
हालै, रुसेल ऊडब्रिज र मैले समृद्धिवाद सुसमाचारको अधिवक्ताहरूको दावीलाई जाँच गर्नका लागि “स्वास्थ्य, धन र खुसी” शीर्षकको पुस्तक लेख्यौँ । हाम्रो पुस्तकमा समावेश गरिएका कुराहरू यहाँ सङ्क्षिप्तमा अटाउनका लागि धेरै ठूलो भएको कारण यस पुस्तकमा समावेश गरिएको ५ सिद्धान्तहरू जसमा समृद्धिवादका अधिवक्ताहरू गलत छन् भनी म ती सिद्धान्तहरूको समीक्षा गर्न चाहन्छु । म आशा गर्दछु कि मुख्य सिद्धान्तहरूको बारेमा रहेको यस त्रुटिलाई बुझेर यस लेखलाई पढ्ने पाठकहरूले प्रष्टसँग समृद्धिवादको सुसमाचार कति खतरनाक छ भनेर देख्नुहुनेछ । म यस लेखमा परमेश्वरले अब्राहमसँग बाँध्नुभएको करार, प्रायश्चित, दिनु, विश्वास र प्रार्थनाको सिद्धान्तलाई समावेश गर्नेछु ।
१) अब्राहामसँगको करार भौतिक अधिकारको माध्यम हो
हामीले विचार गर्नुपर्ने पहिलो त्रुटि भनेको समृद्धिको सुसमाचारले अब्राहामसँगको करारलाई भौतिक अधिकारको माध्यमको रूपमा हेर्छ । अब्राहामको करार (उत्पत्ति १२,१५,१७,२२) समृद्धिवादको धर्मशास्त्रीय आधारहरूमध्ये एक हो । यो असल कुरा हो कि समृद्धिवादी ईश्वरशास्त्रीहरूले धर्मशास्त्रको धेरै भागहरू अब्राहमसँग बाँधिएको करारको पूर्तिको अभिलेख हो भनी बुझेका छन् । तर खराब कुरा यो हो कि उनीहरूले यस करारको परम्परागत दृष्टिकोणलाई मान्दैनन् । तिनीहरूले करारको स्थापनाको बारेमा गलत दृष्टिकोण राख्छन्; अझ भन्ने हो भने, तिनीहरूले करारको प्रयोगको बारेमा गलत दृष्टिकोण राख्छन् ।
समृद्धिवादले अब्राहमको करारको प्रयोगको बारेमा राख्ने दृष्टिकोणसम्बन्धी एडवर्डले राम्रोसँग बताएका छन् । उनले लेखेका छन्, “ख्रीष्टियानहरू अब्राहामका आत्मिक सन्तान र विश्वासमा आशिष्को उत्तराधिकारीहरू हुन्— यो अब्राहामको उत्तराधिकार मुख्यतया भौतिक अधिकारको सन्दर्भमा उजागर गरिएको छ ।” अर्को शब्दमा, समृद्धिको सुसमाचारले यो सिकाउँछ कि अब्राहामको करारको प्राथमिक उद्देश्य परमेश्वरले अब्राहामलाई भौतिक रूपमा आशीर्वाद दिनु थियो । विश्वासीहरू अब अब्राहामका आत्मिक सन्तान भएकाले, उनीहरूले यी आर्थिक आशिष्हरू प्राप्त गरेका छन् ।
समृद्धिका शिक्षक केनेथ कोपल्यान्डले लेखेका छन्, “परमेश्वरको करार स्थापित भएको हुनाले समृद्धि यो करारको प्रावधान हो, तपाईंले अब समृद्धि तपाईँकै हो भनेर बुझ्नुपर्छ !”
यस दाबीलाई समर्थन गर्न, समृद्धिका शिक्षकहरूले गलाती ३ः१४ पदको प्रयोग गर्ने गर्छन्, जसले “अब्राहामका आशीर्वादहरू ख्रीष्टद्वारा अन्यजातिमाझ आउनसक्छ” भनेर जनाउँछन् । तथापि, गलाती ३ः१५ पदलाई प्रयोग गर्ने क्रममा, समृद्धिवादका शिक्षकहरूले यस पदको दोस्रो भागलाई भने बेवास्ता गर्छन्, जसमा लेखिएको छ, “…कि हामीले विश्वासद्वारा आत्माको प्रतिज्ञा प्राप्त गर्न सकौँ ।” यस पदमा पावलले स्पष्ट रूपमा गलातीहरूलाई मुक्तिको आत्मिक आशिष्को सम्झना गराउँदै थिए, धनको भौतिक आशिष्को होइन ।
२) येशूको प्रायश्चित भौतिक दरिद्रताको “पाप” सम्मै फैलिएको छ
समृद्धिको सुसमाचारको दोस्रो ईश्वरशास्त्रीय त्रुटि भनेको प्रायश्चितबारे गलत दृष्टिकोण हो ।
ईश्वरशास्त्री केन सार्लेस लेख्छन् कि “समृद्धिको सुसमाचारले दावी गर्दछ कि प्रायश्चितमा शारीरिक उपचार र आर्थिक समृद्धि दुवै प्रदान गरिएको छ ।” केनेथ कोपल्यान्डले गरेको टिप्पणीको प्रकाशमा यो सही अवलोकन जस्तो देखिन्छ “ख्रीष्टियान जीवनको आधारभूत सिद्धान्त भनेको परमेश्वरले हाम्रो पाप, रोग, शोक र गरिबीलाई येशूले त्रूmसमा राख्नुभयो भनेर थाहा पाउनु हो ।”
पहिलो कुरा, समृद्धिवादको ईश्वरशास्त्रलाई पक्रने धेरैमा आधारभूत रूपमै ख्रीष्टको जीवनको बारेमा गलत धारणा छ । उदाहरणका लागि, शिक्षक जोन अभान्जिनीले भन्ने गरेका छन्, “येशूको एउटा राम्रो घर थियो, एउटा ठूलो घर थियो” “येशूसँग ठुलो धनराशी थियो” र उहाँले “डिजाइन गरेका लुगा लगाउनुहुन्थ्यो ।” ख्रीष्टको जीवनको यस्तो विकृत दृष्टिकोणले समान रूपमा कसरी ख्रीष्टको मृत्युसम्बन्धी विकृत गलत धारणा ल्याउनसक्छ भनेर हेर्न सजिलो छ ।
दोस्रो त्रुटि जसले प्रायश्चितको बारेमा गलत दृष्टिकोणलाई निम्त्याउँछ त्यो २ कोरिन्थी ८ः९ पदको गलत व्याख्याको कारण हो, “किनकि हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूलाई थाहा छ, उहाँ धनी हुनुहुन्थ्यो, तरै पनि तिमीहरूका खातिर उहाँ गरीब हुनुभयो ताकि उहाँको गरिबीबाट तिमीहरू धनी बन्न सक ।” यस पदको सतही पठनले, पावलले भौतिक समृद्धिको बारेमा सिकाउँदै थिए भन्ने विश्वास गर्न प्रेरित गर्नसक्छ, तर सन्दर्भलाई ध्यानमा राखी गरिएको पढाइले पावलले वास्तवमा ठिक उल्टो सिद्धान्त सिकाउँदै थिए भनेर प्रकट गर्दछ । वास्तवमा, पावलले कोरिन्थीहरूलाई यो सिकाउँदै थिए कि ख्रीष्टले प्रायश्चितको माध्यमबाट उनीहरूका लागि धेरै कुराहरू पूरा गर्नुभएकोले, तिनीहरूले मुक्तिदाताको सेवामा आफ्नो धनलाई रित्याउनुपर्ने हुन्छ । त्यसैकारण पाँच छोटो पदहरू पछि पावलले कोरिन्थीहरूलाई आफ्नो सम्पत्ति आफ्ना खाँचोमा परेका दाजुभाइहरूलाई दिन आग्रह गरे, “तर समानताको हिसाबले यस वर्तमान समयमा तिमीहरूको प्रशस्तताबाट तिनीहरूको अभाव पूरा होस्” (२ कोरिन्थी ८ः१४) ।
३. ख्रीष्टियानहरूले परमेश्वरबाट भौतिक क्षतिपूर्ति प्राप्त गर्नका लागि आदेश दिन्छन्
समृद्धिको सुसमाचारको तेस्रो त्रुटि भनेको ख्रीष्टियानहरूले परमेश्वरबाट भौतिक क्षतिपूर्ति प्राप्त गर्नको लागि आदेश दिनुपर्छ भन्ने दृष्टिकोण हो । समृद्धिवादका ईश्वर शास्त्रीहरूको सबैभन्दा उल्लेखनीय विशेषताहरूमध्ये एक भनेको दिने कार्य हो । समृद्धिवादको विद्यार्थीहरूलाई उदारतापूर्वक दिन आग्रह गरिएको हुन्छ “साँचो समृद्धि भनेको जीवनको कुनै पनि क्षेत्रमा मानवजातिको आवश्यकताहरू पूरा गर्न परमेश्वरको शक्ति प्रयोग गर्ने क्षमता हो” जस्ता शब्दहरूको प्रयोग गरेर उत्प्रेरित गरिएको हुन्छ र, “हामी यस संसारमा सुसमाचारलाई आर्थिक रूपमा मद्दत गर्न बोलाइएका छौँ ।” यी कथनहरू प्रशंसनीय देखिन्छन्, तर दिनुमा जोडदिने यी विचारहरू परोपकारी बाहेक अरू केही पनि हैन । दिने सम्बन्धमा यस शिक्षाको पछाडिको मुख्य शक्ति भनेको समृद्धिवादका शिक्षक रोबर्ट टिल्टनले उल्लेख गरेको “क्षतिपूर्तिको कानून“ हो । यो कानुनअनुसार, जुन मर्कूस १०ः३० मा आधारित छ, ख्रीष्टियानहरूले अरूलाई उदारतापूर्वक दिनु आवश्यक छ किनभने जब तिनीहरूले दिन्छन् तब परमेश्वरले झन् बढी फिर्ता दिनुहुन्छ । अन्ततः यसले निरन्तर बढ्दो समृद्धिको चक्रमा पु¥याउँछ ।
जसरी ग्लोरिया कोपल्याण्डले भनेकी छिन्, “१० डलर दिनुहोस् र १,००० प्राप्त गर्नुहोस्; १,००० दिनुहोस् र १००,००० प्राप्त गर्नुहोस् …छोटकरीमा भन्नुपर्दा, मर्कूस १०ः३० एक अति राम्रो सम्झौता हो । यो स्पष्ट छ कि समृद्धिको सुसमाचारको दिने सिद्धान्त गलत उद्देश्यमा स्थापित गरिएको छ । येशूले आफ्ना चेलाहरूलाई सिकाउनुभयो कि, “बदलामा केही आउने अपेक्षा नगरी देउ” (लूका १०ः३५) । समृद्धिवादका ईश्वरशास्त्रीहरूले आफ्ना चेलाहरूलाई दिन सिकाउँछन् किनभने तिनीहरूले ठूलो प्रतिफल पाउनेछन् ।
४) विश्वास एक स्वः उत्पन्न हुने आत्मिक शक्ति हो जसले समृद्धितर्फ डो¥याउँछ
समृद्धिवादको ईश्वरशास्त्रको चौथो त्रुटि विश्वास भनेको आत्मा–उत्पन्न आध्यात्मिक शक्ति हो, जसले समृद्धितर्फ डोर्याउँछ भन्ने शिक्षा दिन्छ । परम्परागत ख्रीष्टियानहरूले विश्वास भनेको येशू ख्रीष्टको व्यक्तित्वमा भएको विश्वास हो भनेर बुझ्छन् तर समृद्धिवादको शिक्षकहरूले योभन्दा फरक सिद्धान्तलाई समर्थन गर्छन् । आफ्नो पुस्तक “द लाँज अफ प्रोस्परिटी” अर्थात समृद्धिका कानुनहरूमा केनेथ कोपल्यान्डले लेखेका छन्, ”विश्वास एउटा आत्मिक शक्ति र आत्मिक ऊर्जा हो । यो विश्वासको शक्ति हो, जसले आत्मिक संसारको नियमहरूलाई कार्यन्वयन गर्दछ— परमेश्वरको वचनमा उल्लेखित समृद्धिलाई नियन्त्रित गर्ने केही नियमहरू छन् । विश्वासले तिनीहरूलाई कार्य गर्नको लागि प्रेरित गर्दछ ।” यो स्पष्ट रूपमा विश्वासको एक दोषपूर्ण झूटो बुझाइ हो ।
समृद्धिवादको ईश्वरशास्त्र अनुसार, विश्वास ईश्वरबाट प्राप्त भएको हैन, ईश्वर–केन्द्रित इच्छाको कार्य होइन । यो त एक मानव निर्मित आत्मिक शक्ति हो— परमेश्वरतर्फ निर्देशित । निस्सन्देह, कुनै पनि ईश्वरशास्त्र जसले विश्वासलाई परमेश्वरको अघि धर्मी ठहरिने माध्यमको रूपमा नहेरेर केवल भौतिक लाभको माध्यमको रूपमा हेर्छ, त्यस प्रकारको ईश्वरशास्त्रलाई गलत र अपर्याप्त भनेर न्याय गरिनुपर्छ ।
५) प्रार्थना भनेको समृद्धि प्रदान गर्नको लागि परमेश्वरलाई बाध्य पार्ने उपकरण हो
अन्तमा, समृद्धिको सुसमाचारले प्रार्थनालाई परमेश्वरलाई समृद्धि दिन बाध्य पार्ने उपकरणको दृष्टिकोणले हेर्छ । समृद्धिको सुसमाचार प्रचारकहरूले प्रायः भन्ने गर्दछन् किः “हामीले नमागेको कारण हामीसँग छैन” (याकूब ४ः२) । समृद्धि सुसमाचारका अधिवक्ताहरूले विश्वासीहरूलाई जीवनका सबै क्षेत्रमा व्यक्तिगत सफलताको लागि प्रार्थना गर्न प्रोत्साहित गर्छन् । क्रेफ्लो डलर लेख्छन्, “जब हामी प्रार्थना गर्छौँ, तब प्रार्थना गरेको कुरा हामीले पहिले नै प्राप्त गरिसकेका छौँ भनी विश्वास गर्दै प्रार्थना गर्नुपर्छ । परमेश्वरसँग हाम्रो प्रार्थनालाई पूरा गर्नुबाहेक अर्को विकल्प छैन— परिणाम प्राप्त गर्नको लागि ख्रीष्टियानको निम्ति यो एक कडी हो ।”
पक्कै पनि व्यक्तिगत आशीर्वादको लागि प्रार्थनाहरू स्वाभाविक रूपमा गलत होइनन्, तर कुनै एक मानिसमाथि समृद्धिको सुसमाचारको अत्याधिक जोडले प्रार्थनालाई विश्वासीहरूमाझ आफ्ना इच्छाहरू पूरा गर्न परमेश्वरलाई जबरजस्ती गर्ने उपकरणमा परिणत गर्दछ ।
समृद्धिवादको ईश्वरशास्त्रमा, ईश्वर होइन तर प्रार्थनाको केन्द्रबिन्दु मानिस बन्छ । चाखलाग्दो कुरा, समृद्धिवादका प्रचारकहरूले प्रायः प्रार्थनामा याकूबको शिक्षाको दोस्रो भागलाई बेवास्ता गर्छन्, जसमा भनिएको छ, “तिमीले माग्छौ तर पाउँदैनौ, किनकि आफ्ना अभिलाषा पूरा गर्नलाई बेठिक सित माग्छौ” (याकूब ४ः३) । परमेश्वरले उहाँको नामको आदर नगर्ने स्वार्थी अनुरोधहरूको जवाफ दिनुहुन्न ।
पक्कै पनि हाम्रा सबै अनुरोधहरू परमेश्वरमा जाहेर गरिनुपर्छ (फिल. ४ः६), तर समृद्धिको सुसमाचारले मानिसको इच्छाहरूमा यतिधेरै ध्यान केन्द्रित गर्दछ कि यसले मानिसहरूलाई स्वार्थी, सतही प्रार्थना गर्न प्रेरित गर्छ जसले परमेश्वरलाई महिमा दिँदैन । यसबाहेक, यो शिक्षाले मानिसहरूलाई आफूले चाहेको कुरा प्राप्त गर्नको लागि परमेश्वरलाई हेरफेर गर्ने प्रयास गर्न नेतृत्व गर्दछ । यी सब कामहरू व्यर्थ हुन् । परमेश्वरको इच्छा पूरा होस् भनेर गरिने प्रार्थनाबाट यो धेरै टाढा छ ।
झूटो सुसमाचार
पवित्र धर्मशास्त्रको प्रकाशमा, समृद्धिको सुसमाचार आधारभुत रूपमा त्रुटिपूर्ण छ । मुख्य रूपमा भन्नुपर्दा समृद्धिको सुसमाचार वास्तवमा एक झूटा सुसमाचार हो, किनभने परमेश्वर र मानिस बीचको सम्बन्धलाई यसले गलत दृष्टिकोणबाट हेर्छ । सरल शब्दमा भन्नुपर्दा, यदि समृद्धिको सुसमाचार सत्य हो भने, अनुग्रह रुढीवादी छ, परमेश्वर असान्दर्भिक हुनुहुन्छ, र मानिस सबै चीजहरूको नाप हो । चाहे तिनीहरूले अब्राहामको करारको सन्दर्भमा, प्रायश्चित, दिने, विश्वास वा प्रार्थनाको बारेमा कुरा गरुन् समृद्धिवादको शिक्षकहरूले परमेश्वर र मानिस बीचको सम्बन्धलाई लेनदेनको सम्बन्धमा परिणत गर्छन् । जेम्स आर. गोफले उल्लेख गरेझैँ, परमेश्वरलाई “उहाँको सृष्टिको आवश्यकता र इच्छाहरू पूरा गर्ने एक प्रकारको ब्रह्माण्डीय कर्मचारी” को रूपमा घटाइएको छ ।





