हाम्रा श्रोता जेम्स राईले सोध्नुभएको प्रश्न यस प्रकार छ— “पास्टर जोन, आराधना भनेको के हो ?”
व्यर्थको आराधना
आउनुहोस् आराधनाको भित्री गुणहरूको विषयबाट सुरु गरौँ । पहिले, आराधनाको भित्री गुणहरूको विषयमा र त्यसपछि आराधनाको सार्वजनिक अभिव्यक्ति वा प्रेमको दैनिक कार्य, जसलाई पावलले हाम्रो “आत्मिक आराधना” (रोमी १२ः१) भनेका छन्, यी दुई विषयहरूको बारेमा कुरा गर्दै म मेरो जवाफलाई सुरु गर्न चाहन्छु ।
“साँचो आराधना भनेको परमेश्वरलाई सबै कुराहरूभन्दा बढी महत्वपूर्ण र बहुमूल्य ठान्नु हो ।”
मैले आराधनाको भित्री गुण र सार्वजनिक अभिव्यक्ति बीचको भिन्नता राख्नुको कारणचाहिँ मत्ती १५ः८-९ मा येशूले भन्नुभएको वचनको कारण हो । “यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मबाट टाढा छ। तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन् ।”
येशूको लागि यस प्रकारको आराधना अर्थहीन थियो । र, व्यर्थको आराधना भनेको यही हो । “तिनीहरूले व्यर्थमा मेरो आराधना गर्दछन् ।” यो आराधना हैन, यो त अर्थहीन आराधना हो । किनकि त्यो हृदयबाटको आराधना होइन। यदि तपाईंको आराधना हृदयबाट परमेश्वरतर्फ नभई देखावटी रूपमा मात्रै छ भने, तपाईंले आफूले चाहेजस्तो जति कार्य गरेपनि वा आफ्नो इच्छाअनुरूप जति सङ्गति गएपनि, तपाईंले आराधना भने नगरेको हुनसक्छ । आराधनाका गुणहरूले हृदयसँग सरोकार राख्छ ।
सही तरिकाले विचार गर्नुहोस्
तपाईंको मनमा यो प्रश्न उठ्न सक्छ— यो हृदयको भित्री, वास्तविक र ईश्वरीय अनुभव भनेको के हो ? जसलाई हामी आराधनाको गुण भन्छौँ । येशूले हामीलाई यस प्रश्नको उत्तरका लागि यूहन्ना ४ः२३-२४ तर्फ केन्द्रित गर्नुभएको छ । जब उहाँले भन्नुभयो, “तर बेला आइरहेछ, र त्यो बेला अहिल्यै हो, जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन् । ध्यान दिनुहोस् आत्मामा आराधना गर्नुको विपरित भनेको शरीरमा आराधना गर्नु भन्ने होइन । बरु, यो त सत्यतामा आराधना गर्दा सँगसँगै जाने कुराहरू हुन् ।
त्यसोभए, हामी आत्मामा आराधना गर्ने, सत्यताले डोर्याएका र सत्यतामा आराधना गर्ने व्यक्तिहरू हुनुपर्छ भनी भन्नुको अर्थ के हो ? मलाई लाग्छ मुख्य कुरा यही हो कि जब हामी आराधना गर्छौँ तब हाम्रो आराधना ठिक, असल र सुन्दर हुन, परमेश्वरको सत्यता बारे सही मानसिक बुझाइ हुनुपर्छ ।
यदि हामी आफैले सृजना गरेका मूर्तिको आराधना गरिरहेका छौँ भने वास्तवमा हामीले परमेश्वरको आराधना गरिरहेका छैनौँ ।
असिम मूल्य
दोश्रो, परमेश्वरको सर्वोच्च मान्यताप्रति हाम्रो हृदयको आत्मिक, भावनात्मक र प्रेमपूर्ण बुझाइमा हाम्रो आराधना निर्भर रहन्छ ।
त्यसैले साँचो आराधना परमेश्वरको स्वभाव बारे ठिक बुझाइमा आधारित हुन्छ र यही नै परमेश्वरप्रतिको सही मूल्याङ्कन हो ।
“आराधना ठिक हुन, असल र सुन्दर हुन, परमेश्वरको सत्यता बारे सही मानसिक बुझाइ हुनुपर्छ ।”
अवश्य पनि, उहाँको मूल्य असिम छ । त्यसैकारण, साँचो आराधना भनेको परमेश्वरलाई सबै कुराभन्दा बढी महत्वपूर्ण र बहुमूल्य ठान्नु हो । मलाई लाग्छ मैले आराधनाको बारेमा दिनसक्ने सबैभन्दा उचित व्याख्या यही हो । साँचो आराधना भनेको परमेश्वरलाई सबै कुराभन्दा बढी महत्वपूर्ण र बहुमूल्य ठान्नु हो । वा, तपाईंले परमेश्वरलाई प्रिय ठान्नु वा अनमोल ठान्नु, परमेश्वरको आदर गर्नु वा परमेश्वरमा आनन्द मनाउनु र परमेश्वरमा सन्तुष्ट हुनु जस्ता शब्दहरू पनि प्रयोग गर्न सक्नुहुन्छ । यी सबै भित्री प्रतिक्रियाहरूले परमेश्वरको असिम मूल्य र सुन्दरतालाई झल्काउँछ । आराधनाको मुख्य उद्देश्य नै यही हो— परमेश्वरको सर्वोच्च मान्यतालाई यसले प्रदर्शन गर्दछ ।
वास्तवमा, अँग्रेजी शब्द “वर्सिप” जसको अर्थ आराधना हुन्छ । अँग्रेजी भाषाकै दुई शब्दहरू “वर्थ” र “सिप” मिलेर बनेको हो । जसको अर्थ “योग्य” र “ओहदा” हुन्छ ।
आराधनाका दुई कार्यहरू
हामी परमेश्वरलाई साँचो रूपमा आराधना तब गर्छौँ जब उहाँलाई वास्तविक रूपमा चिन्छौँ र प्रिय ठान्छौँ । “आराधना” भन्ने शब्दले त्यस भित्री मूल्याङ्कनलाई अङ्कित गरिरहेको छ जुन नयाँ करारको समयमा दुई साधारण तरिकाबाट यस संसारमा प्रकट भएको थियो ।
पहिलो, मौखिक रूपमा आराधना सङ्गति वा सानो सामूहिक भेलामा प्रशंसा र पश्चाताप गर्ने कार्य । दोस्रो, शरीर, हात र खुट्टाबाट प्रेम गर्ने कार्य । यसरी अरू मानिसहरूको भलाइको लागि त्याग गर्ने कार्यले परमेश्वरको सर्वोच्च मूल्यलाई प्रकट गर्दछ ।
“साँचो आराधना परमेश्वरको स्वभाव बारे ठिक बुझाइमा आधारित हुन्छ र
यही नै परमेश्वरप्रतिको मूल्याङ्कन हो ।”
हिब्रू १३ः १५-१६ मा, म यी दुई आश्चर्यजनक कुराहरूलाई भेटाउँछु । यहाँ यसरी लेखिएको छ— “यसकारण परमेश्वरलाई” -येशू ख्रीष्टद्वारा- प्रशंसाको बलि निरन्तर चढाऔँ । यो प्रशंसा उहाँको नाउँ स्वीकार गर्ने ओठको फल हो ।”
यी दुई पदहरूको सुरुवात र अन्त्य “बलिदान” भन्ने शब्दमा भएको छ । अवश्य पनि, यस “बलिदान” शब्दले पुरानो करारको बलिदानलाई प्रतिध्वनि गरिरहेको छ जुन कुरा पुरानो करारमा आराधनाको विधिको केन्द्र थियो । र, गोरु र बाख्राको बलिदान चढाउने कुराले परमेश्वरको मूल्यलाई, उहाँ हाम्रो लागि बहुमूल्य हुनुहुन्छ भन्ने कुरालाई झल्काउँथ्यो ।
परमेश्वरले हामीलाई ख्रीष्टको बलिदानद्वारा प्रदान गर्नुभएको बलिदानलाई हामी बहुमूल्य ठान्छौँ । त्यसैकारण ख्रीष्टद्वारा हाम्रो जीवनमा दुई कुराहरू आराधनात्मक बलिदान बन्दछन् :
पहिलो, ओठको फल जसले सङ्गतिमा गायन, प्रार्थना, पश्चाताप र पाप स्वीकारद्वारा उहाँको नाउँलाई स्वीकार गर्छ ।
दोश्रो, कामको फल । असल काम गर्ने कुरालाई अवहेलना नगर्नुहोस् । तपाईंसँग भएका कुरा बाँड्नुहोस् । यस्ता बलिदानहरूले परमेश्वरलाई आनन्दित तुल्याउँछ र यी दुवै कार्यहरू आराधनाको कार्यहरू हुन् ।
आराधनाको हृदय
तपाईंले फेरि पनि रोमी १२ः १ मा यही कुरालाई देख्न सक्नुहुन्छ— “यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूले आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहण योग्य हुन जिउँदो बलिको रूपमा अर्पण गर ।” त्यसैकारण अरूलाई प्रेम गर्ने र परमेश्वरमा भरपर्ने कुराले सबै कुराभन्दा माथि परमेश्वरको मूल्यलाई झल्काउँछ र हामीलाई दैनिक रूपमा आराधक बनाउँछ ।
मेरो अन्तिम सारांश यसप्रकार छ :
आराधनाको भित्री गुण भनेको परमेश्वरलाई वास्तविक रूपमा जान्नु हो । र, त्यही ज्ञानप्रति हृदयको प्रतिक्रिया स्वरूप परमेश्वरलाई बहुमूल्य, प्रिय र संसारका सबै कुराभन्दा सर्वश्रेष्ठ ठान्दै उहाँमा आनन्दित हुनु हो । तब त्यो गहिरो, शान्त र आनन्दित सन्तुष्टि ओठबाट निस्किने प्रत्यक्ष आराधनाको रूपमा र ख्रीष्टको खातिर अरूलाई सेवा गर्ने कार्यको रूपमा देखा पर्दछ ।