अर्थपूर्ण सदस्यताका चार अर्थहरू छन्:
चर्चका सदस्यहरू ख्रीष्टियान हुनुपर्दछ । प्रेरितहरूका पुस्तकमा, सुसमाचारमा विश्वास गर्नेहरू चर्चमा थपिएका थिए (२ः४१, ४७। पावलले चर्चलाई लेखेका पत्रहरू ख्रीष्टियानहरूका निम्ति लेखिएका पत्रहरू थिए (रोमी १ः७; १ को १ः२ । चर्चले को ख्रीष्टियान हो र को होइन भनी सिद्ध रूपमा पहिचान गर्न नसके तापनि प्रत्येक चर्चले ख्रीष्टमा विश्वास गर्ने व्यक्तिलाईमात्रै सदस्यता दिनुपर्दछ ।
चर्चका सदस्यहरू नियमित सहभागीहरू हुनुपर्दछ । चर्च सदस्यताले आफ्नो सदस्यहरूका जीवन निरीक्षण गर्नका लागि चर्चहरूलाई मद्दत गर्दछ । यदि कुनै व्यक्ति नियमित रूपमा चर्चमा सहभागी हुँदैन भने, त्यस व्यक्तिले आत्मिक रूपमा केकस्तो गरिरहेको छ भनी चर्चले जान्न सक्दैन ।
सदस्यहरूले चर्चलाई तिनीहरूका सङ्गति र सेवकाइको प्राथमिक परिवेशको रूपमा हेर्छन् । “म फलानो चर्चको सदस्य हुँ, तर मेरो खास सेवकाइ चाहिँ,,,” भनी आफ्नो वाक्यांश सुरु गर्नु अबाइबलीय हुन्छ । स्थानीय चर्चहरूलाई लेखिएका नयाँ करारका पत्रहरू “एकअर्का” को भाषाले भरिएको छ । यसो भनिरहँदा, मौका पाएको खण्डमा ख्रीष्टियानहरूले अन्य चर्चहरूमा भएको ख्रीष्टियानहरूमाझ ती आज्ञाहरूलाई पूरा गर्नुहुँदैन भन्ने होइन । ख्रीष्टियानहरूले ती आज्ञाहरूलाई प्राथमिक रूपमा जवाफदेही सम्बन्ध भएका ठोस समूहहरूमाझ पूरा गरिरहेको छ भनी नयाँ करारले परिकल्पना गर्दछ (उदाहरण १ को १२) ।
चर्चका सदस्यहरूसँग निश्चित बाइबलीय विशेषाधिकार र जिम्मेवारीहरू हुनुपर्दछ । स्थानीय चर्चका सदस्यहरूसँग प्रभु–भोजमा सामेल हुने विशेषाधिकार हुनुपर्दछ । तिनीहरूसँग निम्नलिखित जिम्मेवारीहरू पनि छ :
१) चर्चको निम्ति प्रार्थना गर्ने
२) चर्चका अन्य सदस्यहरूसँग पारदर्शी सम्बन्धमा रहने जहाँ तिनीहरूले एकअर्काको वास्ता गर्छन्, प्रोत्साहन दिन्छन्, हप्काउँछन्, सिकाउँछन् र एकअर्काबाट सिक्छन् (एफिसी ४ः१५–१६) ।
३) चर्चको अगुवापन र शिक्षणको अधीनमा बस्ने ( हिब्रू १३ः१७) ।
४) शरीर अर्थात चर्चमा एकता प्रवर्द्धन गर्ने (एफिसी ४ः३) ।
५) चर्चको सेवकाइमा आर्थिक सहायता पुर्याउने (गलाती ६ः६) ।
६) चर्च निर्माणको लागि सकेजति आ-आफ्नो आत्मिक दानहरूको प्रयोग गर्ने (१ कोरिन्थी १२ः७) ।