सामूहिक सांगीतिक आराधना हाम्रो शारीरिक जीवनको एक महत्वपूर्ण भाग हो । तर मलाई लाग्दैन कि हामीले समकालीन आराधनाका गीतहरूको शब्दहरूलाई ध्यानपूर्वक विचार गरेका छौँ । आज हामी आराधनामा गाइने गीतहरूको शब्दको विषयलाई हेर्नेछौँ ।

“जयमसीह पास्टर जोन ! मेरो नाम इसाई हो, म मेरो चर्चमा सङ्गीत भफ्ण्डुको अगुवाको रूपमा सेवा पुर्याउने गर्दछु । मेरो चर्चको आराधना समूहले प्रायः आराधनाको नयाँ गीतहरूलाई लिएर संघर्ष गरिरहेका हुन्छन् । हिलसंगको हालसालैको एउटा नयाँ गीत “वाट ए ब्युटीफुल नेम इट इज” त्यसको सङ्गीत, परमेश्वरको महिमा र ख्रीष्टको राज्याधिकारीलाई समेट्ने शब्दका कारण निकै चर्चित भएको थियो । यद्यपि हाम्रो आराधना समूहले यस गीतको दोस्रो हरपफ् त्रुटीपूर्ण र शंकास्पद भएको भेटाएको छ । जसले यसरी भन्छ “तपाईंले हामी बिनाको स्वर्ग चाहनुभएन त्यसैकारण तपाईंले स्वर्ग तल भफर्नुभयो ।” हाम्रो प्रश्न यो हो कि, “तपाईंले हामी बिनाको स्वर्ग चाहनुभएन” भन्ने शब्दले, के यसले मानव केन्द्रित सुसमाचारलाई सङ्केत गर्दैन र ?

यस गीतका शब्दहरू पूर्णरूपमा गलत छैनन् तर यसको प्रयोग भने गलत रूपमा गर्न सकिन्छ । र हामीलाई यही कुराको डर छ । गीतमा “परमेश्वरले हामी बिनाको स्वर्ग चाहनुभएन, त्यसैकारण उहाँले स्वर्ग तल भफर्नुभयो” भनिएको छ । के यी शब्दहरू बाइबलीय रूपमा सही छन् त ?

पहिला, म मेरो उत्तरलाई पफ्राकिलो रूपमा सुरु गर्न चाहन्छु, त्यसपश्चात् सटीक उत्तरतपफर्् अघि बढ्नेछु । पहिलो कुरा त गीतको शब्दहरूलाई लिएर गम्भीर हुने र त्यससँग सङ्घर्ष गर्ने आराधना समूहको लागि परमेश्वरलाई धन्यवाद ! यो असल कुरा हो र म यही आशा गर्छु कि यस कुरालाई सुन्नु हुने सबै सङ्गीत भफ्ण्डुका अगुवाहरू पनि यस कुराले प्रोत्साहित हुनेछन् । किनकि चर्चले वचनद्वारा मात्र नभएर गाउने भजन गीतबाट पनि ईश्वरशास्त्र सिकिरहेका हुन्छन् ।

शब्दले महत्व राख्छ

ऐतिहासिक रूपमा हेर्ने हो भने, चर्चलाई शिक्षा दिने कुरामा वचन सँगसँगै भजनले पनि एक शत्तिफ्शाली माध्यमको भूमिका खेलेको छ । मलाई लाग्छ कतिपय चर्चहरूमा सत्यता अङ्गाल्ने कुरामा वचनले भन्दा बढी भजनले महत्वपूर्ण भूमिका खेलिरहेको छ । कतिपय चर्चहरूमा सैद्धान्तिक शिक्षा कमजोर रूपमा सिकाईन्छ । हामी सजिलैसँग अनुमान लगाउन सक्छौँ कि त्यस्ता चर्चहरूमा गाइने भजनहरू पनि कमजोर नै हुन्छन् ।

असल शब्दहरूको प्रयोग गरिएको भए तापनि सतही अर्थ बोकेका गीतहरू तपाईंले गाइरहनुभएको हुनसक्छ । यस्ता धेरै भजनहरू छन् जसले “उहाँको नाउँ महान् छ” जस्ता सत्यताहरू उल्लेख गरेको छ । यो सत्य हो कि उहाँको नाउँ महान् छ, तर के यस भजनले उहाँको नाउँ किन महान् छ वा क्रूसले उहाँको महानतालाई कसरी प्रकट गर्दछ भनी बताउँछ ? यस आराधना समूहले गरिरहेको सङ्घर्षको निम्ति म प्रशंसा गर्छु । र सबै आराधना समूहलाई गीतका शब्दहरूप्रति सचेत र सतर्क रहन पनि उत्साह दिन्छु ।

कयौँ गीतहरू

दोस्रो कुरा, म यही भन्न चाहन्छु कि चर्चमा गाइने नयाँ गीत र सङ्गीत लेखनका निम्ति विगतका ३० वर्ष एकदमै पफ्लदायी रहेको थियो । यो एकदमै असल कुरा हो । यी ३० वर्षको अवधिमा लेखिएका कयौँ पुराना तथा नयाँ गीतहरू सुसमाचारले भरिपूर्ण, गहिरो अर्थ बोकेका, सैद्धान्तिक सत्यतालाई उजागर गर्ने, ख्रीष्टलाई महिमा दिने र परमेश्वरको बढाई गर्ने प्रकारका थिए । हामीसँग यी भजनहरू हुँदाहुँदै चर्चले त्रुटीपूर्ण र गलत अर्थ दिने भजनहरू गाउनु पर्ने बाध्यता छैन ।

मैले यो पनि भनिरहेको छैन कि इन्टरनेटको सुविधा भएको अहिलेको यस संसारमा गाउनको लागि ठिक भजनहरू कहाँ खोज्ने र के गाउने भन्ने कुरालाई लिएर आराधना समूह अलमल्लमा पर्दैनन् । कारण भजनहरू धेरै छन् र गाउनका निम्ति कुन भजन बाइबलीय छन् वा छैनन् भन्ने कुराले सबैलाई अलमल्लमा पार्नसक्छ । मैले भन्न चाहेको यति मात्र हो कि ठिक ईश्वरशास्त्रीय भजनहरू खोज्नुहोस् र त्यही भजनहरू गाउनुहोस् ।

सिकाउने कुरामा पास्टर पछि आराधना अगुवाहरूको भूमिका महत्वपूर्ण हुन्छ । तिनीहरूले कस्तो प्रकारको भजन छान्ने र तिनीहरूले छानेका भजनलाई मानिसहरूले गाइरहँदा कस्तो शिक्षा पाइरहेका छन् भन्ने कुरालाई ध्यान दिनुपर्दछ ।

हाम्रा मित्र इसाईले सोध्नुभएको प्रश्नतर्फ हाम्रो ध्यानलाई केन्द्रित गरौँ । अहिलेका केही प्रचलित गीतहरूमा परमेश्वरलाई महिमा दिने तृष्णाको सबैभन्दा कम रहेको पाइन्छ । मेरो भनाइको तात्पर्य यही हो कि जबसम्म चर्चले हाम्रो पापको क्रुरतालाई परमेश्वरको अपमान र बेइज्जतको रूपमा हेर्दैन, साथै परमेश्वरको महिमा, पवित्रता र पापप्रति परमेश्वरको न्याय र क्रोधलाई गहिरो रूपमा बुझ्न सक्दैन, तबसम्म चर्चले अनुग्रह र कृपालाई प्रिय ठान्दैन । त्यसैकारण हामीले अनुग्रहको बारेमा कस्तो प्रकारको गीत गाईरहेका छौँ भन्ने कुराले महत्व राख्दछ ।

यस्ता धेरै गीतहरू लेखिएका छन् जसले यही अनुमान गर्दछ कि मानिसहरूका जीवनमा दुख, कष्ट र पीडादायी कारणहरू छन् जसले तिनीहरूलाई सुसमाचारलाई बुझ्ने बनाउँछ । तर मलाई लाग्छ कि अनुग्रहलाई बुझ्न व्यक्तिगत जीवनका समस्याहरू पर्याप्त छैनन् । मानिसहरूले अनुग्रहलाई बुझ्न आफ्नो वास्तविक पापी अवस्थालाई बुझ्न जरुरी छ । वास्तवमा भन्नुपर्दा, बाइबलले बताउने त्यो पापको समस्याको बारेमा नबुझाईकन मानिसहरूको व्यक्तिगत समस्यामा मात्र केन्द्रित रहने हो भने, मानिसहरूले अनुग्रहको विषयमा गलत अर्थ लगाउने छन् किनकि मानिसहरूले बुभफ्कोे समस्या र बाइबलले बताउने समस्या फरक छ । मानिसहरूले बुझेको समस्या वास्तविक समस्या हैन ।

नयाँ करारले हामीलाई यही बताउँछ कि मानिसहरूले अनुग्रहलाई परमेश्वरको बढाइ गर्ने वास्तविक सत्यताको रूपमा हेर्नको लागि, पापको बन्धनमा तिनीहरू कस्तो भयानक अवस्थामा थिए भन्ने कुरालाई जान्न आवश्यक छ । उदाहरणको लागि एपिफ्सी २ः१–१० र एपिफ्सी १ः४–६ लाई हेर्न सकिन्छ ।

प्रश्न यो हैन कि गीतका शब्दहरू सही छ कि छैन तर प्रश्न यो हो कि त्यस गीतका शब्दले मानिसहरूमा कस्तो प्रभाव पारिरहेको छ । मानिसहरूले परमेश्वरलाई हेर्ने दृष्टिकोणमा त्यस गीतले कस्तो असर पार्छ ।

म हाम्रा मित्र इसाईले उल्लेख गर्नुभएको गीतका शब्दहरूको पक्षमा छुइनँ । त्यस गीतले “परमेश्वर एक्लो हुनुहुन्छ त्यसैले उहाँले हामीलाई बचाउनुभयो” भन्ने कुराको भाव व्यक्त गर्दछ ।

हामीमा परमेश्वरको आनन्द

हामी उहाँको सन्तान भएको कारण परमेश्वर हामीसँग आनन्दित हुनुहुन्छ भन्ने सत्यतालाई हामीले गाउनुपर्छ । हामीले यही कुरालाई उडन्ते पुत्रको दृष्टान्तमा पनि हेर्न सक्छौँ । जहाँ आफ्नो पुत्र फर्किएको खुसीमा पिताले ठूलो भोजको आयोजना गरेका थिए (लूका १५ः११–३२) । सपन्याह ३ः१७, जहाँ परमेश्वर आफ्ना मानिसहरूको बारेमा गीत गाएर रमाउनुहुन्छ । वास्तविकता यो हो कि परमेश्वर हामीबिना एक्लो र दयनीय हुनुहुन्न । हामीले परमेश्वरको एक्लोपनलाई मेटाइदिएको कारण उहाँ गाउनको निम्ति उत्साहित हुनुभएको होइन । बाइबलले हामीलाई त्यसरी बताउँदैन । तर बाइबलले हामीलाई यसरी बताउँछ कि परमेश्वरले आफ्ना मानिसहरूको खातिर आनन्द मनाउनुहुन्छ । परमेश्वरले हामीमा आनन्द मनाउनु भनेको त उहाँको पूर्णताको अत्याधिक बहाव हो । उहाँको खालिपनको पूर्ति हैन । प्रश्न यो हो कि, हामीले गाउने गीतहरूले के मानिसहरूलाई यी कुरा बुझ्न मदत गरिरहेको छ ?

हालसालै म सहभागी भएको एउटा चर्चमा गाइएको एउटा चर्चित गीतको शब्द यसप्रकार छ— “भुँईमा झरेको फूलझैँ तपाईं कुल्चाइनु भयो, आफैलाई होच्याएर तपाईंले यी सब मेरो निम्ति सहनुभयो ।” “सबैभन्दा माथि” मानिसहरूले गाइरहँदा मैले यही प्रार्थना गरिरहेको थिएँ कि यी मानिसहरूले यो गीत नगाउन् । यो एकदमै गलत शब्द हो, र यो शब्दले हामीलाई परमेश्वरको सत्यतालाई बुझ्न मदत गर्दैन । “सबैभन्दा माथि” भन्ने शब्दको अर्थ के हो ? के भन्दा माथि वा को भन्दा माथि ? के बचाइएका सबैभन्दा माथि वा उहाँको महिमाभन्दा माथि ?

हामी जान्दछौँ कि परमेश्वरले हामीलाई निर्दिष्ट रूपमा बचाउनुभएको छ ताकि हामीले उहाँको महिमालाई देख्न र ब्रह्माण्डको सबै कुराभन्दा बढ्ता मूल्यवान धनको रूपमा रसस्वादन गर्न सकौँ ।

मेरो निष्कर्ष यही हो कि इतिहासभरि नै परमेश्वर त्रिफ्याशील हुनुहुन्छ र बितेका ३० वर्षमा उहाँले कयौँ सुन्दर, सुसमाचारीय, ख्रीष्टलाई महिमा दिने भजनहरू उत्पादन गर्नुभएको छ । ताकि हामीले गलत अर्थ बोकेका र मानिसहरूलाई बहकाउने भजनहरू गाउन नपरोस् ।

आफ्नो माया साझा गर्नुहोस्
जोन पाइपर
जोन पाइपर

जोन पाइपर desiringGod.org का संस्थापक तथा प्रमुख शिक्षक साथै मेनेसोटा, मिनियापोलिस USA मा अवस्थित बेथलेहेम कलेज र सेमिनरीका कुलपति हुन् । ३३ वर्षसम्म उनले बेथलेहेम बप्तिस चर्चमा पास्टरको रूपमा सेवा गरे । उनी जीवित पुस्तक साहित ५० भन्दा बढी पुस्तकहरूका लेखेक हुन् ।

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।