कोभिड –१९ पछि चर्च फर्किनुका दश कारणहरू

किन व्यक्तिगत रूपमा भेट्नुपर्छ ?

केही महिनादेखि धेरै चर्चहरूले व्यक्तिगत रूपमा भेट्न स्थगित गरेका छन् । विश्वव्यापी महामारी कोभिड-१९ का कारण सरकारी नियमहरू र एकअर्काप्रतिको समाजिक सद्‌भावले हामीलाई समूहगत रूपमा भेला हुनबाट वञ्चित गरेको छ । भेला हुनुको सट्टामा प्रविधिको प्रयोग गर्दै हामीले अनलाइन संगति गरेका छौँ, र भर्चुअल रूपमा एकअर्कासँग जोडिएका छौँ ।

धेरै चर्चहरूले सामूहिक रूपमा भेला हुन पुनः सुरु गरिरहेका छन् वा चाँडै सुरु गर्नेछन् । तर यी सेवाहरू नयाँ र अनौठो लाग्न सक्छ । हाम्रो जिम्मेवारी बढेको छ, र हामी बीच विभिन्न मतभेदहरू छन् । हामीले अनौठो,  सुविधाजनक र निराशाजनक प्रतिबन्धित नियमहरू पालना गर्नुपर्ने भएकोले गर्दा हाम्रो सामूहिक भेलालाई जतिसुकै सुरक्षित बनाए पनि कतिपय सदस्यहरू चर्च आउन सक्दैनन् ।

यदि हामीले पुनःस्थापित गरेको जमघट फरक र प्रतिबन्धित छन् भने, यी सबै कुराहरूलाई ध्यानमा राख्दै कतिपय ख्रीष्टियानहरू चर्च नआउने बहानामा पर्न सक्छन् । हाम्रो अनलाइन विकल्प सुविधाजनक छ, र भौतिक उपस्थितिचाहिँ वास्तविक जोखिम हुन्छ भने,  हामी व्यक्तिगत ( सामूहिक ) रूपमा किन भेट्नु पर्यो र ?

यो एक मान्य प्रश्न हो । तर हामीले निर्णय गर्नुअघि, हामीले भेला हुनुको महत्वलाई मनन गर्नुपर्छ । ताकि, हाम्रो भेला हुने इच्छा घट्नुको सट्टा बढोस् । त्यसैले, तपाईं स्वास्थ्यको कारणले घरमा बस्नुपर्ने बाहेक अरू कुनै कारण नभए चर्च आउनको लागि १० कारणहरू यसप्रकार छन्:
 

१. हामी सिर्जिएका प्राणीहरू हौँ

परमेश्वरले आदमलाई भूमिको माटोबाट, हव्वालाई आदमको करङबाट र मानव  जातिलाई तिनीहरूको एकताबाट सृष्टि गर्नुभयो (उत्पत्ति १:२६–२७; २:१८–२५; ३:२०) । हामी उहाँको स्वरूपमा  नर र नारी गरी सिर्जिएका आत्माहरू हौँ ।  

हामी केवल तस्वीरका तत्त्वहरू, स्क्रिनमा देखिने नामहरू अनि जूम र फेसटाइम जस्ता एप्सहरूमा  देखाइने तस्वीर मात्र होइनौँ । हामी मानव हौँ । हामी परमेश्वरले बनाउनुभएको भौतिक संसारलाई हेर्न, सुन्न, चाख्न, छुन अनि महसुस गर्नका निम्ति  सिर्जिएका हौँ । हालैको महिनाहरूमा हामीले हाम्रा अनलाइन संसारको शक्तिलाई देखेका छौँ, र त्यसको शक्तिको सीमालाई पनि बुझेका छौँ । कुनै मायालु जोडीले “लामो दूरीको सम्बन्धलाई” आदर्शको रूपमा खुसीसाथ स्वीकार गर्दैनन् न त एक चर्च परिवारले गर्नुपर्छ ।

२. चर्च एउटै शरीर  हो

बाइबलले निरन्तर रूपमा सिकाउँछ कि चर्च  पृथ्वीमा ख्रीष्टको शरीर हो (एफिसी १:२२–२३) । प्रत्येक ख्रीष्टियानहरू जटिल रूपमा एकसाथ जोडिएका शरीरका विभिन्न अङ्गहरू हुन् (एफिसी ४:१५–१६) । हामी स्वतन्त्र छैनौं, तर एक-अर्काप्रति आश्रित छौँ । हाम्रा आत्मिक बरदानहरू आँखा, कान, हात र खुट्टाहरू जस्तै हुन् जसले शरीरको काम र वृद्धिमा तिनीहरूको भूमिका निर्वाह गर्दछन् । हो, टाढा भएपनि  हामी ख्रीष्टका शरीर हौँ । तर कुनैपनि स्वास्थ्य शरीर झैँ हामीले ख्रीष्टको चर्चबाट अलग हुने इच्छा गर्नुहुदैन ।

३. पवित्र आत्माले हामीलाई खिँचिरहनु भएको छ

हामी ख्रीष्टियानहरू केवल एउटै शरीर मात्रै होइनौँ: हामीहरूसँग पवित्र आत्मा पनि हुनुहुन्छ (एफिसी ४:४) । पवित्र आत्मा, जो परमेश्वर हुनुहुन्छ जसले चर्चमा वास गर्नुहुन्छ र हामीलाई सधैँ एकतातर्फ खिच्नुहुन्छ । परमेश्वरको आत्मालाई विभाजन गर्न सकिदैन, तसर्थ जब हामी ख्रीष्टियानहरू अनिच्छुक रूपमा अलग हुन्छौँ – तब लामो गरी तन्किएको रबरको डोरी जस्तै – हामी तनाव महसुस गर्दछौँ । रबरको डोरीले पछाडि खिचे जस्तै हामी भित्रको आत्माले हामीलाई एकसाथ भेला भएको व्यग्र चाहा गर्दै खिच्दछ ।

४. हामी आत्मिक परिवार हौँ

हामी परमेश्वर पिताले अपनाएका  सन्तानहरू हौँ,  त्यसैले परमेश्वरको “घरानाका” हामीहरू सबै आत्मिक दाजुभाइ – दिदीबहिनीहरू हौँ, (१ तिम्रो  ३:१५) । हाम्रा फरक उमेर र लिङ्गको आधारमा पावलले हामीलाई, बुबाहरू र आमाहरू, दिदीबहिनीहरू र दाजुभाइहरू, छोराहरू र छोरीहरू भनेर बोलाउनुहुन्छ (१तिमो. ५:१–२) । तर परिवारहरू अलग हुनको निम्ति होइन । स्वस्थ परिवारहरू एकसाथ बस्छन्, एकसाथ हाँस्छन्, एकसाथ रुन्छन्  र एक-अर्कालाई सहयोग गर्छन् । जवान सन्तानहरू भएका अभिभावकहरू आफ्ना सबै छोराछोरीहरू एकसाथ भेला हुदाँ अत्यन्त खुसी  हुन्छन्  । तसर्थ, यस समयको दौरान हामीसँग सुरक्षित रीतिले जोडिन नसक्ने हरेककहाँ पुग्नको निम्ति हामी विश्वासयोग्य हुनुपर्छ । तर सक्षम भएकाहरू सबैले  जीवन दिने पारिवारिक पुनर्मिलनमा भेला हुने प्रयत्न गर्नुपर्दछ ।

५. प्रचार, एक पवित्र क्षण हो

हाम्रो पुस्ता जोन पाइपरको प्रवचन र बेथ मोरको भिडियोहरूसँग परिचित छन् । फोनहरू, स्क्रिन र एप्लिकेशनहरू अहिले हाम्रा वैकल्पिक माध्यम भएको छ । केवल केही महिनामा नै  हामीलाई पास्टर र अगुवाहरूले सिकाउनु भएको परमेश्वरको वचन इन्टरनेट र कम्प्युटरको स्क्रिनमा हेर्ने बानी परिसकेको छ । यस डिजिटल वातावरणमा, हामीले यो याद गर्नैपर्छ कि प्रचार आधारभूत रूपमा एक प्रत्यक्ष पवित्र क्षण हो (प्रेरित २०: २०,२७) । हो, यसलाई भर्चुअल रूपमा उपस्थित हुनेहरू र भविष्यका श्रोताहरूको फाइदाको लागि  प्रसारण, रेकर्ड र पोष्ट गर्न सकिन्छ । तर एक ख्रीष्टियान परिवारको लागि  परमेश्वरको वचन प्रत्यक्ष रूपमा प्रचार गरिनु नै उत्तम हुन्छ । किनकि पवित्र आत्माले नियुक्त गरिएको प्रचारक र विश्वासयोग्य गोठालालाई, एक उद्देश्य र सम्भावनाहरू बोकेको क्षणमा  परमेश्वरले स्पष्ट रूपमा वचन प्रचार गर्ने शक्ति दिनुहुन्छ । यी क्षणहरूमा, पास्टरले तिनीहरूका आफ्नै भेडालाई चराउछन् र भेडाले तिनीहरूका गोठालाहरूको सोर सुन्छन् । यी क्षणहरूमा, हामी केवल सन्देशको विषयवस्तुले मात्र होइन तर त्यस क्षणको माहोलले पनि प्रभावित हुन्छौँ । कारण,  एक्लै खाएको भोजन भन्दा एकसाथ आनन्दले खाएको भोजन उत्तम हो ।

हामी मानव हौँ । हामीहरू परमेश्वरले बनाउनुभएको भौतिक संसारलाई हेर्न, सुन्न, चाख्न, र छुन अनि महसुस गर्नका निम्ति सिर्जिएका हौँ ।

६. एकसाथ गाउने कार्यजस्तो अरू केही छैन

पृथ्वीमा सामूहिक गायनको अनुभवजस्तो अरू कुनै अनुभव छैन (भजनसंग्रह ९५:१–२) । एकसाथ गाउने कार्यले उहाँको मानिसहरूको हृदयमा  परमेश्वरलाई पुनःस्थापित गर्दै उहाँको महिमा गर्छ । एकसाथ गाउने कार्यले हाम्रो दिमागलाई सत्यद्धारा ज्वलन्त र हाम्रो हृदयलाईं अनुग्रहद्धारा न्यानो बनाउँछ । एकसाथ गाउने कार्यले हाम्रो एकतालाई संकेत गर्दछ किनकि हामी सुसमाचारमा एक छौँ । एकसाथ गाउने कार्यले परमेश्वरलाई हाम्रा भावनाहरू व्यक्त गर्दछ (र अहिले हामीभित्र धेरै भावनाहरू छन्) । तर हामी केवल परमेश्वरलाई महिमा दिनको निम्ति मात्र गाउँदैनौं, हामी एक-अर्कालाई उत्साह दिनको निम्ति पनि गाउछौँ (कलसी ३:१६) । अनि हामीले एक स्क्रीनको माध्यमबाट एकअर्काको निम्ति व्यक्तिगत रूपमा गाँउन सक्दैनौँ । हो, हामी असुरक्षित छौँ र हाम्रो सामूहिक गायनले हामीलाई संक्रमित बनाउन पनि सक्छ, जसरि एक चिनियाँ ख्रीष्टियानको कारणले धेरैजना गिरफ्तार हुनसक्छन् । भुमिगत चर्चहरूले गर्दै आए झैँ परमेश्वरका मानिसहरूले पनि विश्वासिलो  भई सुरक्षित रहेर एकसाथ उहाँको प्रशंसा गर्ने उपाय अपनाउनुपर्छ  । हामीहरू मास्क लगाउनेछौँ, वा हामी भेला हुने ठाउँलाई स्यानिटाइज  गर्नेछौँ, वा बाहिर भेट्नेछौँ, भजनसङ्ग्रह मात्रै पाठ गर्नेछौँ,  वा मन्द आवाजमा बोल्नेछौँ । अन्तत, परमेश्वरले ख्रीष्टियान चर्चको माथि उठ्दै गरेको प्रशंसाको आवाजलाई सुन्नुहुनेछ । यस आनन्दलाई अभिव्यक्त गर्नका निम्ति हामी त्यहाँ भयौ भने असल हुनेछ ।

७. हामीलाई बप्तिस्मा र प्रभु भोजको आवश्यक छ  

तपाईंको चर्चले यी विधिहरूलाई “भर्चुअल रूपमा” अभ्यास गरेका छन् वा छैनन्! तर प्रत्येक ख्रीष्टियानहरूले ख्रीष्टको अनुग्रहमा पवित्र विधिहरूलाई  देख्न र चाख्न आवश्यक छ, ताकि हामीले पुनः एकपटक सुसमाचारको कथालाई सम्झना गर्न सकौँ । नयाँ ख्रीष्टियान ख्रीष्टको मृत्यु र पुनरुत्थानमा एक भए झैँ बप्तिस्मा दिने ट्यांकीमा डुबाएर बाहिर निकाल्दा होस् वा उहाँको बलिदानको सम्झना गराउने भाँचिएको रोटि वा दाखमधमा सहभागी हुँदा होस् – प्रभु भोजले हामीलाई परमेश्वर हाम्रा मस्तिष्कले थाहा पाउन सक्ने माध्यमहरूबाट पनि जोडिन हुन्छ भन्ने याद गराउँछ । यी विधिहरूद्वारा हामीले सुसमाचारलाई चाख्छौँ, छुन्छौँ र देख्न सक्छौँ । २८:१९; १ कोरिन्थी ११:२६)। जसरी हामीले यी  विधिहरूलाई अभ्यास गर्दछौँ, त्यो केही समयको लागि फरक देखिन सक्छ तर हामीलाई थाहा भएको भन्दा पनि बढता गरी  हाम्रा ह्रदयलाई तिनीहरूको आवश्यकता छ ।

८. तपाईंसँग गर्नको निम्ति एउटा काम छ

यदि तपाईं ख्रीष्टियान हुनुहुन्छ भने, जब चर्च एकसाथ भेला हुन्छन् तब तपाईसँग गर्नका लागि कामहरू हुन्छ । सेवकाइको काम मुख्यतया पास्टरहरू र अगुवाहरूको लागि मात्र होइन । यो प्रत्येक ख्रीष्टियनहरूको लागि पनि हो । हरेक ख्रीष्टियानहरूसँग प्रयोग गर्नका निम्ति आत्मिक बरदानहरू छन् र हरेक चर्चको शरीरलाई सक्रिय हुनको निम्ति शरीरको प्रत्येक अङ्गको अत्यन्त आवश्यक पर्छ (रोमी १२:४–८; एफिसी ४:१५–१६; १ पत्रुस ४:१०–११) । जब हामी घरमा बस्छौँ, हामीले प्रविधि मार्फत फोन गर्न, वातचित गर्न र सन्देश पठाउन सक्छौँ । तर हामी शारीरिक रूपमा भेला हुदैनौं भने, त्यहाँ केही कारणहरू छन् जसले सेवा, प्रोत्साहन वा ख्रीष्टको शरीरको निर्माण गर्न असहजता गराउनेछ ।

९. आराधना हाम्रो साक्षी हो  

प्रत्येक हप्ता हाम्रा साथीहरू, छिमेकीहरू, र सहकर्मीहरू हामी हिडिरहेका भ्रष्ट संसार भएर हिँड्दछन् तर हामीसँग भएको आशा र नक्साविना । हरेक हप्ता तिनीहरुले चुनौतीहरू र शोकहरूको सामना गर्छन् जसले तिनीहरूलाई अनुग्रह र सत्य कहाँ पाउन सकिन्छ भनेर सोच्न बाध्य बनाउँछ । हो, हामीले तिनीहरूलाई अनलाइनबाट सेवा दिनसक्ने धेरै तरिकाहरू छन्, र हामी खुसी हुनुपर्छ कि परमेश्वर नयाँ माध्यमहरूद्वारा मानिसहरूकहाँ पुगिरहनु भएको छ । तर अख्रीष्टियान दुनियाँले ख्रीष्टियानको स्थानीय परिवारमा सुसमाचारको रूपान्तरण शक्तिलाई देख्न आवश्यक छ जसले  परमेश्वरलाई प्रेम गर्छन् र एक-अर्का बीच सबैभन्दा दयालु र भद्र तरीकाले सेवा गर्छन् । 

१०. अभिवादनले जीवनलाई परिवर्तन गर्छ

अभिवादनबाट कार्य समाप्त गर्नु अनौठो देखिन सक्छ – अभिवादन एक साधारण कार्य हो, जो अहिले जटिल र प्रतिबन्धित भएको छ । तर सम्पूर्ण नयाँ करारभरि नै लेखकहरूले चर्चहरूलाई केवल अभिवादन मात्र गर्दैनन् तर ख्रीष्टियानहरूलाई एक-अर्कामा अभिवादन गर्नका निम्ति आग्रह गर्छन् । यी अभिवादनहरू तिनीहरूको पत्रहरूको अन्तमा राखिएका विचार मात्र होइनन् । यी अभिवादनले मेलमिलाप गराउन सक्ने सुसमाचारको शक्तिको संकेत गर्दछ र हाम्रो गतिशील परिवारलाई प्रोत्साहन दिन्छ । हामीले एक-अर्कालाई अभिवादन गर्ने तरिका– र हामीले एक-अर्कालाई गर्ने अभिवादनको वास्तविकता नै  चर्च जीवनको साक्षी र केन्द्रबिन्दु हो । खुसीसाथ गरिएको अभिवादनले हामीलाई ख्रीष्टमा सुसमाचारीय एकताको सम्झना गराउँछ । संकोच मान्दै गरिएको अभिवादनले, स्वस्थ चर्चले कुनै पक्षपात गर्दैन भनी घोषणा गर्दछ । अनिच्छुक ढंगले गरिएको अभिवादनले हाम्रा विवादलाई समाधान गर्न र हाम्रो हृदयलाई मेलमिलाप गराउनुपर्दछ भन्ने कुरा हामीलाई याद गराउँछ । प्रत्येक अभिवादनले परमेश्वरको प्रेमलाई प्रतिबिम्बित गर्दछ, ख्रीष्टको शरीरलाई जोड्दछ, अथिति सत्कारलाई कायम राख्दछ, निस्वार्थ पनको  विकास गर्दछ, सेवकाइको लागि ढोका खोल्दछ र हामीलाई ख्रीष्टद्वारा स्वागत गर्नुहुने परमेश्वर पिताको गवाही दिदछ । हाम्रो यी अभिवादनहरू अहिले मास्कले ढाकिएको, अछुत र दूरी पूर्ण भए तापनि यी अभ्यासहरू प्रत्येक चर्चहरूमा जीवनलाई आकार दिने सूक्ष्म कार्य हुन् । हालसालै मात्र, दश हप्तासम्म भेला नभएपछि, हाम्रो चर्चले पार्किङ  स्थलमा आराधना सेवाको आयोजना गर्र्यो । सबैभन्दा खुसीको कुरा, एक उत्साहका क्षणहरू हाम्रो अभिवादनहरू नै थियो । त्यसैले हामीले एक–अर्कालाई देख्न र भेट्न आवश्यक छ ।

निष्कर्ष  

तपाईं तत्काल चर्चमा भेला हुन नसक्नु होला । तपाईंले आफ्नै लागि वा तपाइले प्रेम गर्नेहरूको लागि सावधानीका उपायहरूको अभ्यास गर्नुपर्ने हुनसक्छ । सम्भवतः केही समयको लागि तपाईंले टाढाबाट हेर्नु पर्ने हुनसक्छ । तर जब उपयुक्त समय आउँछ  तब परमेश्वरका मानिसहरू पुनः एकसाथ भेला हुनसक्छन्, र पुनः भेला हुनैपर्छ र तपाईं पनि त्यो भेलामा सहभागी हुनुहुनेछ भनी म आशा गर्दछु । आखिर  हाम्रो भेलाहरू स्वर्गको पूर्व स्वाद  हो । बाइबलमा भएको स्वर्गको दर्शन, क्वारेनटाइन, प्रत्यक्ष प्रसारण, वा जूम  कल जस्तो देखिदैन । यो त पुनरुत्थान भएका ख्रीष्टसँग आमनेसामने  भेट र उहाँको सन्तहरू र स्वर्ग दुतहरू दुवैसँगको आराधनामा पुनर्मिलन हो (हिब्रु १२:२२–२३; प्रकाश २२:४) । आउनेवाला जीवनमा हामी चुप रहने छैनौँ, र महिमाको भवनहरूमा अलग हुनेछैनौँ, तर नयाँ संसारमा एकसाथ रहनेछौँ, काम गर्नेछौँ, प्रेम गर्नेछौँ  र सेवा गर्नेछौँ, जहाँ धार्मिकताले बास गर्दछ (२ पत्रु३:१३) । त्यसैले जब हामी भेला हुन सुरक्षित र बुद्धिमानी छ, र हाम्रो समुदायहरूको लागि कुनै हानि पुर्याउने किसिमको छैन् भनि जान्नेछौँ, सबै थोकहरू नयाँ नभएसम्म – सामूहिक रूपमा – फेरि एकसाथ भेला होऔँ ।

जुन १३, २०२० मा डेभिड गन्डरसन्द्वारा लिखित

Share your love
Default image
डेभिड गनडरसन्
डेभिड गनडरसन् (पीएचडि द साउर्दन ब्याप्तिस्ट थिओलोजीकल सेमेनारी) ह्युस्टन टेक्सासमा रहेको ब्रिज पोईन्ट बाइबल चर्चमा मुख्य पास्टरको रूपमा सेवा गर्नुहुन्छ । उहाँले यसअघि ख्रीष्टियान कलेजका बिद्यार्थीहरूलाई पढाउँदै र तालिम दिँदै १५ वर्षसम्म आवासीय निर्देशक, सहायक शैक्षिक प्रबन्धक अनि प्रोफेसरको रूपमा काम गर्नुभएको छ।
Articles: 1

नि:शुल्क ई-पुस्तक डाउनलोड गर्नहोस् ।