पाँच बुँदाहरू

Original price was: NPR 300.00.Current price is: NPR 200.00.

जोन पाइपर
पाँच बुँदाहरू परमेश्वरको अनुग्रहको गहन अनुभवतर्फ
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
जोन पाइपरद्वारा लिखित “पाँच बुँदाहरू” नामक पुस्तकले सुधारवाद ईश्वरशास्त्र सम्बन्धी जोन क्याल्भिनको आधारभूत शिक्षालाई सारांशित गर्दछ । क्याल्भिनवाद बाइबलीय ख्रीष्टियानमतको अर्को नाम हो भनी लेखकले उत्कृष्ट रूपमा देखाउँछन् । यसले सुधारवादको सबैभन्दा ऐतिहासिक परम्परामा रहेर सुव्यवस्थित ईश्वरशास्त्र र बाइबलीय ईश्वरशास्त्रको बुद्धिमानीपूर्वक व्याख्या गर्दछ, जुन पाँच केवलहरू (केवल बाइबल, केवल विश्वास, केवल अनुग्रह, केवल ख्रीष्ट, केवल परमेश्वरको महिमा) मा आधारित छ ।
 
यस बाहेक, यसले मानिसको मुक्तिमा ईश्वरीय सार्वभौमिकता र मानव जिम्मेवारी बीचको तनावलाई सन्तुलनमा राख्नुको साथसाथै सामधान पनि गर्दछ ।

अनुमोदनहरू

जोन पाइपरद्वारा लिखित पाँच बुँदाहरूू नामक पुस्तकले सुधारवाद ईश्वरशास्त्रसम्बन्धी जोन क्याल्भिननको आधारभूत शिक्षालाई सारांशित गर्दछ । क्याल्भिनवाद बाइबलीय ख्रीष्टियानमतको अर्को नाम हो भनि लेखकले उत्कृष्ट रूपमा देखाउँछन् । म प्रार्थना गर्दछु कि यो पुस्तक तपाईंको जीवनमा परमेश्वरको अनुग्रहको गहन अनुभवतर्फको खोज हुनेछ ।
-पास्टर सुरण कासुला, शेखाइना ईम्यात्जेलिकल चर्च, भक्तपूर

यो पुस्तक बाइबलीय अनुग्रहको सिद्धान्त अध्ययनको निम्ति एक पुस्तकभन्दा पनि बढी हाम्रो निम्ति उपलब्ध एक बहुमूल्य र सुन्दर गहना हो । मेरो विचारमा यो मानिसको उद्धारको निम्ति परमेश्वरको प्रेम र अनुग्रहबारे बाइबलीय सिद्धान्तको सही र साँचो बुझाइको निम्ति हरेक ख्रीष्टियानले पढ्नैपर्ने पुस्तक हो।
-पास्टर प्रेमनारायण भट्टराई, शक्तिशाली बप्तिस चर्च, ललितपूर

कृपया, यस पुस्तकलाई प्रार्थना र नम्रताकासाथ, र कुनै पूर्वाग्रह बीना पढ्नुहोला । परमेश्वरको अनुग्रहको गहन अनुभवतर्फ जान तपाईंलाई मद्दत मिल्नेछ र परिणामस्वरूप तपाई बाइबलीय आराधनातर्फ डोयाइनुहुनेछ ।
-पास्टर इशाई राई, काठमाडौं कम्युनिटी बप्तिस चर्च, काठमाडौं

Weight 0.115 kg
Dimensions 12.95 × 0.76 × 19.3 cm
Book Author

Language

Pages

96

ISBN

9789937091589

Publisher

Format