पाँच बुँदाहरू

Original price was: NPR 300.00.Current price is: NPR 200.00.

जोन पाइपर
पाँच बुँदाहरू परमेश्वरको अनुग्रहको गहन अनुभवतर्फ
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
पाँच बुँदाहरू
जोन पाइपरद्वारा लिखित “पाँच बुँदाहरू” नामक पुस्तकले सुधारवाद ईश्वरशास्त्र सम्बन्धी जोन क्याल्भिनको आधारभूत शिक्षालाई सारांशित गर्दछ । क्याल्भिनवाद बाइबलीय ख्रीष्टियानमतको अर्को नाम हो भनी लेखकले उत्कृष्ट रूपमा देखाउँछन् । यसले सुधारवादको सबैभन्दा ऐतिहासिक परम्परामा रहेर सुव्यवस्थित ईश्वरशास्त्र र बाइबलीय ईश्वरशास्त्रको बुद्धिमानीपूर्वक व्याख्या गर्दछ, जुन पाँच केवलहरू (केवल बाइबल, केवल विश्वास, केवल अनुग्रह, केवल ख्रीष्ट, केवल परमेश्वरको महिमा) मा आधारित छ ।
यस बाहेक, यसले मानिसको मुक्तिमा ईश्वरीय सार्वभौमिकता र मानव जिम्मेवारी बीचको तनावलाई सन्तुलनमा राख्नुको साथसाथै सामधान पनि गर्दछ ।
अनुमोदनहरू,

यो पुस्तक बाइबलीय अनुग्रहको सिद्धान्त अध्ययनको निम्ति एक पुस्तकभन्दा पनि बढी हाम्रो निम्ति उपलब्ध एक बहुमूल्य र सुन्दर गहना हो । मेरो विचारमा यो मानिसको उद्धारको निम्ति परमेश्वरको प्रेम र अनुग्रहबारे बाइबलीय सिद्धान्तको सही र साँचो बुझाइको निम्ति हरेक ख्रीष्टियानले पढ्नैपर्ने पुस्तक हो।
-पास्टर प्रेमनारायण भट्टराई, शक्तिशाली बप्तिस चर्च, ललितपूर

कृपया, यस पुस्तकलाई प्रार्थना र नम्रताकासाथ, र कुनै पूर्वाग्रह बीना पढ्नुहोला । परमेश्वरको अनुग्रहको गहन अनुभवतर्फ जान तपाईंलाई मद्दत मिल्नेछ र परिणामस्वरूप तपाई बाइबलीय आराधनातर्फ डोयाइनुहुनेछ ।
-पास्टर इशाई राई, काठमाडौं कम्युनिटी बप्तिस चर्च, काठमाडौं

लेखक

Piper 768x768 1

जोन पाइपर desiring God.org का संस्थापक तथा मिनियापोलिस, मिनेसोटामा रहेका बेथेलेहेम कलेज र सेमिनारीका कुलपति हुनुहुन्छ। उहाँले बेथेलेहेम व्याप्टिस्ट चर्चको पास्टरको रूपमा तेत्तिस वर्षसम्म सेवा गर्नुभयो, र उहाँ पचासभन्दा बढी पुस्तकहरूको लेखक हुनुहुन्छ । तिस वर्षभन्दा बढी समयावधिमा उहाँले प्रचार गर्नुभएको प्रवचन र उहाँका लेखहरू desiring God.org मा उपलब्ध छन् ।

जोन पाइपरद्वारा लिखित उपलब्ध पुस्तकहरू,

WhatsApp Image 2025 07 08 at 14.17.32 91ce291e   WhatsApp Image 2024 07 12 at 09.39.51 fa1300ef   5 Points with price 2   Astonished By God JPG

Weight 0.115 kg
Dimensions 12.95 × 0.76 × 19.3 cm
Book Author

Language

Pages

96

ISBN

9789937091589

Publisher

Format