बाह्र असाधारण स्त्रीहरू-Twelve Extraordinary Women

Original price was: NPR 400.00.Current price is: NPR 299.00.

-जोन मकार्थर 

The book “Twelve Extraordinary Women ” has been translated into Nepali with the title “बाह्र असाधारण स्त्रीहरू ”.

बाइबलले स्त्रीहरूलाई आदर र सम्मानका साथ प्रस्तुत गर्छ। उनीहरू परमेश्वरको स्वरूपमा सृजित, प्रभावशाली, र सम्मानित सहयोगी हुन्। यस पुस्तकमा उल्लेखित सबै स्त्रीहरू यही सत्यताको उदाहरण हुन्।

“उच्च चरित्र भएकी पत्नी कसले पाउन सक्छ ? तिनी मानिकभन्दा पनि अति नै बढी मूल्यकी हुन्छिन् । तिनका पतिले तिनीमाथि पूरा भरोसा गर्छन्, र उनलाई कुनै असल कुराको अभाव हुँदैन। तिनले आफ्नो जीवनकालभरि नै उनको भलो गर्छिन्, कुभलो होइन। तिनले ऊन र सनपाट चुनेर आफ्ना हातहरूले उत्सुकतासाथ काम गर्छिन्।” हितोपदेश ३१:१०-१३

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

बाह्र असाधारण स्त्रीहरू

बाइबलको एउटा अनौठो विशेषता भनेको यसले स्त्रीहरूलाई सम्मान गर्दछ। धर्मशास्त्रले स्रीलाई तुच्छ ठान्ने वा होच्याउने होइन, तर विशेष रूपमा आदर गरेको देखिन्छ। यसले समाज र परिवारमा स्त्रीको भूमिकालाई महत्त्व दिएको छ, उनीहरूको प्रभावको महत्त्वलाई स्वीकार गरेको छ, र विशेष गरी भक्तिपूर्ण जीवन जिएर उदाहरण बन्ने स्रीहरूको गुणहरूको प्रशंसा गरेको छ। बाइबलको पहिलो अध्यायदेखि नै हामीलाई सिकाइएको छ कि, स्रीहरू पनि पुरुषहरू जस्तै परमेश्वरको स्वरूपधारक हुन् (उत्पत्ति १:२७; ५:१-२)। बाइबलका धेरै महत्त्वपूर्ण घटनाहरूमा स्रीहरूले प्रमुख भूमिका खेलेका छन्। पत्नीहरूलाई आफ्ना पतिहरूका दासी वा घरेलू वस्तुको रूपमा नभई, एउटा सम्मानित सहयोगी र प्रिय साथीको रूपमा प्रस्तुत गरिएको छ (उत्पत्ति २:२०-२४; हितोपदेश १९:१४; उपदेशक ९:९) । धर्मशास्त्रले स्त्रीलाई स्त्रीको रूपमा सम्मान गर्छ, र उनीहरूलाई आफ्ने अद्वितीय तरिकामा सम्मानित हुन प्रेरित गर्दछ (हितोपोदेश ३१:१०-३०)। यस पुस्तकमा उल्लेख गरिएका प्रत्येक स्रीले यो सत्यतालाई कुनै न कुनै तरिकामा प्रस्तुत गरेका छन्

macarthur john

जोन मकार्थर आजका प्रमुख बाइबल शिक्षकहरूमध्ये एक हुनुहुन्छ, जसले लाखौँ मानिसहरूको जीवनलाई परिवर्तन गर्ने थुप्रै पुस्तकहरू लेख्नुभएको छ । उहाँ क्यालिफोर्नियाको सन भ्यालीस्थित ग्रेस कम्युनिटी चर्चका पास्टर-शिक्षक, साथै द मास्टर्स कलेज एण्ड सेमिनारीका अध्यक्ष पनि हुनुहुन्छ। उहाँ ग्रेस टु यूhttps://www.gty.org/सेवकाइका अध्यक्ष पनि हुनुहुन्छ । उहाँले नै द मकार्थर अध्ययन बाइबल का टिप्पणीहरू लेख्नुभएको हो, र त्यो बाइबलको ५,००,००० भन्दा बढी प्रतिहरू बिक्री भइसकेका छन्। जोन र उहाँकी पत्नी पेट्रीसियाका चार जना छोराछोरी (सबै विवाहित) र चौध जना नातिनातिना छन् ।

थप जानकारी
  • लेखक: जोन मकार्थर
  • स्वरूप: मुलायम कभर
  • (ISBN) नम्बर: 9789937-9813-8-5  
  • पृष्ठ संख्या: 216
  • भाषा: नेपाली
  • प्रकाशन: गोस्पल पब्लिकेशन

गोस्पल पब्लिकेशनमा जोन मकार्थरद्वारा लिखित नेपाली पुस्तकहरू

Screenshot 2024 05 13 114516    WhatsApp Image 2025 06 30 at 10.44.56 4fc5ca3d

Book Author

Format

ISBN

9789937-9813-8-5

Language

Pages

216

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “बाह्र असाधारण स्त्रीहरू-Twelve Extraordinary Women”

Your email address will not be published. Required fields are marked *