परमेश्वरद्वारा चकित
Original price was: NPR 500.00.NPR 250.00Current price is: NPR 250.00.
जोन पाइपर
यी संसारलाई उलटपुलट पार्ने दश सत्यताहरू हुन् जुन प्रत्येक आफ्नै तरिकामा चकित पार्ने किसिमका छन्।
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
तपाईंको संसारलाई पूर्ण रूपमा उलटपुलट पार्नुहोस् ।
जोन पाइपरले तीस वर्ष भन्दा बढी लामो समयसम्म जीवनको हरेक उतारचढाव हुँदै डाउनटाउन मिनियापोलिसको कठिन र अस्थिर अवस्थाहरूमा एक पछि अर्को आइतबार आफ्ना मानिसहरूलाई परमेश्वरको वचन प्रचार गर्दै पास्टरको रूपमा सेवा गर्नुभयो । जब एक प्रवचनको अन्तिम शृङ्खलामा आनन्दको पुस्तालाई कैद गर्ने कुरा आयो, उहाँले आफ्ना मानिसहरूलाई कानमा गुन्जिरहने गरी यी दशवटा मौलिक सत्यतातर्फ ध्यान केन्द्रित गर्नुभयो ।
यी संसारलाई उलटपुलट पार्ने दश सत्यताहरू हुन् जुन प्रत्येक आफ्नै तरिकामा चकित पार्ने किसिमका छन्।
पहिले, यसले पाइपरको आफ्नै दुनियाँलाई उलटपुलट पार्यो । त्यसपछि उहाँको चर्चलाई उलटपुलट पार्यो । र यी सत्यताहरूले ख्रीष्टको सुसमाचार दूरी र गहिराइमा अगाडि बढ्दै जाँदा सम्पूर्ण संसारलाई निरन्तर उलटपुलट पार्नेछ । यी चकित पार्ने सिद्धान्तहरू, पाइपरले लेखे, “एकदमै अदम्य, अनियन्त्रित र भविष्य सिर्जना गर्ने किसिमका छन् ।
एक दिग्गज लेखक, पास्टर र ख्रीष्टियान प्रवक्तासँग सामेल हुनुहोस् जसले दश चकित पार्ने, दयालु, जीवन दिने, आनन्द जगाउने, आशा थामिराख्ने सत्यताहरूलाई यस पुस्तकमा कैद गर्नुभएको छ, जसले उहाँको लागि सबथोकलाई थामिराखेको छ ।
लेखक
जोन पाइपर desiring God.org का संस्थापक तथा मिनियापोलिस, मिनेसोटामा रहेका बेथेलेहेम कलेज र सेमिनारीका कुलपति हुनुहुन्छ। उहाँले बेथेलेहेम व्याप्टिस्ट चर्चको पास्टरको रूपमा तेत्तिस वर्षसम्म सेवा गर्नुभयो, र उहाँ पचासभन्दा बढी पुस्तकहरूको लेखक हुनुहुन्छ । तिस वर्षभन्दा बढी समयावधिमा उहाँले प्रचार गर्नुभएको प्रवचन र उहाँका लेखहरू desiring God.org मा उपलब्ध छन् ।
जोन पाइपरद्वारा लिखित उपलब्ध पुस्तकहरू,
Book Author | |
---|---|
Format | |
Language | |
Publisher | |
ISBN | 9789937129725 |
Pages | 185 |
Reviews
There are no reviews yet.