आधारभूत ख्रीष्टियान विश्वास
जोन स्टट
ख्रीष्टियान विश्वास धर्म होइन, सुसमाचार हो—परमेश्वरले ख्रीष्टमा हाम्रो लागि के गर्नुभएको छ भन्ने महान् घोषणा।
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
आधारभूत ख्रीष्टियान विश्वास
परमेश्वरले सृष्टि गर्नुभएको छ । परमेश्वरले बोल्नुभएको छ । परमेश्वरले काम गर्नुभएको छ । यी तीनवटा पक्षमा भएको परमेश्वरको पहल सम्बन्धी भनाइहरूले बाइबलको धर्मको सारलाई प्रस्तुत गर्छन् । आधारभूत ख्रीष्टियान विश्वासको परिभाषा नै येशू ख्रीष्टको ऐतिहासिक व्यक्तिबाट सुरु हुन्छ । यदि परमेश्वरले बोल्नुभएको छ भने, संसारप्रतिको उहाँको अन्तिम र सबैभन्दा महान् शब्द येशू ख्रीष्ट हुनुहुन्छ । यदि परमेश्वरले काम गर्नुभएको छ भने, उहाँको सबैभन्दा महान् काम येशू ख्रीष्टमार्फत संसारको उद्धार गर्नु हो । परमेश्वरले येशू ख्रीष्टद्वारा बोल्नुभएको छ र काम गर्नुभएको छ । उहाँले केही भन्नुभएको छ । उहाँले केही गर्नुभएको छ । यसको अर्थ ख्रीष्टियान विश्वास केवल धार्मिक कुरा मात्र होइन । यो न कुनै धार्मिक विचारहरूको संग्रह हो, न कुनै नियमहरूको सूची हो । यो एक ‘सुसमाचार’ हो । यो मुख्यत: हामीलाई केही गर्नको निम्ति दिइएको निमन्त्रणा होइन; यो त परमेश्वरले ख्रीष्टमा हामी जस्तो मानिसहरूको निम्ति के गर्नुभएको छ भन्ने घोषणा हो ।
जोन आर. डब्ल्यू. स्टट (१९२१-२०११) एक विश्वव्यापी प्रचारक, सुसमाचार प्रचारक र धर्मशास्त्र शिक्षकका रूपमा परिचित हुनुहुन्छ। लामो समयसम्म उहाँले लन्डनको अल सोल्स चर्चमा पास्टरको रूपमा सेवा गर्नुभएको थियो, जहाँ उहाँले शहरी क्षेत्रमा प्रभावकारी पास्टरी सेवाहरू प्रदान गर्नुभयो । बेलायत, संयुक्त राज्य अमेरिका र संसारभरिका इभान्जेलिकलहरूको बिचमा एक प्रभावशाली नेतृत्वका रूपमा, स्टट १९७४ को ऐतिहासिक लउसेन करारका प्रमुख संस्थापक हुनुहुन्थ्यो । उहाँका धेरै पुस्तकहरू, जस्तै Why I Am a Christian The Cross of Christ, संसारभरि लाखौँ प्रतिमा बिक्री भएका छन् र दर्जनौँ भाषामा अनुवाद गरिएका छन् ।
थप जानकारी
- लेखक: जोन स्टट
- Format: Paperback
- ISBN: 9789937-9813-7-8
- Page: 178
- भाषा:नेपाली
- प्रकाशन:गोस्पल पब्लिकेशन
Book Author | |
---|---|
Format | |
ISBN | 9789937-9813-7-8 |
Language | |
Pages | 178 |
Publisher |
Reviews
There are no reviews yet.