प्रार्थनाको शक्ति

हिब्रूको पुस्तक, ११ अध्यायमा पाइने विश्वासको उदाहरणले हामीलाई उत्साहित बनाउँछ । त्यस अध्यायमा बाइबलीय पुरुष र स्त्रीले विश्वासद्वारा गरेका वीरताको कार्यसूची पाउँछौँ । तिनीहरूको कार्यलाई पद ३३ र ३४ मा सङ्क्षिप्त रूपमा समेटिएको छ— “जसले विश्वासद्वारा राज्यहरू कब्जा गरे, न्याय स्थापना गरे, प्रतिज्ञाहरू हासिल गरे, सिंहका मुखहरू थुनिदिए, आगोका ज्वालाहरू निभाए, तलवारको धारबाट उम्के, कमजोरबाट बलिया भए, युद्धमा वीर भए विदेशीहरूका फौजलाई भगाए ।” पवित्र धर्मशास्त्रले हामीलाई सोहीअनुरूप प्रार्थनाका योद्धाहरूको बारेमा सूची प्रदान नगरे तापनि हिब्रू लेखकको ढाँचालाई प्रयोग गर्दै हामी प्रार्थनाका योद्धाहरूले पूरा गरेका कार्यसूची तयार पार्न सक्छौँ ।
– प्रार्थनाद्वारा याकूबप्रति एसावको हृदय परिवर्तन भयो । र यसरी वर्षौँपछिको तिनीहरूको भेट शत्रुभावबाट मित्रभावमा परिवर्तन भएको थियो (उत्पत्ति ३२)।
– मोशाको प्रार्थनाद्वारा परमेश्वरले मिश्रमा विपत्तिहरू पठाउनुभयो र उनकै प्रार्थनाद्वारा रोक्नुभयो (प्रस्थान ७–११)।
– प्रार्थनाद्वारा यहोशूले सूर्यलाई आकाश मण्डलको बीचमा अड्याए (यहोशू १०) ।
– तिर्खाएर मर्नै लाग्दा शिमशोनको प्रार्थनाद्वारा परमेश्वरले खाल्डो चिरेर पानी निकालिदिनुभयो जसलाई पिएर तिनी फेरि ताजा भए (न्यायकर्ता १५) ।
– प्रार्थनाद्वारा शिमशोनले पुनः ताकत पाए र पलिस्तीहरूका दागोनका मन्दिरलाई ढाले । उनले आफ्नो जीवनकालभरी मारेका पलिस्तीहरूभन्दा बढी आफ्नो मृत्युमा मारे (न्यायकर्ता १६) ।
– प्रार्थनाद्वारा एलियाले साढेतीन वर्षसम्म पानी पर्नबाट रोके र प्रार्थनाद्वारा नै फेरि पानी प¥यो (१ राजा १७–१८) ।
– हिजकिया राजाको प्रार्थनाद्वारा परमेश्वरले स्वर्गदुत पठाउनुभयो र एकै रातमा सनहेरीबका १,८५,००० सिपाहीहरूलाई मार्नुभयो (२ राजा १९) ।
– आसाको प्रार्थनाद्वारा परमेश्वरले यहूदालाई जेरहमाथि विजय तुल्याउनुभयो (२ इतिहास १४) ।
अरू पनि धेरै प्रार्थनाका योद्धाहरू छन् जसको विषयमा भनिरहन धेरै समय लाग्न सक्छ । जस्तैः अब्राहाम जसले प्रार्थनाद्वारा १०० वर्षको उमेरमा छोरा पाए । मोशा जसले लालसमुद्रलाई दुई भाग गरे, इस्राएलीहरू जसले निरन्तर प्रार्थना गरेर मिश्रबाट छुट्कारा पाए, दाउद राजा जो प्रार्थनाद्वारा शाऊलको षड्यन्त्रबाट उम्कन सफल भए, सोलोमोन राजा जसले प्रार्थनाद्वारा बुद्धि प्राप्त गरे र दानिएल जसले प्रार्थनाद्वारा सपनाको अर्थ खोलिदिए । मानिसहरू ठूला खतराहरूबाट बाँचे, रोगबाट चङ्गाइ पाए, आफ्ना प्रियजनहरू निको भएको देखे र अनगिन्ती आश्चर्यकर्महरूको प्रत्यक्षदर्शी भए र यी सबै व्यग्र प्रार्थनाको परिणाम थियो । याकूबले यस कुरालाई राम्ररी बुझेका थिए त्यसैकारण उनी लेख्छन्— धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ (याकूब ५ः१६) ।
प्रतिज्ञाका शर्तहरू
प्रार्थनाको शक्ति न स्वत : न त जादुमय नै हुन्छन् । प्रार्थनाको विषयलाई लिएर बाइबलको प्रतिज्ञाहरूमा शर्त जोडिएको छ । आफ्ना मानिसहरूलाई प्रार्थना गर्नका लागि उत्साह दिन कहिलेकाहीँ येशूले प्रार्थनाको विषयमा
छोटो भनाइहरूको प्रयोग गर्नुभएको हामी पाउँछौँ । उहाँले भन्नुभएका कुराहरू जस्तै, “माग त तिमीलाई दिइनेछ” (मत्ती ७ः७ ); “फेरी म तिमीहरूलाई भन्दछु, पृथ्वीमा तिमीहरूमध्ये दुईजना कुनै कुरामा सहमत भई केही माग्यौ भने त्यो स्वर्गमा मेरा पिताद्वारा तिमीहरूका निम्ति हुनेछ ।” (मत्ती १८ः१९); विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ” (मत्ती २१ः२२) ।
यस्ता भनाइहरूले प्रार्थनाको विषयमा अनौठो सिद्धान्तहरूको सृजना पनि गरेको छ । जब मानिसहरूले येशू र बाइबलले भनेका सम्पूर्ण कुराहरूलाई त्यस खण्डबाट छुटाउँछन् वा गलत अर्थ लगाउँछन् तब यस्तो हुनेगर्छ । यस्ता छोटा भनाइहरूलाई सरल तरिकामा अर्थ लगाउन खोज्दा त्यसले विकृति सिर्जना गर्न पनि सक्छ । हामी दुई व्यक्तिहरू सहमत हुने कुराको विषयमा विचार गर्न सक्छौँ । यस संसारको युद्ध वा प्राणघातक रोगहरूको अन्त्य होस् भनी सहमत हुने ख्रीष्टियानहरू भेटाउन हामीलाई गाह्रो पर्दैन तर यस विषयमा तिनीहरूले गरेका प्रार्थना भने तिनीहरूको इच्छाअनुसार स्वतः रूपमा पूरा हुँदैनन् । परमेश्वरको वचनले हामीलाई भन्छ कि ख्रीष्टको दोस्रो आगमनमा पनि युद्ध र रोगहरू हुनेछन् । तोकिएको समयपूर्व नै तिनीहरूको अन्त्य पूर्णरूपमा हुनुको अपेक्षा गर्नु
भनेको परमेश्वरको प्रतिज्ञालाई अपरिपक्व रूपमा ग्रहण गर्नु हो ।
हामीले अझै पनि पापको विनाश, रोग र मृत्युलाई भोग्नुपर्छ । यी कुराहरूबाट हामीलाई छुट्कारा दिनुहोस्, सान्त्वना दिनुहोस् र चङ्गाइ दिनुहोस् भनी हामी परमेश्वरमा बिन्ती गर्न सक्छौँ । तर यी कुराहरू पूर्णरूपमा अन्त्य होस् भनी भन्न सक्दैनौँ ।
परमेश्वरले “सधैँ चङ्गाइको चाह गर्नुहुन्छ” भन्ने विचार ख्रीष्टियान समुदायमा विनाशकारी विकृतिको रूपमा रहेको छ । यस विचारद्वारा पास्टरहरूले धेरै समस्याहरू निम्त्याएका छन् । एक समयमा पक्षाघात भएका जवान मानिस मलाई भेट्न आए । उसको ख्रीष्टियान विश्वास दह्रो थियो, मनोवृत्ति शालीन र प्रभावकारी थियो र उसका कार्यहरू असाधारण
थियो । उसले उच्च श्रेणीमा स्नातक गरेका थिए । उनले मसँग एउटा मार्मिक प्रश्न गरे— “डा. स्प्रौल, के तपाईंलाई मलाई भूत लागेको छ जस्तो लाग्छ ?
“यस प्रश्नसँगै उनका आँखा रसाइरहेका थिए । यस प्रश्नप्रति दुःखी हुँदै मैले जवाफ दिए, “तिमी किन यस्तो प्रश्न गरिरहेका छौ ?”
त्यस जवान मानिसले ख्रीष्टियान साथीहरूलाई भेटेपछिको विभिन्न घटनाहरूको विषयमा मलाई बताउन थाले जसले पवित्र धर्मशास्त्रको प्रतिज्ञा अनुसार ती जवान मानिस पक्षघातबाट निको हुनेछन्भ नेर दावी गरेका थिए । तिनीहरूले ती जवान मानिसको शिरमा हात राखी विश्वासको प्रार्थना गर्दै तिनको चङ्गाइको घोषणा गरेका थिए ।
तर ऊ निको नभएको स्पष्ट रूपमा देख्न सकिन्थ्यो । त्यसैकारण सुरुमा, तिनीहरूले उसलाई विश्वासको कमीको कारण देखाउँदै गाली गरे । त्यसपछि, ऊ कुनै भयानक गुप्त पापको दोषी छ जसको कारण उसको चङ्गाइ भईरहेको छैन भनी दावी गरे । र, अन्तत तिनीहरूले उसलाई भूत लागेको छ भनेर निष्कर्ष निकाले र उसलाई त्यागी दिए । उसका साथीहरूले गल्ति उनीहरू आफैमा छ भनी कहिल्यै विचार गरेनन् । जोसिलो र आत्माले भरिपूर्ण ख्रीष्टियानको रूपमा तिनीहरूले आफैलाई देखाउँथ्यो तर तिनीहरूको कार्य भने अपरिपक्व, घमण्डी र अहङ्कारी थियो ।
प्रार्थना जादु हैन । हाम्रा मागअनुसार, हाम्रा हरेक इच्छालाई पूरा गर्न तत्पर रहनका लागि परमेश्वर कुनै ईश्वरीय कर्मचारी होइन । केही अवस्थाहरूमा हाम्रा प्रार्थनाले हाम्रा प्राणको परीक्षा र हृदयको पीडालाई पनि समेट्नुपर्छ जसरी येशू आफैले पनि गेतसमनिको बगैँचामा अनुभव गर्नुभयो । परमेश्वरले आफ्ना प्रतिज्ञा पूरा गर्नबाट चुकेका कारण नभई कहिलेकाहीँ एक असल भाव बोकेका ख्रीष्टियानले परमेश्वरबाट स्वीकृत नभएका कुरामा आफैले प्रतिज्ञा गरिदिँदा अपरिपक्व ख्रीष्टियान तितो निराशामा पर्दछ ।
येशूले दिनुभएको साधारण सारांशले हामीलाई प्रार्थना गर्न उत्साह दिन्छ । प्रार्थनाको ढाँचा साधारण छ । हामीले माग्नुपर्छ र उहाँले दिनुहुनेछ । तथापि नयाँ करारले यसका सर्तहरूको विषयमा विस्तृत रूपमा प्रभावकारी प्रार्थनाले समेट्ने विषयको सम्पूर्ण दृश्य हामीलाई देखाउँछ ।
१. यूहन्ना ९ः३१— हामी जान्दछौँ कि परमेश्वर पापीहरूका कुरा सुन्नुहुन्न, तर परमेश्वरको भय मान्ने र उहाँको इच्छा पालन गर्ने व्यक्तिको कुरा परमेश्वरले सुन्नुहुन्छ ।
२. यूहन्ना १४ः१३— तिमीहरूले मेरो नाउँमा जेसुकै मागे तापनि पुत्रमा पिताको महिमा होस् भनेर म त्यो गर्नेछु ।
३. यूहन्ना १५ः७— तिमीहरू ममा रह्यौ भने, र मेरा कुरा तिमीहरूमा रहे भने, तिमीहरूलाई जे इच्छा लाग्छ माग, र त्यो तिमीहरूका निम्ति गरिनेछ ।
४. १ यूहन्ना ३ः२२— हामी जे माग्छौँ, सो उहाँबाट पाउँछौ, किनभने हामी उहाँका आज्ञा पालन गर्छौँ, र उहाँलाई मन पर्ने कामहरू गर्छौँ ।
५. १ यूहन्ना ५ः१४— परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छा बमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ ।
यस हरफले हामीलाई प्रकट गरिदिएझैँ, हामीले प्रार्थनामा मागेका कुराहरू ग्रहण गर्ने कुरामा हामीले माग्ने कुराभन्दा बढी ध्यान दिनुपर्छ । परमेश्वरमा विश्वास गर्नु मात्र पर्याप्त छैन । परमेश्वरको निम्ति र उहाँको इच्छाप्रति उचित आदर पनि हामीमा हुनुपर्छ । हाम्रा बिन्तीहरू परमेश्वरको प्रकट गरिएको इच्छा, स्वभाव र चरित्रअनुसार हुनुपर्छ ।
बाइबलले हामीलाई “येशूको नाउँमा” प्रार्थना गर्न निर्देशन दिन्छ । येशूको नाउँमा प्रार्थना गर्नु भनेको तान्त्रिकविधि प्रयोग गरेजस्तो हैन यसको महत्व धेरै गहिरो छ । जुन संस्कृतिमा बाइबल लेखिएको थियो त्यस संस्कृतिमा एक व्यक्तिको नाउँले उसको विशेषताहरू र चरित्रलाई दर्साउँथ्यो । प्रार्थनाको अन्त्यमा वाक्यांशलाई थप्नको निम्ति “येशूको नाउँमा” भनेर प्रार्थना गरिएको हैन तर यस कुराले त हाम्रो प्रार्थना हाम्रा मध्यस्थकर्ता, हाम्रा महान्पू जाहारीकहाँ लगिन्छ भन्ने कुरामा हामी विश्वास गर्छौँ भन्ने कुरालाई दर्साउँछ ।
हामीले प्रार्थना गर्नुअघि केही पूर्वशर्तहरूको पालना गर्नुपर्छ भनी हामीले देखेका छाँै । परमेश्वरमा केही माग्छौ भने हामीले उहाँमा विश्वास गर्नुपर्छ । यो जानेर कि हाम्रो बिन्तीहरू पिताको इच्छाअनुसार र ख्रीष्टको स्वभाव र उद्देश्य अनुसार छ । हामी परमेश्वरले प्रकट गर्नुभएको वचनप्रति आज्ञाकारी भईरहेका छौँ र आदर गछौँ भन्ने कुराको निश्चयता हामीमा हुनुपर्छ । ख्रीष्टसँगको बातचितलाई हामीले निरन्तर कायम राख्नुपर्छ । जब यी सबै पूर्वशर्तहरू पूरा हुन्छन् तब हाम्रा प्रार्थनाको उत्तर हामीले पाउनेछौँ भनी हामी निर्धक्क हुनसक्छौँ। हामीले सबैभन्दा बढी ध्यान दिनुपर्ने कुरा यही हो कि यदि हामीले यी शर्तहरू पूरा गर्यौँ भने परमेश्वरको इच्छाभन्दा बाहिर रहेर हामीले केही पनि माग्दैनौँ ।
हाम्रो प्रार्थनाको उत्तर सधैँ हामीले इच्छा गरेअनुसार नपाउनुको अर्को कारण याकूब ४ः३ ले बताउँछ । हामीले मागेका सबै कुरा पाउँदैनौँ किनकि हामी आफ्ना अभिलाषा पूरा गर्न बेठिकसँग माग्छौँ । हामीले गलत रूपमा प्रयोग गर्ने कुराहरू परमेश्वरले हामीलाई दिनुहुन्न, न त हामीले हाम्रो अज्ञानतामा मागेको कुराहरू जसले विनाशलाई
निम्त्याउँछ ।
मोशा यस विषयका प्रमुख उदाहरण हुन् । प्रस्थान ३३ः१८ मा, उनले “मलाई तपाईंको महिमा देखाउनुहोस्” भनी प्रार्थना गरे । मोशाले स्वयम् परमेश्वरसँग कुरा गरेका थिए । परमेश्वरले गर्नुभएका अनगिन्ती आश्चर्यका कार्यहरूलाई मोशाले प्रत्यक्ष देखेका थिए जस्तैः जलिरहेको पोथ्रा, लाल समुन्द्र दुईभाग भएका । तर, अब मोशाले ठूलो कुराको चाह गरे ।
उनी भन्छन् कि, “परमेश्वर ती सबै कुराहरू महान् थिए तर अब मलाई यी सबैभन्दा महान् कुरा देखाउनुहोस् । मलाई तपाईंको मुहार देखाउनुहोस् ।”
पद १९ र २० मा परमेश्वर भन्नुहुन्छ— “म तेरै सामुन्ने मेरो सारा श्रेष्ठता देखाउनेछु, र तेरै सामुन्ने ‘परमप्रभु’ नाउँको घोषणा गर्नेछु । जसलाई म अनुग्रह गर्न चाहन्छु त्यसलाई म अनुग्रह देखाउनेछु, जसलाई म कृपा देखाउन चाहन्छु त्यसलाई म कृपा देखाउनेछु, तर तैँले मेरो अनुहार हेर्न सक्दैनस् किनकि मेरो अनुहार हेरेर मानिस जीवितै रहन सक्दैन ।”
मोशाको आग्रहलाई इन्कार गरेर परमेश्वरले मोशाप्रति ठूलो कृपा गर्दै हुनुहुन्थ्यो । यदि उहाँले मोशाको आग्रहलाई स्वीकार गर्नुभएको भए मोशाको मृत्युहुनेथियो, किनकि परमेश्वरको मुहारलाई देखेर कोही मानिस जीवित रहन सक्दैन । परमेश्वरले उनको निवेदनलाई इन्कार गर्नुभएको कारण मोशा खुसी हुनुपर्ने थियो । हामीले गरेको प्रार्थनाको उत्तर हामीले नपाउनुको अर्को कारण भनेको हामी ती कुराहरूको निम्ति प्रार्थना गरिरहेका हुन सक्छौँ जुन ख्रीष्टमा हामीसँग पहिल्यै छ । यूहन्ना ४ अध्यायमा येशूले सामरी स्त्रीलाई भन्नुभएको थियो कि, यदि त्यस स्त्रीले तिनी कोसँग कुरा गरिरहेकी छिन् भनेर जानेकी भए उसले के माग्नु पर्ने हो सो उसले जान्ने थिइन् । यदि परमेश्वर को हुनुहुन्छ भनेर हामीले साँच्चै जानेको भए र ख्रीष्टमा उहाँले हामीलाई के दिनुभएको छ सो हामीले बुझेको भए हाम्रो प्रार्थनाको जीवन
अहिले भइरहेको भन्दा धेरै फरक हुनेथियो ।
मध्यस्थकर्ताको शक्ति
प्रार्थना भनेको परमेश्वरको अघि बिन्तीलाई लाने पूजाहारीगिरीको कार्य हो । पुरानो करारमा मुख्य रूपमा दुई वर्गका मध्यस्थकर्ताले परमेश्वर र मानिसहरूका बीच, मध्यस्थताको काम गर्ने गर्थे । पहिलो, अगमवक्ता र दोस्रो, पूजाहारी । साधारण रूपमा भन्नुपर्दा, अगमवक्ताहरू परमेश्वरबाट मानिसहरूमाझ,उहाँको ईश्वरीय वचन बोल्नको निम्ति नियुक्त गरिएका थिए । अगमवक्ताहरूले परमेश्वरको पक्षबाट बोल्थे र ठिक त्यसको विपरित पूजाहारीहरू मानिसहरूको पक्षमा बोल्नको निम्ति परमेश्वरबाट नियुक्त गरिएका हुन्थे । पूजाहारीहरूले मानिसहरूको पक्षबाट परमेश्वरसँग बोल्थे ।
नयाँ करारमा ख्रीष्टले अगमवक्ता र पूजाहारीको मात्र नभएर राजकीय ओहदाको पनि अभ्यास गर्नुभयो । पूजाहारीको भूमिकामा उहाँले सधैँको लागि पश्चातापको सिद्ध बलिदान चढाइ, बलिदानलाई सिद्ध गर्नुभयो । तैपनि क्रूस ख्रीष्टको पूजाहारीगिरीको कार्यभारको अन्त्य भने थिएन । उहाँको स्वर्गारोहणमा उहाँ स्वर्गीय पवित्रस्थानहरूको महापवित्र
स्थानभित्र प्रवेश गर्नुभयो, जहाँ उहाँले हाम्रो महान् पूजाहारीको रूपमा काम गर्नुहुन्छ र आफ्ना मानिसहरूको निम्ति परमेश्वर पितासँग मध्यस्थ गर्दै प्रार्थना गर्नुहुन्छ । ख्रीष्टको प्रार्थनाको शक्ति अतुलनीय छ । यस कुरालाई हामी उहाँले यस संसारमा गर्नुभएको आश्चर्यपूर्ण कार्यबाट मात्र नभएर उहाँको सेवकाइको अवधिमा उहाँले गर्नुभएको मध्यस्थताको प्रार्थनाबाट पनि स्पष्ट पार्न सक्छौँ ।
यहूदा र पत्रुसको अवस्थालाई विचार गर्नुहोस् । येशू अन्धकारमय घाँटी भएर गइरहनुभएको अवस्थामा यी दुवैले उहाँमाथि विश्वासघात गरेका थिए । यसैकारण यी दुईमध्ये एक यहूदाले आत्महत्या गरे र पत्रुसको विश्वास पुनस्र्थापित गरियो । र पत्रुस पहिलो शताब्दीको यरूशलेम चर्चको चट्टान बने । यी दुवैको पाप एउटै थियो तर परिणाम
किने यति फरक छ ?
तिनीहरूले गर्नै लागेका विश्वासघातको विषयमा येशूले गर्नुभएको घोषणामा हामी एउटा महत्वपूर्ण भिन्नतालाई देख्न सक्छौँ । यहूदाको विषयमा येशूले यसो भन्नुभएको थियो, “साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूमध्ये एकजनाले मलाई धोका दिनेछ” (यूहन्ना १३ः२१) । जब चेलाहरूले त्यस विश्वासघाती को हो चिनाइदिनुहोस् भनी येशूलाई
भने तब उहाँले यसरी जवाफ दिनुभयो, “जसलाई म रोटीको टुक्रा छोपेर दिन्छु, त्यो त्यही हो” (पद २६) । तब येशूले रोटीको टुक्रा चोपेर यहूदालाई दिनुभयो र भन्नुभयो, “तिमीलाई जे गर्नु छ सो चाँडै गरिहाल” (पद २७) ।
त्यही बेलुकी उहाँको महान् मध्यस्थताको प्रार्थनामा उहाँले भन्नुभयो, “जबसम्म म तिनीहरूसँग थिए तपाईंले मलाई दिनुभएको तपाईंको नाउँमा तिनीहरूलाई सुरक्षित राखे, तिनीहरूको रक्षा गरे । अनि तिनीहरूमध्ये विनाशको छोरा बाहेक अरू कोही नष्ट भएन, किनकि
धर्मशास्त्र पूरा हुन आवश्यक थियो” (यूहन्ना १७ः१२) । यहाँ येशूले यहूदाको लागि नभएर यहूदाको विषयमा प्रार्थना गर्नुभएको थियो र त्यसलाई “विनाशको सन्तान” भनी बोलाउनुभएको थियो । पत्रुसको इन्कारको विषयमा येशूले पत्रुसलाई यसो भन्नुभयो— “सिमोन, सिमोन, हेर शैतानले तिमीलाई गहुँजस्तै निफन्ने अनुमति मागेको छ, तर मैले तिम्रो विश्वास नडगमगाओस् भनेर तिम्रो निम्ति प्रार्थना गरे, र फेरि तिमी मतर्फ फर्केपछि तिम्रा भाइहरूलाई स्थिर गराऊ” (लुका २२ः३१–३२) । ध्यान दिनुहोला येशूले यो भन्नुभएन कि, “यदि तिमी म तिर फेरि फर्कियौ भने तिम्रा भाइहरूलाई स्थिर गराऊ ।” तर “जब तिमी फर्कन्छौ ।” पत्रुसको विश्वास पुनस्र्थापित हुन्छ भनेर येशू निर्धक्क हुनुहुन्थ्यो र येशू यसरी निर्धक्क हुनुको कारण उहाँले भन्नुभएको कुरा “तर मैले तिम्रो निम्ति प्रार्थना गरेको छु” हो भनेर हामी
निष्कर्ष निकाल्न सक्छौँ।
येशूले यहूदाको “बारेमा” प्रार्थना गर्नुभयो । उहाँले सिमोन पत्रुसको “निम्ति” पनि प्रार्थना गर्नुभएको थियो । उहाँले पत्रुसको निम्ति मध्यस्थता गर्नुभयो र पत्रुसको पूजाहारीको रूपमा काम गर्नुभयो । र अहिले यस समयमा उहाँ हाम्रो निम्ति मध्यस्थता गर्दै प्रधान पूजाहारीको रूपमा काम गरिरहनुभएको छ । यस विषयमा हिब्रूका लेखकले हिब्रू ४ः१४–१६ मा उत्साहपूर्ण निष्कर्ष निकालेका छन्ः
“आकाश छिचोलेर जानुभएका परमेश्वरका पुत्र येशू हाम्रा
महान् प्रधान पूजाहारी हुनुभएको हुनाले हामीले पक्कासँग
स्वीकार गरेको यो विश्वास थामि राखौँ । किनकि हाम्रा
प्रधान पूजाहारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति
देखाउन नसक्ने हुनुहुन्न । तर हामी जस्तै उहाँ सबै कुरामा
परीक्षित हुनुभयो, र पनि पाप रहित हुनुहुन्थ्यो । यसकारण
साहससँग अनुग्रहको सिंहासन नजिक जाऔँ, र खाँचोको
समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न
सकौंँ ।”
जसरी यी शब्दहरूले हामीलाई सहासी रूपमा स्थिर गराउँछन्हा म्रो प्राणको निम्ति यी वचनहरू जीवन बनेको होस् ।
प्रार्थनाको शक्तिलाई जान्नु प्रार्थनालाई ढाँचा वा नमुनाको आवश्यकता पर्दछ । तर यसको अर्थ हामीले स्वतः रूपमा आउने हाम्रा प्रार्थनालाई रोक्नुपर्छ भन्ने होइन । मैले यहाँ हाम्रो आत्मिक यात्रामा हामीले सामना गर्नुपर्ने ती खाडलहरूबाट बच्नको निम्ति निर्देशिका दिने प्रयास गरेको छु । कुनै पनि सङ्गीत समूहका निर्देशकले आफ्ना सदस्यलाई आफ्नो इच्छाअनुसारको सङ्गीत बजाउन लगाएर मिठो सङ्गीत सिर्जनाको अपेक्षा गर्दैन । असल सङ्गीत सिर्जनाका लागि तरिकाहरू र प्रक्रियाहरू ठिक तरिकामा प्रयोग गरिनुपर्छ । यी हुँदाहुँदै पनि एक सङ्गीत बाधकलाई नियम र तरिकाभित्र रही आफ्नो सिर्जनाहरूलाई त्यस सङ्गीतमा समेट्ने अधिकार भने हुन्छ ।
हामी किन प्रार्थना गर्छौँ ?
– हामी प्रार्थना गर्छौँ किनकि परमेश्वरले हामीलाई प्रार्थना गर्न आज्ञा दिनुभएको छ । र, जब हामी प्रार्थना गर्छाँै उहाँ महिमित बन्नुहुन्छ ।
– हामी प्रार्थना गर्छौँ किनकि यसले हाम्रो हृदयलाई हामीले उहाँबाट पाउने कुराको निम्ति तयार पार्छ ।
– हामी प्रार्थना गर्छौँ किनकि प्रार्थनाद्वारा धेरै काम पूरा गर्न सकिन्छ ।
– हामी परमेश्वरलाई आदर गर्न, प्रशंसा दिन, उहाँको महिमा, सार्वभौमिकता र उहाँको शक्तिशाली कार्यप्रति आश्चर्य प्रकट गर्न प्रार्थना गर्छौँ ।
– हाम्रो असङ्ख्या पापहरू स्वीकार गर्न र उहाँको हातको अनुग्रह, कृपा र क्षमाको अनुभव गर्न हामी प्रार्थना गर्छौँ ।
– परमेश्वर जो हुनहुन्छ त्यसको लागि र उहाँले गर्नुभएका सबै कार्यहरूको निम्ति धन्यवाद चढाउन हामी प्रार्थना गर्छौँ ।
– हाम्रा बिन्ती उहाँको सामु जाहेर गर्न र उहाँले गर्नुभएका आह्वानमा सामेल हुनको निम्ति हामी प्रार्थना गर्छौँ ।
जब हामी प्रार्थना गर्छौँ तब परमेश्वर को हुनुहुन्छ र उहाँको अघि हामी को हौँ भन्ने कुरा याद गर्नुपर्छ । सबैभन्दा पहिले, परमेश्वरको नाउँ हामीले पवित्र राख्नुपर्छ । सबै प्रावधानहरूको स्रोत उहाँनै हुनुहुन्छ र सबै असल कुराहरू उहाँबाट नै आउँछ । यस संसारमा परमेश्वरको राज्यलाई प्रकट गर्ने हेतुका साथ हामी जिउनुपर्छ । हामीले निरन्तर रूपमा
हाम्रो पाप स्वीकार गर्नुपर्छ किनकि ख्रीष्टियान हुनुको वास्तविक चिन्ह यही हो । साथै, दुष्टबाटको सुरक्षाको निम्ति पनि हामीले परमेश्वरसँग प्रार्थना गर्नुपर्छ ।
परमेश्वर, परमेश्वर हुनुहुन्छ र उहाँ कोही मानिसप्रति ऋणी हुनुहुन्न भन्ने कुरालाई हामीले सधैँ याद गर्नुपर्छ । जसरी भजन लेखकले भनेका छन्, “उहाँले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ” (भजनसंग्रह ११५ः३) ।
हामी परमेश्वरको अघि साहसका साथ आउनुपर्छ तर अटेर गरेर, घमण्डका साथ र अहङ्कारी भएर कहिल्यै आउनुहुँदैन । उपदेशक ५ः२ ले हामीलाई याद दिलाउँछ कि, “परमेश्वरको अघि केही बोल्न तिमी आतुरी नगर । परमेश्वर स्वर्गमा हुनुहुन्छ र तिमी संसारमा छौ ।”
अन्त्यमा, प्रार्थना कसरी गर्ने भनेर जान्नको लागि केही रहस्यका कुराहरू छन् भने त्यो अन्य कुराको लागि गरिने प्रयासभन्दा फरक छैन । केही कुरालाई पूरा गर्नका लागि हामीले अभ्यास गर्नुपर्छ । यदि हामी प्रार्थना कसरी गर्ने भनेर सिक्न चाहन्छौँ भने, हामीले निरन्तर रूपमा प्रार्थना गर्ने अभ्यास गर्नुपर्छ ।
-आर.सी. स्प्रौल