जीवनको लक्ष्य

जीवनको लक्ष्यः आनन्दित भएर अरूहरूलाई परमेश्वरमा आनन्दित बनाउनु
यदि तपाई क्षमा दिन नसक्ने स्वभावको व्यक्ति हुनुहुन्छ भने, परमेश्वरमा अरूहरूलाई आनन्दित तुल्याउन तपाईंले आफ्नो जीवन जोखिममा पार्न सक्नुहुन्न । यदि तपाई अरू मानिसहरूको गल्ती, असफलता र उनीहरू अपमान भएको हेर्न चाहनुहुन्छ, र उनीहरूसँग अनुचित रूपमा व्यवहार गर्नुहुन्छ भने, तपाईले उनीहरूको आनन्दको लागि जोखिम उठाउन सक्नुहुन्न । यस्तो प्रवृत्ति सबै मानवजातिमा व्यापक रूपमा छ, र हामीले यसलाई त्याग्नुपर्छ। यदि हामी मानिसहरूलाई घृणा गछौँ, उनीहरू विरूद्ध मनमा तिक्तता राख्छौं, वा उनीहरूको गल्ती र कमजोरीहरूद्वारा निरुत्साहित हुन्छौं भने, हामी उनीहरूलाई परमेश्वरमा आनन्दित बनाउन खुसीसाथ जोखिम उठाउन सक्दैनौं । तसर्थ, हामी क्षमा दिने मानिसहरू हुनुपर्छ ।
अहिलेको लागि अप्ठ्यारो परिस्थितिको बारेमा कुरा नगरौं। म हाम्रो आत्माको बारेमा कुरा गर्दैछु, नकि यो वा त्यो गर्ने कुनै मापदण्डको सूचीको बारेमा। मैले त्यस्तो कमजोर अनुग्रहको बारेमा पनि कुरा गरिरहेको होइन, जसले हप्काउन, अनुशासन गर्न सक्दैन। अब प्रश्नचाहिँ यो छ, कि के हामी कृपा देखाउँछौं ? के हामी स्वतः अनुग्रही बन्छौं ? के हामीमा क्षमाशील आत्मा छ ? यदि हामी यी कुराबिना जिउछौं भने, वास्तवमा हामी खाँचोमा परेका मानिसहरूबाट टाढा भाग्नेछौं र हाम्रो जीवनलाई खेर फाल्नेछौं ।
क्षमादान असल छ, किनकि यसले हामीलाई परमेश्वर दिलाउँछ
क्षमाशील व्यक्ति हुनु पछाडिको बाइबलीय अभिप्राय भनेको केवल क्षमा पाउने कुराभन्दा गहिरो छ । यसो भन्नु सत्य होः हामी क्षमाशील व्यक्ति हुनुपर्छ, किनकि हामी परमेश्वरद्वारा क्षमा गरिएका छौं. जब कि हामी यसको योग्य नै थिएनौं । ‘जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ’ (एफिसी ४:३२) । तर यस अभिप्रायको आधार भनेको परमेश्वरको क्षमादान नभएर परमेश्वरको क्षमादानले दिने कुरा हो। परमेश्वरको क्षमादानले हामीलाई परमेश्वर दिलाउँछ ।
परमेश्वरबाट क्षमा पाएको कुरालाई हामी किन महत्त्व दिन्छौं ? यस प्रश्नको धेरै उत्तरहरू त्यस्ता हुन सक्छन्, जसले उहाँलाई अनादर गर्छ, किनकि परमेश्वरलाई प्रेम नगरीकन पनि एक व्यक्तिले क्षमादानबाट पाउने लाभलाई चाहिँ प्रेम गर्नसक्छ । हामी यसो भन्न सक्छौं, ‘परमेश्वरबाट क्षमा पाएको कुरा मलाई यसकारण महत्त्वपूर्ण लाग्छ, किनकि म दोषी विवेकको पीडालाई घृणा गर्छु । वा … किनकि नरकमा हुने पीडाको दृष्टिकोणलाई म घृणा गर्छु। वा… किनकि मेरा प्यारा व्यक्तिहरूलाई भेट्नको लागि म स्वर्गमा जान चाहन्छु र रोगै नलाग्ने नयाँ शरीर पाउन चाहन्छु। क्षमादान मन पराउने यी कारणहरूमा परमेश्वर कहाँ हुनुहुन्छ ? साँच्चै भन्नुपर्दा, यी सबै कारणहरूमा जीवनको साँचो धनको रूपमा उहाँ हुनुहुन्छ । अनि हामी क्षमादान पाउने यी कारणहरूमा हर्षित हुन्छौं ।
क्षमादान भनेको परमेश्वरसँगको हाम्रो सङ्गतिको अवरोधलाई हटाउने उहाँको तरिका हो । उहाँको आफ्नै पुत्रको मृत्युले पापको दाम तिरेर र हाम्रो पापलाई रद्द गरेर परमेश्वरले हाम्रो लागि उहाँलाई भेट्ने, उहाँलाई जान्ने र सदासर्वदा उहाँमा आनन्दित हुने बाटो खोलिदिनुहुन्छ । क्षमादानको उद्देश्य भनेको उहाँलाई देख्नु र उहाँलाई चाख्नु हो। क्रूसको उद्देश्य भनेको हाम्रो पितासँगको आत्मालाई सन्तुष्ट पार्ने सङ्गति हो। यदि यो बाहेक हामी अरू कुनै कारणहरूको निम्ति क्षमा गरिन चाहन्छौं भने, हामीले क्षमा पाएका हुँदैनौं, र हामीले आफ्नो जीवन खेर फाल्नेछौं ।
त्यसोभए, क्षमाशील व्यक्ति हुनुको मुख्य अभिप्राय के हो ? ‘एक अर्कालाई क्षमा गर, जसरी परमेश्वरले यदि त्यस्तो हो भने, यी हर्षहरू साँच्चै परमेश्वरलाई प्रेम गर्ने तरिकाहरू हुन् । स्वतन्त्र र स्वच्छ विवेकले हामीलाई परमेश्वरलाई अझ धेरै अनुभव गर्न र उहाँमा आनन्दित हुनलाई सक्षम बनाउँछ । ख्रीष्टको रगतको मोलले हामीलाई नरकबाट छुट्याएको कुराले कृपापूर्ण पवित्रताप्रतिको परमेश्वरको समर्पणता र हाम्रो खुसीप्रतिको उहाँको चाहनालाई देखाउँछ । मरेपछि आफूले माया गरेको व्यक्तिहरूलाई भेट्ने इच्छाले प्रेमको सम्बन्धहरू सृजना गर्नुमा परमेश्वरको आश्चर्यतालाई देखाउँछ। नयाँ शरीर पाउने कुराले महिमित ख्रीष्टसँगको हाम्रो पहिचानलाई बलियो बनाउँछ। तर, यदि परमेश्वर आफै नै यी वरदानहरूमा हुनुहुन्न भने, हामीले क्षमादानको साँचो अर्थ बुझेका छैनौं। आज आफैलाई ख्रीष्टियान हुँ भनी दाबी गर्नेहरूको अवस्था यही नै छ ।
मा तिमीहरूलाई क्षमा गर्नुभयो । ‘जसरी परमेश्वरले… क्षमा गर्नुभयो, त्यसरी नै हामीले पनि क्षमा गर्नुपर्छ। परमेश्वरले हामीलाई यस्तो तरिकाले क्षमा गर्नुभयो, कि उहाँको क्षमादानले उहाँसँगको सङ्गतिमा पाइने असीम आनन्द हाम्रो बनाउँछ । क्षमादानको अन्तिम उद्देश्य नै परमेश्वर हुनुहुन्छ । उहाँ क्षमादानको आधार र माध्यम पनि हुनुहुन्छ । क्षमादान उहाँबाट आउँछ, यो उहाँको पुत्रद्वारा पूरा भयो; र यसले मानिसहरूलाई आफ्ना पापहरू गहिरो समुद्रमा फालेर उहाँतिर फर्कन अगुवाइ गर्छ। तसर्थ, क्षमाशील व्यक्ति हुनुको अभिप्राय भनेको स्वतन्त्र र हर्षित भएर परमेश्वरसँग उहाँको घरमा आनन्दित हुनु हो । परमेश्वरले आफ्नै ठुलो मूल्यमा हामीलाई हाम्रो सबैभन्दा ठुलो खाँचो दिनुभएको छः उहाँले हाम्रो आनन्दको निम्ति आफैलाई दिनुभएको छ । परमेश्वरको क्षमादान एउटा कारणको निम्ति महत्त्वपूर्ण छः कि यसले हामीलाई परमेश्वर दिलाउँछ।।
क्षमादाताले के दिन चाहन्छ
क्षमाशील मानिस हुनु पछाडिको उत्प्रेरणा भनेको क्षमा दिने परमेश्वरमा भएको हाम्रो आनन्द हो। क्षमा दिने कुरा क्षमा पाउने बारेमा मात्र होइन, तर क्षमाद्वारा परमेश्वरमा प्रदान गरिएको आनन्दको बारेमा हो। यदि हामी यो बुझ्दैनौं र अनुभव गर्दैनौं भने, हामीले परमेश्वर केन्द्रित अभिप्रायलाई दयाको कार्यमा परिणत गर्नेछौँ, जसले सबैभन्दा महान् भलाइ के हो; अर्थात्, परमेश्वरमा नै पूर्ण सन्तुष्टि र आनन्द छ भन्ने थाहा नगरी मानिसहरूको भलाइ गर्ने काम गर्दछ । तर, यदि हामीले क्षमालाई परमेश्वरमा सित्तैको र पाउनयोग्य नभएर पनि हामीलाई दिइएको आनन्दको उपहार हो भनी अनुभव गर्छौँ भने, यस पाप र कष्टको संसारमा पनि हामी प्रेममा आनन्दित हुन्छौं। हाम्रो उद्देश्य यही हो, कि अरूहरूले पनि येशू ख्रीष्टद्वारा क्षमा पाउन सकून् र परमेश्वरमा अनन्त आनन्द भेट्टाउन सकून् ।
परमेश्वरसँगको हाम्रो आनन्दले हामीलाई स्वतः मानिसहरूप्रति कृपालु बनाउँछ, किनकि कृपालु परमेश्वरसँग आनन्दित हुने कुराले हामीलाई कृपालु हुन बाध्य बनाउँछ । जुन कुरामा तपाई परमेश्वरसँग आनन्दित हुनुहुन्छ, त्यसमा आनन्दित हुने कुरालाई तपाई घृणा गर्न सक्नुहुन्न। जुन परमेश्वरले आफ्नै एकलौटे पुत्रलाई बाँकी राख्नुभएन, तर अयोग्य पापीहरूको निम्ति आफैलाई दिनुभयो, त्यस परमेश्वरसँगको आनन्दले दुष्टको बदला दुष्ट नै फर्काउन सक्दैन। त्यो आनन्द कृपालु हुन मन पराउँछ (मीका ६:८) । क्रोध गर्नमा ढिलो परमेश्वरसँग भएको आनन्द अधैर्यतासँग सहअस्तित्वमा रहन सक्दैन । यसले परमेश्वरको नजरमा प्रशंसायोग्य कुराको विजयको लागि लड्नेछ । जुन परमेश्वरले ‘हामीप्रति उहाँको दयामा आफ्नो अनुग्रहको असीम सम्पत्ति आउँदा युगहरूमा देखाउनलाई’ (एफिसी २:७) अनन्तता खर्च गर्नुहुन्छ, उहाँसँगको आनन्द उदार हुन र दिने बाटोहरू खोज्नमा हर्षित हुन्छ ।
उनीहरू खीष्टियान होइनन्, किनकि उनीहरू दिन चाहँदैनन्
स्कटिश पास्टर रोबर्ट मरी मकशेनको मृत्यु सन् १८४३ मा उनन्तीस वर्षको उमेरमा भयो। उनले कृपा र उदारता एक साँचो ख्रीष्टियानको प्रमाण हो भन्ने विषयमा प्रचार गरे। उनले आफ्नो चर्चका गरिब मानिसहरूलाई प्रेम गर्थे, र गरिबहरूप्रति दया नदेखाउने मानिसहरूलाई लिएर चिन्तित हुन्थे ।
हो, म गरिबहरूको निम्ति चिन्तित छु, तर म अझ धेरै तपाईंहरूको निम्ति चिन्तित छु । मलाई थाहा छैन, त्यो महान् दिनमा ख्रीष्टले तपाईंहरूलाई के भन्नुहुनेछ…… मलाई डर लाग्छ, कि मलाई सुन्नेहरू धेरैले त्यो दिनमा यो थाहा गर्नेछन्, कि उनीहरू ख्रीष्टियान होइनन्, किनकि उनीहरू दिने मन गर्दैनन् । उदार चित्तले गनगन नगरी प्रशस्त मात्रामा दिनलाई नयाँ हृदय चाहिन्छ; पुरानो हृदय पैसाभन्दा बरू आफ्नो जीवन दिन तयार हुन्छ । हे मेरा मित्रहरू । आफ्नो पैसाको आनन्द लिनुहोस्; सकभर धेरै उपभोग गर्नुहोस्, कसैलाई पनि नदिनुहोस्; यसको मज्जा लिइ हाल्नुहोस्, किनकि म तपाईंलाई यो भन्न सक्छु, कि तपाई अनन्तताभरि भिखारी हुनुहुनेछ ।
सुल्झिसकेको त्यो दुबिधा
आनन्दपूर्ण ख्रीष्टियान दियाइको विशेषता र लक्ष्य के हो ? यही, कि अरूहरूलाई अनन्त र सदा बढ्दै जाने आनन्द दिने प्रयास गर्नु, जुन प्रयास आवश्यकता अनुसार सिर्जनशीलता र बलिदानसहितको हुँदछ । र यो आनन्द परमेश्वरमा हुने आनन्द हो। यदि परमेश्वर सबैभन्दा बढी महिमित हामी उहाँमा सन्तुष्ट भएको बेलामा हुनुहुन्छ भने, परमेश्वरको महिमाको लागि जिउनुको अर्थ चाहिँ आनन्दित भएर अरूहरूलाई परमेश्वरमा आनन्दित बनाउनु भन्ने हुन्छ । हाम्रो आनन्द र अरूहरूलाई आनन्दित पार्ने हाम्रो प्रयासले परमेश्वरको महिमा हुन्छ । परमेश्वरमा पाइने आनन्द सबैभन्दा महान् र सदा रहिरहने खुसी भएको कारण यसलाई प्राप्त गर्न खोज्नु पनि प्रेम हो। परमेश्वरमा पाइने यही आनन्दले मानिसलाई सन्तुष्ट र परमेश्वरलाई महिमित दुवै पार्ने हुँदा हामीले मानिसहरूलाई प्रेम गर्ने कि परमेश्वरको महिमा गर्ने भनेर छनौट गरिरहनुपर्दैन ।’ आफ्नै जीवनलाई जोखिममा समेत पारेर आनन्दित हुँदै अरूलाई परमेश्वरमा आनन्दित बनाएर हामी उनीहरूलाई प्रेम गर्छौं, र परमेश्वरको आदर गछौं। यो जीवन नै खेर फालिएको जीवनको विपरित जीवन हो ।
हामीले कसैलाई पनि परमेश्वरमा आनन्दित पार्न सक्दैनौं
त्यसोभए, हामीले कसरी अरूलाई परमेश्वरमा आनन्दित तुल्याउने ? मैले दुईवटा स्पष्टीकरण दिनुपर्छ । पहिलो, हामीले कसैलाई पनि परमेश्वरमा आनन्दित पार्न सक्दैनौं । परमेश्वरमा आनन्दित हुने कुरा पवित्र आत्माको फल हो (गलाती ५:२२) । यसलाई ‘पवित्र आत्माको आनन्द’ भनी भनिएको छ (१ थेसलोनिकी १:६, टि.बि.एस.)। यो परमेश्वरको काम होः ‘आशाका परमेश्वरले तिमीहरूलाई विश्वासद्वारा सम्पूर्ण आनन्द र शान्तिले भरिपूर्ण गरिदेऊन् (रोमी १५:१३) । यो परमेश्वरको अनुग्रहको प्रभाव होः ‘भाइ हो, माकेडोनियाका मण्डलीहरूमा परमेश्वरले दिनुभएको अनुग्रहको विषयमा हामी तिमीहरूलाई बताउन चाहन्छौँ। कष्टको भयङ्कर परीक्षाको बीचमा पनि प्रशस्त आनन्द र घोर दरिद्रतामा तिनीहरूले उदार-चित्तले दान दिए (२ कोरिन्थी ८:१-२) । हाम्रो हृदयमा परमेश्वरसँगको आनन्द तब जाग्छ, जब उहाँले हामीमाथि दया गरेर सुसमाचारमा भएको ख्रीष्टको महिमा देख्नको लागि हाम्रो आँखा खोलिदिनुहुन्छ (२ कोरिन्थी ४:४) ।
परमेश्वरसँगको आनन्द अन्ततः परमेश्वरको उपहार भए तापनि, उहाँले मानिसहरूलाई यसको पूर्णतामा ल्याउन माध्यमहरूको प्रयोग गर्नुहुन्छ । पावलले आफ्नो सम्पूर्ण सेवकाइ अरूको आनन्दको निम्ति गरेको परिश्रमको रूपमा व्याख्या गरेका छन् । ‘तिमीहरूको विश्वासमाथि हामी अधिकार जमाउन चाहँदैनौं, तर तिमीहरूका आनन्दको निम्ति तिमीहरूसँग मिलेर काम गर्छौँ’ (२ कोरिन्थी १:२४) ।
उनले फिलिप्पीका चर्चलाई भने कि ‘विश्वासमा तिमीहरूको प्रगति र आनन्दको निम्ति नै परमेश्वरले उनलाई जीवितै राख्नुभएको हो (फिलिप्पी १:२५) । येशूले उहाँका वचनहरू उहाँका चेलाहरूलाई आनन्द दिन परमेश्वरले प्रयोग गर्नुहने माध्यम हो भनी भन्नुभयो । ‘मैले यी कुरा तिमीहरूलाई यसैकारण भनेको छु कि मेरो आनन्द तिमीहरूमा होस्, र तिमीहरूको आनन्द भरिपूर्ण होस्’ (यूहन्ना १५:११) । प्रार्थना पनि आनन्दको माध्यम हो भनी उहाँले भन्नुभयोः ‘अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ। माग, अनि तिमीहरूले पाउनेछौ। यसरी तिमीहरूको आनन्द पूर्ण होओस्’ (यूहन्ना १६:२४) । माध्यमहरूको सूची अझै लामो हुनसक्छ । तर, यहाँ बुझ्नुपर्ने प्रमुख कुरा भनेको यदि परमेश्वरले हाम्रो प्रयासहरूलाई उहाँको निर्णायक अनुग्रहले आशिष् दिनुहुन्छ भने, मानिसहरूलाई परमेश्वरमा आनन्दित पार्न हामीले गर्न सक्ने कुरा धेरै छन् ।
अरूलाई परमेश्वरमा आनन्दित पार्नु अत्यन्तै ठुलो कुरा हो
दोस्रो स्पष्टीकरण यो हो, कि परमेश्वरमा आनन्दित हुने कुरा बाहिरी धार्मिक अनुभव होइन । जब म परमेश्वरमा मानिसहरूलाई आनन्दित पार्ने कुरा गर्छु, तब मेरो दिमागमा हुने सबै कुरा भनेको नै परमेश्वरले सुरूदेखि अन्त्यसम्म गर्नुभएको सबै उद्धारको काम हो। मैले मुक्तिको पूर्णता नै आनन्द हो भनी भनिरहेको छैन। तर, मैले यो भनिरहेको छु, कि परमेश्वरमा आनन्दित हुनु नै सबै उद्धारको कामको उद्देश्य हो, र उद्धार पाएपछिको अनुभूतिको स्थिति हो। परमेश्वरमा यस्तो आनन्दबिना मुक्ति छैन ।
तसर्थ, जब म कसैलाई परमेश्वरमा आनन्दित पार्ने कुरा गर्छु, तब म परमेश्वरको योजना र अनुग्रहलाई समावेश गर्छु, ‘जो उहाँले ख्रीष्ट येशूमा युग-युग अघिदेखि हामीलाई दिनुभएको थियो’ (२ तिमोथी १:९) । मृत्यु र पुनरूत्थानमा सम्पूर्ण रूपले उहाँको पर्याप्तता र ख्रीष्टको उद्धारको कामलाई म समावेश गर्छु (रोमी ३:२४-२६)। नयाँ जन्मको ईश्वरीय कामलाई म समावेश गर्छु, जसले हामीलाई नयाँ स्वभाव दिन्छ (यूहन्ना ३:३-७; १ पत्रुस १:३, २३) । पश्चात्ताप भनिने परमेश्वरद्वारा दिइएको समझको परिवर्तनलाई म समावेश गर्छु, जसले हामीलाई पापबाट भाग्ने र सहायताको लागि परमेश्वरतिर जाने बनाउँछ (२ तिमोथी २:२५ः प्रेरित ३:१९; २६:२०)। म ख्रीष्ट येशूमा गरिने विश्वासलाई समावेश गर्छु, जसले उहाँलाई उद्धारकर्ता, प्रभु र जीवनको सर्वोच्च धनको रूपमा अँगाल्छ (फिलिप्पी ३७-९) । म पवित्रीकरण भनिने ख्रीष्टको रूपसमान प्रगतिशील परिवर्तनलाई समावेश गर्छु (रोमी ६:२२; ८:२९) । म समस्त प्रेमको जीवनलाई समावेश गर्छु, जसले लिनुभन्दा दिनुलाई बढी धन्य गन्छ (प्रेरित २०:३५) । र म शरीर, समझ, हृदय, सम्बन्धहरू, र समाजको पूर्ण नवीकरण समावेश गर्छु, जो परमेश्वरको राज्यको हस्तक्षेपद्वारा यस युगमा आंशिक रूपमा पूरा हुन्छ र पछि आउने युगमा परमेश्वरको उद्देश्यको उत्कर्षमा पूर्ण रूपमा पूरा हुन्छ (प्रेरित ३:२१, रोमी ८:२३) ।
त्यसैले जब म परमेश्वरमा आनन्दित हुने कुरा गर्छु, तब मैले परमेश्वरको अनन्त उर्दीमा जरा गाडिएको आनन्दबारे कुरा गरिरहेको हुन्छु, जुन ख्रीष्टको रगतद्वारा किनिएको थियो, जुन आनन्दले परमेश्वरको आत्माद्वारा नयाँ गरी जन्मिएको हृदयमा वास गर्छ, जो पश्चात्ताप र विश्वासद्वारा सम्भव हुन्छ, जुन ख्रीष्ट समान हुने र पवित्र हुने कुराको सार्थकता हो, र जसले प्रेमको जीवनलाई जगाउँछ र परमेश्वरको स्वरूपमा संसारमा उद्धार ल्याउने जोस जगाउँछ ।
परमेश्वरमा आनन्दित हुने कुरा एउटा ठुलो यथार्थता हो, जुन परमेश्वरले आफ्नो नाउँको महिमाको खातिर उहाँको चुनिएकाहरूको जीवनमा योजना गर्नुभयो, किन्नुभयो र उत्पन्न गर्नुभयो ।
त्यसोभए, हामीले के गर्नुपर्छ त ?
यी दुई स्पष्टीकरणकासाथ म फेरि पनि यो सोध्छु कि, हामीले मानिसहरूलाई परमेश्वरमा आनन्दित बनाउन के गर्नुपर्छ ? सबै कुरामा परमेश्वरको सर्वोच्चता, खीष्टको बढाइँ गर्ने उत्साह र केवल क्रूसमा घमण्ड गर्ने हाम्रो एकमात्र प्रतिबद्धताको निम्ति हामीले केकस्तो जोखिम वा बलिदानको बाटो अपनाउनुपर्छ ?
-जोन पाइपर