
चर्च भनेको के हो ?
सायद तपाईंको बुबाआमाले तपाईं सानोछदाँ तपाईंलाई चर्चमा लिएर जानुभयो होला । मेरो बुबाआमाले मलाई लिएर जानुभएको छ । केही कुराहरू मलाई मन पथ्र्याे । केही कुराहरू मलाई मन पर्दैन थिएँ । मलाई मन परेको एउटा कुराचाँहि चर्चको भवनमा मेरा साथीहरूसँग लुकामारी खेल्नु थियो । अनपेक्षित बार्दलीहरू, ढोकाहरू र भर्याङहरू भएको त्यो एक फराकिलो, विशाल भवन लुकामरी खेल्नको निम्ति उत्तम ठाउँ थियो । यदि तपाईंले मलाई “चर्च के हो ?” भनेर सोध्नुभएको भए, मैले सम्भवतः उक्त भवनलाई देखाउने थिए होला ।
क्याम्पसमा, चर्चको विषयमा मलाई चाख्लाग्दो लागेको मुख्य कुराचाहिँ शुक्रबारको रातको जवान कार्यक्रम थियो जसमा रमाइलो सङगीतहरू, मूर्खतापूर्ण नाटकहरू र छोटो सङगति हुँदथ्यो । तर, यदि तपाईंले मलाई वास्तविक चर्चमा समावेश हुने कुरामाथि कहिल्यै विचार गर्नुभएको छ भनी सोध्नुभएको भए, के भन्ने भनेर म अलमलमा पर्ने थिएँ। सम्भवतः यस प्रश्नको सान्दर्भिक्तालाई बेवास्ता गर्दै, यसलाई आलटाल गरिदिने थिएँ ।
विश्वविद्यालयमा, मेले चर्च जान छाडे । म कम्तीमा पनि ख्रीष्टियानमतको सत्यतालाई अझैपनि विश्वास गर्थेँ । तैपनि, म येशूलाई भन्दा अत्याधिक बढी संसारलाई चाहन्थेँ । त्यसैले, मैले जोशका साथ संसारको अनुसरण गरेँ । म यसलाई सर्वोत्तम तवरले यसरी भन्न सक्छु कि म एक नामधारी ख्रीष्टियान मात्र थिएँ— केवल नामको मात्र ख्रीष्टियान । मैले येशूलाई मेरो उद्धारकर्ता भनी भन्थेँ तर वास्तवमा उहाँ मेरो उद्धारकर्ता हुनुहुन्न थियो । मैले “विश्वास गरेको थिएँ” तर मैले “पश्चात्ताप र विश्वास” गरेको थिइनँ, जसो गर्न ख्रीष्टले हामीलाई बोलाउनुहुन्छ । “चर्च के हो ?” भनेर तपाईंले मलाई सोध्नुभएको भए सम्भवतः म यसो भन्ने थिएँ, “चर्च ती मानिसहरूको समूह हो, जसले ख्रीष्टलाई पछ्याउन चाहन्छ, त्यसैले म त्यहाँ रहन चाहदिनँ ।” विडम्बना, म चर्चदेखि जति धेरै भड्केर गएको थिएँ, त्यतिनै उत्तम रूपले मैले चर्च के हो भनी बुझेको थिएँ ।
अनि, तपाईंले नी ? के तपाईंले कहिल्यै “चर्च के हो ?” भनी आफैलाई सोध्नुभएको छ ?
प्रचार र मानिसहरू
सन् १९९६ को श्रावणमा, मैले पढाई पूरा गरेँ अनि जागिर खोज्नको निम्ति वाशिङटन, डी.सी गएँ । एक ख्रीष्टियान मित्रले मलाई शहरमा भएको चर्चको बारेमा बताउनुभयो । म, मैले कसरी जीवन बिताइरहेको थिएँ भन्ने कुरामा
दोषी महसुस गरिरहेको थिएँ तर गहिरो र अर्थपूर्ण जीवनको चाहना गर्दै मैले चर्चमा सहभागी हुने निर्णय गरेँ । त्यस बखतको चर्चको पहिलो शनिबारको बिहानको प्रवचन मलाई याद छैन तर मलाई त्यो रातको शनिबार साँझको सेवा र अर्को बुधबारको साँझको बाइबल अध्ययनको निम्ति पुनः फर्केको याद छ । अर्कोहप्ता, म त्यहीँ चर्चमा सहभागी भएँ— शनिबारको बिहान, शनिबारको रात अनि बुधबारको साँझ । म अचानक चर्च नजाने व्यक्तिबाट
हप्तामा तीन पटक चर्च जाने व्यक्तिमा परिवर्तन भएँ । मलाई कसैले पनि चर्च जाने बनाएको थिएन । केही कुराले मलाई खिँच्थ्यो ।
वास्तवमा, मलाई कसैले खिँच्थ्यो, पवित्र आत्माले— र उहाँले दुई वटा कुराहरूलाई प्रयोग गरिरहनु भएको थियो । पहिलो, उहाँले पास्टर मार्कको प्रचारलाई प्रयोग गर्नुभयो । मैले पास्टर मार्कको प्रचार पहिले कहिल्यै सुनेको थिइनँ । मार्कले बाइबललाई पद–पद, अध्याय–अध्याय गरी बिनालाज प्रचार गर्नुहुन्थ्यो ।
उदाहरणको लागि, एक शनिबार मार्कले पुरानो नियमको पुस्तक, यहोशूमा भएका ती कठिन अध्यायहरूमध्ये एउटालाई प्रचार गर्नुभयो । परमेश्वरले यहोशूलाई कनानीहरूको सहरमा प्रवेश गरेर पुरुष, स्त्री, जवान, बूढा, र गोरु, भेडा र गधा सबैलाई मार्ने आज्ञा दिनुभयो । उहाँले खण्डलाई ठूलो स्वरले पाठ गर्नुभयो, हामीतिर हेर्नुभयो र रोकिनुभयो ।
त्यसपश्चात् उहाँले अब के भन्नुहुन्छ होला भनी मैले विचार गरेँ । त्यो खण्ड त अपमानजनक छ ! अन्ततः पास्टर मार्कले भन्नुभयो, “यदि तपाईं एक ख्रीष्टियान हुनुहुन्छ भने, बाइबलमा किन यस्तो खण्ड छ भनेर
तपाईंलाई थाहा हुनुपर्दछ ।” एकछिन, के रे ? शुरुमा म मार्कको चुनौतीले चिढिएको थिएँ । यो बाइबलमा किन छ भनी मैले जान्नुपर्छ र ? यो बाइबलमा किन छ भनेर तपाईंले नै मलाई किन भन्नुहुन्न, मिस्टर प्रचारक !
केही समयपश्चात्, मार्कको चुनौतीले अर्थ दिन थाल्यो । मार्कले पढ्नु भएको पदहरूले, हामीलाई याद दिलाउँछ कि परमेश्वर हामीलाई स्पष्टीकरण दिनको निम्ति बाध्य हुनुहुन्न । हामी उहाँलाई स्पष्टीकरण दिन बाध्य छौँ । परमेश्वर परीक्षणमा हुनुहुन्न । हामी परीक्षणमा छौँ । उहाँ सृष्टिकर्ता र न्यायकर्ता हुनुहुन्छ । केवल उहाँले मात्र जीवन दिन र जीवन लिन सक्नुहुन्छ ।
पास्टर मार्कले त्यसपछि के भन्नुभयो, मलाई याद छैन । कुरा यो कि मेरो संसार पहिले नै परिवर्तन भइसकेको थियो । वास्तविकता, पुनः व्यवस्थित भएको थियो । मैले केही भिन्न दृष्टिकोणहरूले हेरिरहेको थिएँ— जस्तो कि कुनै नयाँ दृष्टिकोण जो उमेरको साथ प्राप्त हुन्छ । एउटा कुरामा म विश्वस्त भएको थिएँ कि परमेश्वर परमेश्वर हुनुहुन्छ र म परमेश्वर होइन ।
असल प्रचारले प्रत्येक हप्ता यस्तो प्रकारको काम गर्दछ । यसले विश्वासपूर्वक बाइबललाई प्रकटीकरण गर्दछ र तपाईंका हृदयका आँखालाई परिवर्तन गर्दछ, संसारलाई तपाईंको आफ्नै होइन, परमेश्वरको दृष्टिकोणबाट हेर्न मद्दत गर्दछ । प्रचारको विषयमा हामी अध्याय ४ मा अझ धेरै विचार गर्नेछौँ ।
तर, त्यस चर्चमा मलाई खिच्नको निम्ति पवित्र आत्माले प्रयोग गर्नुभएको कुरा केवल यस्तो किसिमको प्रचार मात्र थिएन । उहाँले मानिसहरूलाई पनि प्रयोग गर्नुभयो । दानिएल नाम गरेको एक व्यक्तिले मलाई हरेक आईतबारको बिहान आफ्नो परिवारसँग नास्ता गर्न र यशैयाको पुस्तक अध्ययन गर्नका निम्ति निमन्त्रित गर्नुहुन्थ्यो । हेमा र हरि नाम गरेका अवकासप्राप्त दम्पतीले मलाई रात्रिको भोजनको निम्ति निमन्त्रित गर्नुहुन्थ्यो । पावल र एलिना नाम गरेका अर्का एक वृद्ध दम्पतीले पनि त्यसै गर्नुहुन्थ्यो । चर्चको अङ्गालो मधुर र न्यानो थियो । डि.सीमा मसँग केही गैर ख्रीष्टियान साथीहरू थिए तैपनि म यस नयाँ चर्चका साथीहरूसँग धेरैभन्दा धेरै समय बिताउन र मेरा क्याम्पसका साथीहरूलाई हामीसँग जोडिनको निम्ति निमन्त्रणा दिन चाहन्थेँ ।
यस चर्च, अनि यसको प्रेम र प्रतिबद्धताले मलाई एउटा फरक प्रकारको जीवनको तस्वीर प्रदान ग¥यो । म केवल आफ्नै सेवा गर्नको निम्ति बाँचिरहेको थिएँ । तिनीहरू अरूहरूका र परमेश्वरका सेवा गर्नका निम्ति बाँचिरहेका थिए । मैले मेरा शब्दहरू आलोचना वा आफ्नै प्रशंसा गर्नका निम्ति प्रयोग गर्दथेँ । तिनीहरूले आफ्ना शब्दहरू उत्साह दिनका निम्ति प्रयोग गर्दथे । म परमेश्वरको विषयमा, उहाँ केवल दर्शन शास्त्रको एउटा अध्याय मात्र हो जस्तै गरी कुरा गर्दथेँ । तिनीहरूले उहाँलाई चिने जस्तै गरी परमेश्वरको विषयमा कुरा गर्दथे । (म शनिबारको दिनमा पिकनिक र पार्टीको आनन्द लिन चाहन्थेँ ।) तिनीहरू ख्रीष्टमा आनन्दित हुन चाहन्थे ।
चर्चले मलाई एउटा फरक तस्वीर प्रदान गर्याे । हामी वाशिङटन, डि.सी सहरमा थियौँ, जुन सहरमा सन्१९९६, को मङ्सिरमा हुनगैरहेको चुनावको बारेमा कुराकानी चलिरहेको थियो । चर्चका सदस्यहरूले पनि यस्ता बातचितमा आनन्द लिएका थिए । तिनीहरूमध्ये केही त तिनीहरूका हाकिमहरू, कांग्रेस वा संसद पदको प्रचारप्रसार गर्नका लागि केही हप्ताहरूको निम्ति गृह जिल्ला गएका थिए । तैपनि यी मानिसहरूले राजनीति थोरैमात्र महत्वपूर्ण भए जस्तै गरी यस विषयमा कुराकानी गर्दथे । तिनीहरूले राजनीतिलाई परमेश्वरको दर्जा अनुरूप व्यवहार गरून् भनी सहरले चाहन्थ्यो ।
चर्चका सदस्यहरूसँग राजनीतिक चासो थियो । तर सहरले हामीलाई राजनीतिलाई मूर्तिको रूपमा पुजेको चाहन्थ्यो । यसको मतलब, चर्चभित्र राजनैतिक संस्कृति महसुस गर्न सकिन्थ्यो जुन शान्त, उत्तेजनापूर्ण नभएको र अधिक सम्मानजनक थियो । वास्तवमै महत्वपूर्ण कुराहरूमाथिका हाम्रा सहमतिले, जस्तैः अनन्त न्यायको श्रोत र महत्वपूर्ण कुराहरूमा प्रेमसाथ असहमत हुने अनुमति दिन्छ— जस्तै अहिलेका न्यायको उत्तम राजनैतिक रणनीतिहरू । परम्परागत जनसाङ्ख्यिक विभाजनहरूको पनि प्रभाव रह्यो । मेरो २० औँ वर्षको सुरुवातमा, म अविवाहित पुरुष थिएँ । समयसँगै, मैले सत्तरी वर्ष पुगिसकेका विवाहित दम्पती वा असी पुगिसकेकी विधवासँग धेरैभन्दा धेरै समय बिताएँ । अल्पवयस्क दाजुभाइहरू र दिदीबहिनीहरूसँग मेरो पहिलो सार्थक र गहिरो मित्रता त्यस चर्चमा भयो ।
छोटकरीमा भन्नुपर्दा, परमेश्वरको सहरले यस संसारका केही नागरिक र सांस्कृतिक परेडमा भाग लिए तापनि, त्यो फरक वाधकको तालमा अघि बढ्छ ।
यदि ती दिनहरूमा तपाईंले मलाई “चर्च के हो ?” भनेर सोध्नुभएकोभए, म तपाईंलाई सुव्यवस्थित उत्तर दिन सक्दिनँ थिएँ । तर यी दुई, प्रचारर मानिसहरूको विचारहरू— सुसमाचारीय शब्द र सुसमाचारीय समाज—
मेरो दिमागको प्रधानतामा वृद्धि हुँदै गइरहेको थियो । मलाई थाहा भयो कि चर्च भनेको परमेश्वरको वचनद्वारा आकार पाउनलाई एक ठाउँमा भेला हुने मानिसहरूको समुह हो । त्यसरी, तिनीहरू एक फरक प्रकारको
मानिसहरूको रूपमा एकसाथ रहन सुरु गर्दछ— एउटा यस्तो समूह जो संसारमा छ तर संसारको होइन ।
सही बुझाइ किन महत्वपूर्ण छ – स्वर्ग जस्तैगरी जिउनु
यसलाई पुनः तपाई समक्ष ल्याउन दिनुहोस् । चर्च के हो भनी तपाई के भन्नु हुनेछ ?
जब हामी त्यस प्रश्नलाई होशियारी साथ सोच्दैनौँ तब हामीले आफैलाई त्यस मिठो भलाइद्वारा धोका दिने जोखिम मोल्छौँ जसलाई परमेश्वरले आफ्ना परिवारको माध्यमद्वारा हाम्रो लागि निर्धारित गर्नुभएको छ । किनकि, चर्च सम्बन्धी तपाइको बुझाईले तपाईंको जीवनलाई र चालचलनलाई आकार दिनेछ ।
उदाहरणका लागि, चर्च एउटा क्लब भए जस्तै गरी, आज मानिसहरूले यसमा “सहभागी हुने” विषयमा वा चर्च एउटा भवन भए जस्तै, “चर्चसम्मको यात्राको” बारेमा वा चर्च एउटा कार्यक्रम भए जस्तै गरी, “चर्चमा रमाइलो
गर्ने” विषयमा कसरी बातचित गर्दछन् भनेर सोच्नुहोस् । जब हामी चर्चको बारेमा यी तरिकाले कुरा गर्छाैँ तब कुन धारणाहरूले काम गरिरहेको हुन्छ ? यसबाहेक, हामी कसरी हाम्रा चर्चहरूमा संलग्न हुनुपर्दछ भन्ने कुरालाई यस
धारणाले कसरी आकार दिन्छ ? म यसो भन्छु, तिनीहरूले चर्चहरूको बारेमा हप्तामा नब्बे मिनेटमात्र हो भनी सोच्न र अन्यथा तिनीहरूलाई बेवास्ता गर्न सहज बनाउँछ ।
“तर पर्खनुहोस्”, हामी धर्मशास्त्रबाट सुनौँ । चर्च वास्तवमा परमेश्वरको परिवारको भेला र सङ्गति, ख्रीष्टको शरीर र पवित्र आत्माको मन्दिर हो ।” त्यसैले, यदि हामीले लापरवाहीसाथ हाम्रा चर्चहरूलाई क्लब, भवन वा काम गर्ने स्थानको रूपमा व्यवहार गर्छौँ भने, परमेश्वरले हाम्रा मार्गहरूमा राख्नुभएको सहायता र आशिषको प्रशस्तता प्राप्त गर्नदेखि हामी चुक्नेछौँ ।
यस पुस्तकको उद्देश्य भनेको चर्चलाई पुनः पत्ता लगाउनका निम्ति तपाईंलाई मद्दत गर्नु हो ताकि तपाईंले चर्च के हो भनेर बुझ्नु भएको होस् र फलस्वरुप परमेश्वरको परिवारमा दाजुभाइ तथा दिदीबहिनीको रूपमा रहनुको
सम्पत्तिलाई— एकअर्कासँग जोडिएर ख्रीष्टको शरीरको एउटै भाग भएर रहनुको आनन्दलाई— परमेश्वर जहाँ बास गर्नुहुन्छ, त्यस पवित्र मन्दिरको एउटा ईट्टा भएर रहनुको संस्कृति विरोधी शक्तिलाई पत्ता लगाउनु भएको होस् । तपाईंको र तपाईँका गैर ख्रीष्टियान साथीहरू र छिमेकीहरूका खातिर तपाईंले यी सम्पूर्ण लाभहरू र आशिषहरू अनुभव गर्न पाओस् भन्ने हामी चाहन्छौँ ।तपाईंका गैर ख्रीष्टियान साथीहरूलाई तपाईंको सुसमाचारको शब्दहरूमात्र नभई सुसमाचारीय समुदायको पनि अत्यन्तै आवश्यक छजसले ती सुसमाचारका शब्दहरूको सत्य गवाही दिन्छ ।
तपाईंको चर्चको जीवन तिनीहरूले देखेर, तिनीहरूले यसो भनोस् भनी तपाईं चाहनुहुन्छ, “परमेश्वरले वास्तवमै मानिसहरूलाई परिवर्तन गर्नुहुन्छ । र उहाँले वास्तवमैयहाँ चर्चमा न्यायसङ्गत र धार्मिक सहर निर्माण गर्दैहुनुहुन्छ” (हेर्नुहोस् १ कोर. १४ः२५; हिब्रू११ः१०) ।
एकछिन सोच्नुहोस् त : नेपाली राजनीतिक नेताहरूले लामो समयदेखि नेपाललाई “डाँडामा निर्माण भएको देशको” रूपमा जनाउँदै आइरहेका छन् । चर्चलाई पुनः पत्ता लगाउनु भनेको पनि हाम्रा चर्चहरू त्यस डाँडामा भएको सहरहरू हुनुपर्दछ भनी पुनः पत्ता लगाउनु हो, चाहेँ हामी नेपालमा बसौँ वा अन्य कुनै देशमा बसौँ । सांस्कृतिक र राजनीतिक रूपमा उथलपुथलले भरिएको समयमा हामी सबैलाई, ख्रीष्टियान र गैर ख्रीष्टियान— यही नै सबैभन्दा धेरै आवश्यकता छ ।
स्वर्ग कुनै पनि राष्ट्रको माध्यमबाट पृथ्वीमा ओर्लिने छैन । र जबदेखि परमेश्वरले आफ्नो उपस्थितिलाई प्राचीन इस्राएलको मन्दिरमा सीमित राख्नुभएको थियो, तबदेखि उहाँ पृथ्वीमा कुनै राष्ट्रको बीचमा ओर्लनुभएको छैन ।
तथापि उल्लेखनीय, अच्चमलाग्दो र अद्भूत कुरा के छ भने, बाइबलले भन्छ कि तपाईंको चर्च त्यो स्थान हो जहाँ स्वर्ग पृथ्वीमा ओर्लिन्छ जसलाई तपाईंले पुनः पत्ता लगाउनहोस् पनि हामी चाहन्छौँः
– स्वर्गको राज्य नजिक आइपुगेको छ (मत्ती ४)
– तपाईंको राज्य आओस्, तपाईंको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस् (मत्ती ६)
– हामी स्वर्गको निम्ति धनसम्पत्ति थुपार्छौँ (मत्ती ६)
– हामीले पृथ्वीमा जे बाँध्छौ र फुकाउँछौँ त्यो स्वर्गमा बाँधिने र फुकाइने छ (मत्ती १६, १८)
– हामी स्वर्गको मन्दिर हौँ (१ कोर ३ः १ पत्रुस २)
हामी भेला भएका चर्चद्वारा स्वर्गले पृथ्वीलाई छुन्छ । र जब यसो हुन्छ, तब तपाईंले आफ्नो देशका नागरिकहरूलाई एक उत्तम देशको आशा, आफ्नो सहरको स्थायी आशा प्रदान गर्नुहुनेछ ।
एक नेपाली वा गैर नेपाली, जातीय अल्पसंख्यक वा बहुसंख्यक, धनी वा गरिबको रूपमा, तपाईंले जस्तोसुकै चुनौतीहरूको सामना गर्नुपरे तापनि, एउटा न्यायसङ्गत र शान्तिपूर्ण समाजको निम्ति तपाईंको आशा यस संसारको राज्यमा निर्भर हुँदैन । यो त स्वयम् राजामाथि निर्भर हुनुपर्दछ जसले आफ्नो स्वर्गीय राज्यको चौकीहरू स्थापित गर्दै हुनुहुन्छ जसलाई हामी स्थानीय चर्च भन्दैछौँ ।
चर्च के हो ?
चर्च के हो ? बाइबलले यस प्रश्नको जवाफ दिनको निम्ति सम्पूर्ण किसिमका रूपकहरूलाई प्रयोग गरेको छ—परमेश्वरको परिवार र घराना, ख्रीष्टको शरीर, पवित्र आत्माको मन्दिर, सत्यको खामो र आड, ख्रीष्टको दुलही,
ख्रीष्टको बगाल आदि । ती प्रत्येक रूपकहरूले तपाईंको र मेरो चर्चको बारेमा हामीलाई अद्भूत कुरा बताउँछ । हामीलाई ती सबै रूपकहरू चाहिन्छ किनकि चर्च जस्तो अन्य कुनै संगठन, शरीर र जातिहरू छैन । हामीले परिचयमा केहीलाई छलफल गर्याैँ र तिनीहरूलाई यस पुस्तकभरि नै छलफल गर्नेछौँ । तैपनि, चर्चको ईश्वरशास्त्रीय परिभाषा तल उल्लेख गरिएको छ जसलाई हामी बाँकी पुस्तकभरि नै व्याख्या गर्दै जानेछौँ
— जोनाथन लीम्यान