परमेश्वरको चरित्र
सुसमाचारलाई बुझ्न हामीले परमेश्वरको बारेमा केही कुरा बुझ्नैपर्छ। परमेश्वर हाम्रो चारैतिर भएको कुनै एक अवैयक्तिक शक्ति वा उर्जा हुनुहुन्न, तर व्यक्तिगत सृष्टिकर्ता र सबैका प्रभु हुनुहुन्छ उत्पत्ति १०। एकमात्र साँचो परमेश्वर त्रिएक परमेश्वरको रुपमा अस्तित्वमा हुनुहुन्छ भनेर बाइबलले हामीलाई सिकाउँछः पिता, पुत्र र पवित्र–आत्मा मत्ती ३ः१६–१७, २८ः१९०। उहाँहरु तीन भिन्न व्यक्तिहरु हुनुहुन्छ, जसलाई एकअर्काबाट छुट्याउन सकिन्छ, यद्यपि उहाँहरु एउटै परमेश्वर हुनुहुन्छ, तीन होइन यूहन्ना १०ः३०–३३०। तीनै व्यक्तिमा एउटै ईश्वरीय गुण साथै सार पाइन्छ। परमेश्वरलाई विशिष्ट बनाउँने आफ्नो गुणहरुको कारण उहाँले पापीहरुलाई बचाउन पापको प्रायश्चितको निम्ति बलिदानको माग गर्नुहुन्छ। त्यसकारण, ख्रीष्टको मृत्युको आवश्यकतालाई देख्न हामीले यो त्रिएक परमेश्वरको
चरित्रलाई अझ धेरै जान्नुपर्ने हुन्छ।

परमेश्वर प्रेम हुनुहुन्छ
परमेश्वर प्रेम हुनुहुन्छ भनेर बाइबलले हामीलाई सिकाउँछ १ यूहन्ना ४ः८० र उहाँको प्रेमले अरुहरुको फाइदा र भलाइको निम्ति आफैलाई स्वतन्त्र र निस्वार्थ रुपमा अर्पण गर्नको निम्ति उत्प्रेरित गर्छ। परमेश्वरको प्रेम एक मनोवृत्ति, एक भावना, वा उहाँले गर्ने कुनै कुराभन्दा बढी छ भनेर बुझ्नु महत्वपूर्ण छ। बरु, प्रेम परमेश्वरको एक गुण, उहाँको सत्व वा स्वभाव हो। परमेश्वरले प्रेम मात्र गर्नुहुन्न, तर उहाँ नै प्रेम हुनुहुन्छ। उहाँ प्रेमको सार सत्व हुनुहुन्छ, र सबै साँचो प्रेम उहाँबाट बहन्छ, जो अन्तिम स्रोत हुनुहुन्छ। अक्सर परमेश्वरको प्रेमसँग जोडिएर आउने अरु शब्दहरु भनेको परोपकार, कृपा, अनुग्रह, र धैर्य हुन्। हामीले जे सोचे वा सुने पनि, बाइबलको अटुट गवाही यही हो, कि परमेश्वर प्रेम हुनुहुन्छ। प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ। १ यूहन्ना ४ः८०
परमप्रभु टिठालु र अनुग्रही, क्रोध गर्नमा ढिला, र अति करुणामय हुनुहुन्छ। भजनसंग्रह १०३ः८, प्रस्थान ३४ः६ भजनसंग्रह ८६ः१५, १४५ः८ हेर्नुहोस्। तापनि तिमीहरुमाथि अनुग्रह गर्न परमप्रभु इच्छा गर्नुहुन्छ। तिमीहरुमाथि
दया देखाउन उहाँ उठ्नुहुन्छ, किनकि परमप्रभु न्याय गर्नुहुने परमेश्वर हुनुहुन्छ। उहाँको प्रतीक्षा गर्ने सबै धन्यका हुन् यशैया ३०ः१८ हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गबाट हो, यो वरदान ज्योतिका पिताबाट आउँछ। बदली रहने छायाजस्तो उहाँमा कुनै हेरफेर हुँदैन। याकूब १ः१७

परमेश्वर पवित्र हुनुहुन्छ
बाइबलले हामीलाई परमेश्वर पवित्र हुनुहुन्छ भनी सिकाउँछ (यशैया ६ः३)। यहाँ कम्युनिकेट्स (Communicates) भन्ने शब्दले “अलग्गिएको” “चिन्ह लगाइएको” वा “अलग–अलग राखिएको” भन्ने विचारलाई जनाउँछ। परमेश्वरको
सन्दर्भमा यसका दुईवटा महङ्खवपूर्ण अर्थहरु छन्। पहिलो, यसको अर्थ परमेश्वर आफ्नो सबै सृष्टिभन्दा माथि र सृष्टि गरिएका कुनैपनि प्राणीभन्दा पूर्णरुपमा अलग हुनुहुन्छ भन्ने हो। तिनीहरुको वैभव जस्तोसुकै भए तापनि, स्वर्ग र पृथ्वीका अन्य सबै प्राणीहरु केवल एक प्राणीहरु मात्र हुन्। तर, परमेश्वर एकमात्र परमेश्वर हुनुहुन्छ—जो पृथक्, उत्कृष्ट र अतुलनीय हुनुहुन्छ। दोस्रो, परमेश्वरको पवित्रताको अर्थचाहिँ उहाँ आफ्नो सृष्टिको नैतिक भ्रष्टता, अपवित्रता र पापबाट भिन्न तथा अलग हुनुहुन्छ भन्ने हो। परमेश्वरले कहिल्यै पाप गर्न सक्नुहुन्न, पापमा आनन्द
लिन सक्नुहुन्न, र पापसँग सङ्गति गर्न सक्नुहुन्न। अनि एउटाले अर्कालाई यसो भन्दै तिनीहरु पुकार्दैथिएः “सर्वशक्तिमान् परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ, सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ।” (यशैया ६ः३)
परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कुनै अन्धकार छैन। (१ यूहन्ना १ः५) तपाईंको दृष्टि यति शुद्ध छ, कि तपाईं दुष्ट कुरा हेर्न सक्नुहुन्न, खराबी देखेर तपाई सहन सक्नुहुन्न। (हबकूक १ः१३) परीक्षामा पर्दा कसैले पनि यसो नभनोस्, “परमेश्वरद्वारा मेरो परीक्षा भएको हो।” किनकि कुनै खराब कुराबाट परमेश्वरको परीक्षा हुन सक्दैन,
र उहाँ आफैले पनि कुनै मानिसको परीक्षा गर्नुहुन्न। (याकूब १ः१३) किनभने तपाईं दुष्टतामा प्रसन्न हुने परमेश्वर हुनुहुन्न, न त दुष्टता तपाईंसँग वास गर्न सक्छ। (भजनसंग्रह ५ः४)

परमेश्वर धर्मी हुनुहुन्छ
धर्मी शब्दले हामीलाई परमेश्वरको नैतिक उत्कृष्टताको बारेमा बताउँदछ। बाइबल अनुसार, परमेश्वर पूर्णरुपमा धर्मी हुनुहुन्छ र जहिले पनि उहाँ जो हुनुहुन्छ, सोही कुरा अनुरुपको व्यवहार गर्नुहुन्छ। परमेश्वरको स्वभाव वा उहाँको कार्यहरुको बारेमा कुनै पनि त्रुटि छैन। उहाँले कहिल्यै पनि वा कुनै पनि यस्तो काम गर्नुहुनेछैन, जसले उहाँको विरुद्धमा कुनै पनि गलत कार्यको आरोपलाई न्यायोचित ठहराउँदछ। उहाँका कामहरु, आज्ञाहरु र न्यायहरु पूर्णरुपमा सिद्ध छन्। किनभने परमप्रभु धर्मी हुनुहुन्छ, उहाँले धार्मिकतालाई प्रेम गर्नुहुन्छ।
किनभने परमप्रभु धर्मी हुनुहुन्छ, धार्मिक कामहरु उहाँ मन पराउनुहुन्छ। सोझाहरुले उहाँको मुहारको दर्शन गर्नेछन्। (भजनसंग्रह ११ः७)
उहाँ नै चट्टान हुनुहुन्छ । उहाँका काम सिद्ध छन्, र उहाँका सबै चाल न्यायोचित छन्। एउटा विश्वासयोग्य परमेश्वर जसले भुल गर्नुहुन्न, न्यायी र सत्य उहाँ हुनुहुन्छ। (व्यवस्था ३२ः४)
परमेश्वरको धार्मिकताले उहाँको चरित्रलाई मात्र वर्णन गर्दैन, तर उहाँको सृष्टि, विशेषगरी मानवजातिसँगको उहाँको सम्बन्धलाई पनि वर्णन गर्दछ। बाइबलअनुसार, परमेश्वरले आफ्नो सृष्टि (रोमी १ः२०,३२) र तिनीहरुको विवेकद्वारा
(रोमी २ः१४–१६) सबै मानिसहरुलाई आफ्नो इच्छा प्रकट गर्नुभएको छ। उहाँले आफ्नो वचनमा, बाइबलबाट आफूलाई स्पष्ट रुपमा प्रकट गर्नुभएको छ (भजनसंग्रह १९ः७– ११)। उहाँले प्रत्येक व्यक्तिलाई प्रकट गरिएको मापदण्ड अनुसार न्याय गर्नुहुनेछ। एक दिन आउनेछ, जब परमेश्वरले कडा न्याय र निष्पक्षताको मापदण्ड अनुसार असल काम गर्नेलाई इनाम र दुष्ट काम गर्नेलाई दण्ड दिँदै प्रत्येकको न्याय गर्नुहुनेछ। परमप्रभुले सदाकालको निम्ति राज्य गर्नुहुन्छ। उहाँले न्यायको निम्ति आफ्नो सिंहासन तयार पार्नुभएको छ। र उहाँले धार्मिकतासित संसारको न्याय गर्नुहुन्छ, उहाँले निष्पक्षतासित मानिसहरुमाथि शासन गर्नुहुन्छ। (भजनसंग्रह ९ः७–८)
किनकि हामीले गरेको हरेक काम, असल होस् वा खराब होस् प्रत्येक गुप्त कुरासमेत सबैको न्याय परमेश्वरले गर्नुहुनेछ। (उपदेशक १२ः१४; यो पनि हेर्नुहोस्ः हितोपदेश ५ः२१; १५ः३; हिब्रू ४ः१३)
“हरेक मानिसलाई त्यसको चाल अनुसार र त्यसका कर्मको फल अनुसार इनाम दिनलाई म परमप्रभु मानिसको हृदय तलाश गर्छु, त्यसका मनको म जाँच गर्छु”। (यर्मिया १७ः१०; हिब्रू ९ः२७ पनि हेर्नुहोस्) हामीले जहिले पनि यो बुझ्नुपर्दछ, कि परमेश्वरले मानिसप्रति गर्नुभएको न्याय निर्दयी वा त्रूmर नभई उहाँको धार्मिक चरित्रको परिणाम र उहाँको शासनको एक आवश्यक भाग हो। दुष्टताको न्याय गर्न इन्कार गर्ने परमेश्वरलाई दयालु, असल वा धर्मी परमेश्वर भन्न मिल्दैन। जुन सृष्टिमा दुष्टतालाई नियन्त्रण गरिँदैन र न्यायको अभ्यास हुँदैन त्यो सृष्टि चाँडै आपैm नष्ट हुनेछ। के तपाईंले यस्तो परमेश्वरलाई भेट्नुभएको छ? परमेश्वरको बारेमा कुरा गर्नु एउटा कुरा हो, तर बाइबलमा उहाँको महिमाको सामना गर्नु अर्कै कुरा हो। परमेश्वरबारे साँचो ज्ञानले सारा मानवजातिलाई नम्र तुल्याउँछ। उहाँको पवित्रताको सानो झलकले समेत हामीलाई नम्र तुल्याउँछ र हामीलाई परिवर्तन गराउँदछ। परमेश्वरले हामीलाई पहिलो चोटि सृष्टि गर्नुहुँदा पनि हाम्रो मौलिक अवस्थामा हामी केवल स्वरुपहरु र सेवकहरु मात्र थियौँ, र उहाँ सर्वशक्तिमान्प रमेश्वर हुनुहुन्थ्यो। तर, हाम्रो पापको कारण उहाँको विरुद्धमा हामी धेरै तल झरेका छौँ।

आफ्नो माया साझा गर्नुहोस्
Gospel Pubication
Gospel Pubication