लेखक तथा ईश्वरशास्त्री डेबिड वेल्सले सन् १९९४ मा प्रकाशित उनको पुस्तक “इन द वेस्टल्याण्ड” मा भनेका थिए कि सेमिनारीका विद्यार्थीहरू चर्चको वर्तमान अवस्थाप्रति असन्तुष्ट छन् । तिनीहरू भन्छन् कि चर्चले आफ्नो दर्शनलाई गुमाएको छ, र वर्तमान अवस्थामा तिनीहरूले चर्चबाट प्राप्त गरिरहेकोभन्दा बढी तिनीहरूले अपेक्षा गरेका थिए । वेल्स आफैले पनि यस कुरामा सहमत जनाउँछन् तर केवल असन्तुष्टि मात्र पर्याप्त छैन । हामीलाई योभन्दा अझ बढ्ता कुराको आवश्यकता छ । हामीलाई सकारात्मक ढङ्गमा चर्चलाई अपेक्षित अवस्थामा पुनर्स्थापित गर्न आवश्यक छ । चर्चको स्वभाव र गुण के हो ? चर्चलाई के ले भिन्न बनाउँछ र यसको चिन्हहरू के के हुन् ?
चर्चको स्वस्थबारे इतिहास
ख्रीष्टियानहरूले लामो समयदेखि “चर्चको चिन्हहरू” को बारेमा कुरा गर्दै आएका छन् । सुधारवादको सुरुवात नहुँदासम्म चर्चको विषय व्यापक औपचारिक रूपमा ईश्वरशास्त्रीय बहसको केन्द्र बन्न सकेन । १६औँ शताब्दी अघि चर्चको बारेमा छलफल गर्नुभन्दा धेरै अनुमान गर्ने गरिन्थ्यो । चर्चलाई अनुग्रहको माध्यम र ईश्वरशास्त्रको बाँकी भागहरूको पूर्वानुमानको रूपमा रहेको वास्तविकताको रूपमा हेरिन्थ्यो । १६औँ शताब्दी, जतिबेला मार्टिन लुथर र उनका सहकर्मीको विरुद्धमा चौतर्फी विरोध भइरहेको थियो, त्यही समयमा चर्चको स्वभावको बहस स्वतः रूपमा अपरिहार्य विषय बन्यो । एकजना विद्वानले भनेका छन्, सुधारवादले सुसमाचारलाई चर्चको संगठनको रूपमा नभएर, वास्तविक चर्चको जाँचको रूपमा स्थापित गर्यो “एडमण्ड क्लोनि, द चर्च, १९९५ (१०१ ) ।
१५३० मा मेलान्क्थनले अगसबर्ग स्वीकारलाई प्रस्तुत गरे जहाँ उनले आफ्ना ७औँ लेखमा भनेका छन् “चर्च भनेको सन्तहरूको भेला हो जहाँ ठिक ढङ्गमा सुसमाचार प्रचार र पवित्र विधिहरूको पालना गरिन्छ। र चर्चको यस प्रकारको वास्तविक एकताको निम्ति सुसमाचारको शिक्षा र पवित्र विधिको पालनाप्रति विश्वासको एकता हुनु नै पर्याप्त छ । १५५३ मा थोमस क्र्यान्मरले बेलायतको चर्चमा ४२ ओटा लेख लेखे जहाँ उनले यसरी भनेका छन्, “ख्रीष्टको चर्च भनेको विश्वासयोग्य मानिसहरूको भेला हो जहाँ परमेश्वरको शुद्ध वचन प्रचार गरिन्छ र पवित्र विधिलाई विधिवत रूपमा पालना गरिन्छ ।” जोन क्याल्भिनले यसरी भनेका छन्— “हामीले जहाँ परमेश्वरको वचन शुद्ध रूपमा प्रचार गरिएको र सुनिएको पाउँछौँ र पवित्र विधिलाई ख्रीष्टले स्थापित गर्नुभएअनुसार पालना गरिएको पाउँछौँ, त्यहाँ परमेश्वरको चर्च छ भनेर हामीले शङ्का गर्नु आवश्यक छैन ।”
द बेल्जिक स्वीकार (१५६१) को, २९औँ लेखले भन्छ, “वास्तविक चर्चको पहिचान गर्ने चिन्हहरू यी नै हुन्— सुसमाचारको वास्तविक सिद्धान्तको प्रचार, ख्रीष्टले स्थापित गरेअनुसार पवित्र विधिको पालना, पापलाई दण्डित गर्न चर्च अनुशासनको पालना, छोटकरीमा भन्नुपर्दा यदि सबै कुराहरू परमेश्वरको शुद्ध वचनअनुसार व्यवस्थापन गरिन्छ, वचन विपरितका सबै कुरालाई इन्कार गरिन्छ र केवल ख्रीष्टलाई चर्चको शिर भनेर विश्वास गरिन्छ ।”
चर्चको सृष्टि र संरक्षण
हामी यी दुई चिन्हमा, सुसमाचार घोषणा र पवित्र विधिमा चर्चको सृष्टि र संरक्षण, परमेश्वरको सत्यताको फोहोरा र त्यसलाई ग्रहण गर्ने र प्रदर्शन गर्ने भाँडोलाई देख्न सक्छौँ । वचनको ठिक प्रचारले चर्चको निर्माण गर्दछ, चर्चको सदस्यलाई समावेश गर्ने र चर्चलाई भिन्न बनाउने काम बप्तिस्मा र प्रभु भोजको कार्यन्वयनले गर्दछ ।
निश्चय पनि कुनै चर्च सिद्ध छैन । तर परमेश्वरलाई महिमा होस् कि धेरै असिद्ध चर्चहरू स्वास्थ्य छन् । अर्कोतर्फ आफैलाई स्वास्थ्य भनी बताउने, ख्रीष्टको पूर्ण ईश्वरत्व र वचनको पूर्ण अधिकारको पुस्टि गर्ने धेरै चर्चहरू अस्वास्थ्य छन् । परिणाम स्वरूप धेरै चर्चहरू केवल नामधारी ख्रीष्टियानको समूहको रूपमा दयनीय स्थितिमा अल्झिरहेको छ । धेरै चर्चहरूको उद्देश्य परमेश्वरलाई महिमा दिनबाट पतित भएर सङ्ख्यामा धेरै हुने उद्देश्यमा खसेको छ । त्यसैकारण ९चिन्हहरूले बाइबलीय प्रचार र चर्च अगुवापनलाई पुनः स्थापित गर्नको लागि योजनाहरू निर्माण गर्ने काम गरिरहेको छ ।
हामी, हाम्रो संसार परिवर्तन भइरहेको पाउँछौ । यस समाज, जहाँ क्रिस्चियानिटीलाई वृहत र तीब्र रूपमा परित्याग गरिँदैछ, जहाँ सुसमाचारलाई अपाच्य र अझ भन्नुपर्दा अपराधको रूपमा वर्गीकरण गरिएको छ । यस्ता संस्कृतिसँग सान्दर्भिक बन्न खोज्ने हाम्रा प्रयासहरूले सुसमाचारप्रति शत्रुता र सुसमाचारलाई नै गुमाउने जोखिमको सिर्जना गर्छ । यस्ता अवस्था भएर गुज्रिरहँदा हामीले बाइबललाई पुनः सुन्ने र सेवकाइमा सफलता प्राप्त गर्ने विचारलाई कल्पना गर्नैपर्छ ।
हामीलाई नयाँ ढाँचाको आवश्यकता छ ।
चर्चको लागि हामीलाई नयाँ ढाँचाको आवश्यकता छ । वास्तवमा भन्नुपर्दा, हाम्रो लागि आवश्यक ढाँचा भनेको पुरानो ढाँचा हो । हामीलाई त्यस्तो चर्चको आवश्यकता छ जसले आफ्नो सफलताको मापन देखिनसक्ने परिणाममा नभएर बाइबलीय विश्वासको संरक्षणमा गर्दछ । यस नयाँ (पुरानो) चर्चको ढाँचा दुई आधारभुत आवश्यकताहरू, वचन प्रचार र चेलापनमा केन्द्रित रहन्छ । स्वास्थ्य चर्चको पहिलो ५चिन्हहरू व्याख्यात्मक प्रचार, बाइबलीय ईश्वस्शास्त्र, सुसमाचारबारे बाइबलीय बुझाइ, परिवर्तनबारे बाइबलीय बुझाइ, सुसमाचार प्रचारबारे बाइबलीय बुझाइ) यी सबैले परमेश्वरको वचन ठिकसँग प्रचार गर्ने कुरालाई प्रतिबिम्बित गर्दछ । त्यसैगरी अन्तिम ४चिन्हहरू, (चर्च सदस्यता, चर्च अनुशासन, चेलापन र वृद्धिको निम्ति वास्ता र चर्च अगुवापन) यी सबैले ख्रीष्टियान पहिचान र सीमाहरूको बारेमा कसरी ठिकसँग कार्यन्वयन गर्ने भन्ने विषयमा आधारित समस्याहरूको सम्बोधन गर्दछ । उदाहरणको लागि कसरी मानिसहरूलाई चेलापनमा हुर्काउने ।
यी सबै कुराको उद्देश्य भनेको परमेश्वरको महिमाको निम्ति हो जसै हामी उहाँलाई मानिसहरू माझ चिनाउँछौँ ।
इतिहासभरि नै परमेश्वरले आफैलाई चिनाउने इच्छा गर्नु भएको छ (प्रस ७ः ५; व्यव ४ः ३४–३५; भज २२ः २१–२२; यसै ४९ः २२–२३; इज २०ः ३४–३८; यूह १७ः २६) । उहाँले यस संसारको सृष्टि गर्नुका साथै सबैकुरा उहाँको महिमाको निम्ति निर्धारण गर्नुभएको छ, र उहाँले यी सबै गर्नु उचित छ । मार्क रसले यसरी भनेका छन्: हामी परमेश्वरको प्रमाणमध्ये एक मुख्य प्रमाण हौँ । (एफिसी ४ः १–१६) मा उल्लेख गरिएको चर्चप्रति पावलको ठुलो वास्ता यही हो कि चर्चले परमेश्वरको महिमा प्रकट गर्नुका साथै प्रदर्शन गरोस् । ताकी परमेश्वरको चरित्रको बारेमा गरिएका सबै झूटा निन्दाहरू जस्तै, परमेश्वर यस कुराको योग्य हुनुहुन्न कि हामी उहाँको लागि जिउँ— जस्ता कुराको अन्त्य होस् । परमेश्वरले आफ्नो महिमा चर्चको जिम्मामा दिनुभएको छ ।
यस लेखलाई पढ्ने सबैजना, चर्च अगुवा वा साधारण ख्रीष्टियान सबैजना परमेश्वरको स्वरूपमा सिर्जना गरिएका छन् । हामीहरू विशेषगरी ख्रीष्टद्वारा परमेश्वरसँग भएको मिलापमा परमेश्वरको धार्मिक चरित्र र नैतिक स्वभावलाई सारा ब्रह्माण्डमा प्रतिबिम्बित गर्नको लागि जीवन्त चित्रको रूपमा सिर्जना गरिएका हौँ । यसैको लागि परमेश्वरले हामीलाई एकसाथ उहाँको महिमाको निम्ति बोलाउनुभएको छ ।
सम्पादकको नोटः यो लेख स्वास्थ्य चर्चको ९चिन्हहरूबाट साभार गरिएको— संशोधित अंश हो । (विटनः क्रस वे, २०००)