प्रायः म यो प्रश्न सुन्ने गर्छु कि, “व्याख्यात्मक वचनमा खण्डलाई कसरी प्रयोग गर्नुहुन्छ ?” यस प्रश्नको पछाडि धेरै शंकास्पद धारणाहरू हुन सक्छन् । प्रश्नकर्ताले आफूले सुनेको (वा प्रचार गरेको) व्याख्यात्मक वचनलाई सम्झीरहेको हुन सक्छन्, जुन कुनै बाइबल सेमिनारको व्यवस्थित र सटीक बाइबलीय शिक्षाभन्दा कुनै फरक थिएन, जसमा व्यावहारिक पक्ष भने कमै मात्र समेटिएको हुन्छ । अर्को तर्फ प्रश्नकर्ताले वचन सुन्दैगर्दा व्यावहारिक पक्षलाई कसरी ठम्याउने भनेर नै नजानेको पनि हुन सक्छ ।
विलियम पर्किन, १६ शताब्दीका क्याम्ब्रिजका महान प्युरिटियन ईश्वरशास्त्रीले प्रचारकहरूलाई विभिन्न प्रकारका श्रोताहरू जस्तैः कठोर, पापी, शंकालु, थकित, उत्साहित र अन्य धेरै प्रकारका मानिसहरूलाई ध्यानमा राखी व्यावहारिक पक्षको बारेमा विचार गर्न निर्देशन दिनुभएको थियो ।
पर्किनले दिनुभएको सुझाव धेरै उपयोगी छ, तर म यही आशा गर्छु कि, हामीले पहिल्यैबाट यी कुराहरू गर्दै आएका छौँ । व्यावहारिक पक्षलाई म थोरै फरक ढंगबाट हेर्न चाहन्छु । केवल श्रोताहरू मात्र फरक किसिमका हुँदैनन्, तर व्यावहारिक पक्षहरू पनि फरक हुन्छन् । जसै हामी परमेश्वरको वचनको खण्डलाई चयन गर्छौ र प्रष्ट, सशक्त र अत्यावश्यक ढङ्गमा व्याख्या गर्छौँ, त्यहाँ कम्तिमा पनि तिन फरक प्रकारका व्यावहारिक पक्षहरू हुन्छन्, जसले ख्रीष्टियान जीवनको यात्रामा सामना गर्नुपर्ने तिन भिन्न समस्याहरूलाई प्रतिविम्ब गर्दछ । पहिलो– हामी अज्ञानताको प्रभाव मुनि संघर्ष गछौँ । दोश्रो– हामी शङ्कासँग लडाइ गरिरहेका हुन्छौँ । र तेस्रो– हामी पापसँग संघर्ष गरिरहेका हुन्छौँ– चाहे त्यो प्रत्यक्ष अनाज्ञाकारिता कार्यद्वारा वा पापमय लापरबाहीको कारणद्वारा । एक प्रचारक हुनुको भावले हामीले प्रत्येक चोटी वचन प्रचार गरेसँगै हाम्रा श्रोता र स्वयं आफूमा पनि यी तिनै पक्षहरूमा परिवर्तन आएको हेर्ने आकांक्षा हुन्छ । र यी तिन समस्याहरूले विभिन्न प्रकारका वैधानिक व्यावहारिक पक्षहरूलाई जन्माउँछ ।
अज्ञानता
यस पतित संसारको मूल समस्या भनेको नै अज्ञानता हो । हामीले परमेश्वरलाई हामीबाट टाढा बनाएका छौँ । हामीले हाम्रो सृष्टिकर्तासँगको संगतिबाट आफैलाई अलग्याएका छौँ । त्यसैकारण यो कुनै आश्चर्यजनक कुरा होइन कि, मानिसहरूलाई परमेश्वरको सत्यताको बारेमा बताउनु आफैमा एक शक्तिशाली व्यावहारिक पक्ष हो, र हाम्रो लागि सबैभन्दा बढी अत्यावश्यक कुरा पनि । यो कुनै चिसो र जोशरहित वचनको लागि बहाना होइन । म जति अत्यावश्यक आज्ञाहरूले उत्साहित हुन्छु, त्यति नै संकेतार्थ कथनले पनि हुन्छु । परमेश्वर, हामी र ख्रीष्टको संकेतार्थ कथनबाट अलग रहेर सुसमाचारको आज्ञा, ‘पश्चाताप गर र विश्वास गर’ ले कुनै अर्थ राख्दैन । यसैकारण संकेतार्थ कथन महत्वपूर्ण छ । हामी सत्यताको शिक्षा दिन र परमेश्वरको बारेमा विशाल सन्देश घोषणा गर्नको निम्ति बोलाइएका छौँ । मानिसहरूले हाम्रो सन्देश सुनेको हामी चाहान्छौं, ताकी तिनीहरू सत्यतादेखि अज्ञानताबाट ज्ञाता मानिसहरू बनून् । यसरी हृदयस्पर्शी ढङ्गमा जानकारी दिने कुरा नै व्यावहारिक पक्ष हो ।
शंका
शंका र अज्ञानता फरक–फरक कुरा हुन् । शङ्कामा हामीले आफूले जानेको वा परिचित विचार र सत्यताहरू माथि प्रश्न गर्छौं । यसप्रकारको प्रश्न ख्रीष्टियानहरू माझ दुर्लभ भने छैन । वास्तवमा भन्नुपर्दा शंका गम्भिर रूपमा विचार गर्नुपर्ने र हाम्रो प्रचारमा विस्तृत रूपमा चुनौती दिनुपर्ने महत्वपूर्ण विषय हुनसक्छ । केही मानिसहरू जसले हरेक हप्ता वचन सुन्छन्, तिनीहरूले ख्रीष्ट वा परमेश्वर वा ओनेसिमसको बारेमा आफ्ना प्रचारकले बताए अनुसार सबै सत्यताहरू राम्रोसँग जानेका हुन सक्छन् । तरै पनि ती कुराहरू वास्तवमै सत्य हुन् या होइनन् ? भनी तिनीहरूले शंका गरिरहेका हुन सक्छन् । कहिले कहिँ मानिसहरू आफ्ना शङ्काको बारेमा अनजान नै पनि हुन सक्छन् वा त ती कुराहरूलाई शङ्काको रूपमा नबुझिरहेको पनि हुनसक्छन् ।
तर जब हामी पवित्र धर्मशास्त्रमा खोज्दै विचार गर्न थाल्छौ, तब अन्धकारमा रुमलिइरहेको प्रश्न, अनिश्चितता र हिचकिचाहट भेटाउँछौं र शङ्काको गुरुत्वाकर्षणको बारेमा सचेत हुन्छौं, जसले हामीलाई हाम्रो ख्रीष्टियान जीवनको पथबाट टाढा लैजान्छ ।
यस किसिमका मानिसहरू, सम्भवतः हाम्रै हृदयको यसप्रकारको विचारहरूलाई हामी परमेश्वरको वचनको अत्यावश्यकता बारेमा तर्क गर्दै परमेश्वरको वचनको सत्यतामा विश्वास गर्नलाई आग्रह गर्न चाहान्छौं । हामी हाम्रा श्रोताहरूलाई परमेश्वरको वचनको सत्यता तर्फ केन्द्रित गर्नको निम्ति बोलाइएका हौँ । हामी चाहन्छौ कि, हाम्रो वचन सुन्ने मानिसहरूले आफ्ना शंका पूर्ण विश्वासमा परिवर्तन गरुन् । यसप्रकारको अत्यावश्यक खोजमूलक सत्यताको प्रचार वचनको व्यावहारिक पक्ष हो ।
पाप
यस पतीत संसारको अर्को समस्या भनेको पाप हो । अज्ञानता र शंका आफैमा एउटा निश्चित पाप, निश्चित पापको परिणाम वा दुवै नहुन पनि सक्छ । तर पक्कै पनि, पाप अज्ञानता र शंका यी दुवै भन्दा ठुलो छ ।
यस कुरामा पक्का हुनुहोस् कि, तपाईंको वचन सुनिरहेको मानिसहरूले बितेको हप्तामा परमेश्वर प्रति आज्ञाकारी हुन संघर्ष गरिरहेका थिए र तिनीहरूले आउने हप्तामा पनि संघर्ष गर्ने नै छन् । तिनीहरूले संघर्ष गर्ने पापहरू विभिन्न प्रकारका हुनसक्छन्, कुनै कार्यमा देखिने अनाज्ञाकारिता त कुनै नैतिक अनाज्ञाकारिता । तर, चाहे त्यो कुनै काम गरेर या केही नगरी गरिएको पाप होस्, पाप भनेको परमेश्वर प्रतिको अनाज्ञाकारिता हो ।
प्रचारको एउटा भाग भनेको परमेश्वरका मानिसहरूलाई पवित्रताको जीवनको लागि चुनौती दिनु हो । जसले परमेश्वरको पवित्रतालाई प्रतिबिम्बित गर्नेछ । त्यसकारण पवित्र धर्मशास्त्रको खण्डबाट व्यावहारिक पक्ष निकाल्नु भनेको त्यस खण्डबाट यस हप्ता भरिको लागि मार्ग निर्देशनलाई निकाल्नु हो । हामी प्रचारकहरूको रूपमा परमेश्वरका मानिसहरूलाई उहाँको वचनमा आज्ञाकारी हुन प्रोत्साहन गर्न बोलाइएका छौँ । हामी हाम्रा श्रोताहरू पापी, अनाज्ञाकारि व्यक्तिबाट उहाँको वचनमा प्रकट भएको उहाँको इच्छा अनुसार परमेश्वरमा आनन्दित, आज्ञाकारि व्यक्तिमा परिवर्तन भएको चाहन्छौँ । आज्ञाकारिताको लागि यस्तो प्रोत्साहन अवश्य पनि व्यावहारिक पक्ष हो ।
सुसमाचार
हामीले प्रत्येक पटक प्रचार गर्दा प्रचार गर्नुपर्ने मुख्य सन्देश भनेको सुसमाचार हो । केही मानिसले अझै पनि येशू ख्रीष्टको असल सन्देश सुनेका छैनन् । र कति जना त तपाईंको प्रचारको समयमा निदाइरहेको वा ध्यान नदिईरहेको पनि हुन सक्छ । तिनीहरू सबै जना सुसमाचारको बारेमा जानकार गराइनुपर्छ । तिनीहरूलाई सुसमाचारको बारेमा बताउनुपर्छ ।
केहीले सुनेर, बुझेर र सायद विश्वास पनि गरेका हुन सक्छन्, तर तपाईंले आफ्नो प्रचारमा समावेश गर्नुभएको विभिन्न कुराहरू माथि विश्वास गर्न गार्हो भइरहेको पनि हुनसक्छ । त्यस्ता मानिसहरूलाई पनि ख्रीष्टको सुसमाचारको सत्यतामा विश्वास गर्न प्रोत्साहन गर्नुपर्दछ ।
त्यसैगरी, मानिसहरूले सुनेका र बुझेका हुन सक्छन्, तर उनीहरूका पापहरूको पश्चात्ताप गर्न ढिलो गरिरहेका हुन सक्छन् । तिनीहरूले सुसमाचार सन्देशको सत्यतालाई स्वीकार पनि गरेका हुन सक्छन्, तर आफ्ना पापहरू त्याग्न र ख्रीष्टमा भरोसा गर्न नचाही रहेका हुन सक्छन् । त्यस्ता श्रोताहरूका लागि, तपाईंले बताउन सक्ने सबैभन्दा शक्तिशाली व्यावहारिक पक्ष भनेको तिनीहरूलाई तिनीहरूका पापहरूलाई घृणा गर्न र ख्रीष्ट तर्फ दौडन प्रोत्साहन दिनु हो । हाम्रा सबै वचनहरूमा, हामीले जानकारी दिएर, आग्रह र प्रोत्साहन गरेर सुसमाचारलाई लागू गर्न खोज्नुपर्छ ।
हामी प्रचारकहरूले हाम्रो वचन प्रचारमा सामना गर्ने एउटा साझा चुनौती भनेको परमेश्वरको वचनलाई व्यावहारिक पक्षमा लागू गर्ने कुरा हो । तपाईंले कुनै एक निश्चित समस्याबाट गुज्री रहेको व्यक्तिको समस्यालाई सम्बोधन नगर्नु भएको कारण उसले वचनलाई व्यावहारिक पक्षमा लागू गर्नु भएन भनी विचार गर्नसक्छ । के तिनीहरू सही छन् ? यदि तपाईं हरेक वर्गलाई धेरै पटक वा धेरै राम्ररी सम्बोधन गर्न थाल्नुभयो भने तपाईंको प्रचारमा सुधार हुन सक्छ, तर यसो भन्दै गर्दा तपाईंले आफ्नो प्रचारमा मानिसहरूलाई पापको बारेमा बताउन र त्यसलाई त्याग्नको लागि प्रोत्साहन गर्नमा भने कुनै गल्ति छैन ।
अन्तिम नोट– हितोपदेश २३ः१२ ले भन्छ, “तेरो हृदय अर्तितिर लगा र तेरा कान ज्ञानका वचनतिर लगा ।” अङ्ग्रेजी बाइबलमा “लगा” अनुवाद गरिएका शब्दहरूले प्रायः सधैँ (सायद सधैँ ?) प्रचारक, पवित्र आत्मालाई भनिरहेको छैन, तर वचन सुन्नेलाई भनिरहेको छ । हामी हाम्रो हृदयमा वचन लागू गर्न, र त्यो काममा आफैलाई लागू गर्न बोलाइएका छौँ ।