बजार” मा खोज तलास गरेझैँ चर्चको खोजी गर्न बन्द गर्नुहोस् ।

हाम्रा उपभोक्ता समाजमा, जहाँ प्रचलित ज्ञानले भन्छ कि हामी उत्पादन वा ब्रान्डप्रति वफादार हुनुपर्छ जबसम्म हाम्रा आवश्यकता र स्वादहरू सन्तुष्ट हुन्छन्, चर्च जानेहरूका लागि चर्च छाड्नुका लागि कम परिधि हुन सजिलो हुनसक्छ । अलिकति बेमेल वा असुविधाको प्राथमिकताहरूको कारणले पनि चर्च जाने व्यक्तिलाई अवास्तविक; भ्रामक सिद्ध चर्चको खोजीमा चर्च चहारी हिँड्न प्रेरित गर्नसक्छ । मण्डली छोड्नुको राम्रो कारणहरू पनि छन् र त्यहाँ खराब कारणहरू पनि छन् । केही सामान्य, तर अन्ततः नराम्रो कारणहरू के छन्, किन हामी हाम्रो वर्तमान चर्च छोड्न प्रलोभनमा पर्न सक्छौँ ? त्यसका सात कारणहरू यस प्रकार छन् :

१. अरू चर्च जानेहरूले तपाईंलाई रिस उठाउँछन्


ख्रीष्टियान चर्चको सबैभन्दा प्रतिसांस्कृतिक (संस्कृति विरोधी) र चुनौतीपूर्ण पक्षहरूमध्ये एक यो हो कि यसले विविध पृष्ठभूमिका मानिसहरूलाई एकसाथ ल्याउँछ – सुसमाचारले यो गर्छ । यसको मतलब यो सम्भव हुन्छ कि तपाईं ती व्यक्तिहरूसँग आराधना गरिरहेको हुनेछ जससँग तपाईं सामान्यतया कहिल्यै अन्तरक्रिया गर्न समेत चाहनुहुन्न । यो अप्ठ्यारो र चिढाउने किसिमको हुनसक्छ । तर यसले तपाईंलाई तपाईं जस्तै मानिसले भरेको चर्च छोड्न र खोज्नको लागि प्रेरित नगरोस् । त्यसो गर्नु भनेको सुसमाचारको प्राकृतिक विभाजन रेखाहरूमा समानता र एकताको शक्तिलाई कमजोर पार्नु हो (हेर्नुहोस् गलाती ३) ।

चर्च हामीले के पाउन सक्छौँ भन्ने बारेमा नभई हामीले चर्चलाई के दिन सक्छौँ भन्ने बारेमा हुनुपर्दछ ।

२. तपाईंको “विचारलाई” पर्याप्त रूपमा समर्थन गरिदैन


धेरै मानिसहरूले त्यतिखेर चर्च छोड्छन् जब उनीहरू एक विचार पेश गर्न वा धार्मिक क्रुसेडहरू चलाउन द्वन्द्व सुरु गर्छन् । हुनसक्छ कि चर्चको अगुवाले स्पष्टसँग भन्दैनन्, वा मण्डली समूहमा तपाईंको उद्देश्यप्रति थोरै मात्र रुचि छ । त्यो ठिक छ, चर्च नछोड्नुहोस् र तपाईंको विचारसँग चल्नसक्ने अर्को चर्चको खोजी नगर्नुहोस् । बरु, चर्चमा अवस्थित कुनचाहिँ गतिविधिले पहिले नै पकड बनाएको रहेछ भने, त्यसको पछि किन नलाग्ने त ?


३. आराधनाको तरिका तपाईंको रूचि अनुसार छैन


चाहे त्यो मधुर वा चर्को सङ्गीत होस्, अति विषयगत वा अति व्याख्यात्मक प्रचार, वा अन्य स्वाद नमिल्ने अभिरुचीको लामो सूची होस् । मानिसहरूले चर्च छाड्नुका एउटा ठूलो कारण भनेको आराधनाप्रतिको निराशा हो । तर, यो त्यस्तो नहुनुपर्ने हो । सत्यता यो हो की, कसैको आरामदायी क्षेत्र र तरिका बाहिर आराधनाको प्राथमिकता स्वस्थ हुनसक्छ, हाम्रो आफ्नै उपभोक्ता इच्छाहरूमा भन्दा बढी परमेश्वरको बारेमा अधिक आराधना गर्न सकिन्छ ।


४. नजिकै एक चलनचल्तीको चर्च खोलियो


म दक्षिण क्यालिफोर्नियामा पटकपटक देखिरहेको हुन्छु कि त्यहाँका मानिसहरू थोरै समयको लागि एउटा चर्चमा जान्छन्, शायद एक वा दुई वर्षको निम्ति । तर फेरि उनीहरूको त्यो जोस सेलाउँछ । उनीहरू दिक्क मान्न थाल्छन् । शहरमा एक नयाँ, राम्रो-ब्रान्डेड आधुनिक डिजिटल ध्वनिसहित प्रख्यात अगुवाको सहभागितामा नयाँ चर्च खोलिन्छ र ती दिक्क महसुस गर्ने व्यक्तिहरू नयाँ स्वाद चाख्नको लागि पुरानो चर्च छोडेर त्यहाँ जान्छन् । यो किन खराब विचार हो ? किनभने यो प्रक्रिया अनन्तसम्म निरन्तर चलिरहन्छ । आजको प्रचलित चलनचल्तीको चर्च भोलिको दिक्क लाग्ने बन्नेछ ।

. तपाईंको मनपर्ने पास्टरले छोड्नुभयो

आफूलाई मनपर्ने पास्टर चर्च सुरुवातको लागि एउटा सामान्य प्रेरणा हुनसक्छ । यस प्रकारको व्यक्तित्वको पूजा गर्ने चलन अमेरिकी चर्चहरूमा प्रशस्त छन् । सेलिब्रेटी पास्टरहरूले स्वाभाविक रूपमा सेमिनार-गोष्टीहरू र पुस्तकहरू प्रयोग गरेर ठूलो भीडलाई आकर्षित गर्छन् । र जब उनीहरूले चर्च छाड्छन् तब भीडले उनीहरूलाई पछ्याउँछ । तर पास्टरहरू जति नै प्रभावशाली भए पनि चर्च अनुभवलाई एउटा पास्टरको उपस्थितिमा लक्षित गर्नु अस्वस्थ हुन्छ । चर्च केवल एक पास्टरको बारेमा मात्र होइन ।


. अब चर्चप्रति तपाईंको मन छैन


म प्रायः चर्चबाट निस्केर गएका ती मानिसहरूबाट सुन्ने गर्छु कि अब उनीहरूको मन चर्चप्रति छैन । तिनीहरू केवल “लापरवाही” छन् । तिनीहरूको लागि चर्च जाने कुरा अनिवार्य, नितीवाद र अप्रमाणिक जस्तो लाग्छ र तिनीहरू जान छोड्छन् । तर यी भावनाहरू “साँचो” भए पनि, यो एउटा चर्च छोड्ने खराब कारण हो । किन ? किनकि जीवनमा हरेक सम्बन्धमा र प्रतिबद्धतामा यस्तो मौसम आउँछ जहाँ कसैको पनि मन “उसमा” उस्तै हुँदैन जस्तो सुरुवातमा थियो । तर, त्यो सामान्य हो । र यो नै हार मान्नुको लागि यथेष्ट कारण होइन ।

. तपाईंले शनिबारको सेवाबाट खासै लाभ पाउनुभएन

“चर्च सेवाबाट मैले के पाएको छु” भन्ने सन्दर्भमा चर्च सेवाको बारेमा कुरा गर्नु सामान्य भैसकेको छ । उदाहरणका लागि, हामी चर्चपछि एकअर्कालाई यसरी सोध्छौँ, कि “तिमीले आजको सेवाबाट के पायौँ त ?” तर यस्तो विचार अरू केही नभएर चर्चमा लागू भएको उपभोक्तावाद हो । यसले चर्चलाई हामीले “सेवाबाट के प्राप्त गर्न सक्छौँ” भन्ने अर्थमा प्रस्तुत गरिदिन्छ, र जब चर्चले स्पष्ट रूपमा हाम्रो जीवनका लागि व्यावहारिक पाठहरू अथवा हाम्रो जीवनमा थप मूल्य प्रदान गर्न छोड्छ, तब हामी यसलाई नै चर्च छोड्ने उचित कारण ठान्छौँ । तर चर्चबाट हामीले के पाउन सक्छौँ भन्ने बारेमा नभई हामीले चर्चलाई के दिन सक्छौँ भन्ने बारेमा हुनुपर्दछ । । हामी कसरी चर्चको सेवा गछौँ, र कसरी शरीर निर्माण गछौँ भन्ने बारेमा हुनुपर्छ ।


ब्रेट म्याकक्राकेन द गोस्पल कोलिसनका एक प्रमुख सम्पादक र, अन्कम्फर्टेबल हिपस्टर ख्रीष्टियानिटिका, र ग्रे म्याटर्स जस्ता पुस्तकका लेखक हुनुहुन्छ । उहाँ आफ्नो परिवारसँग दक्षिण क्यालिफोर्नियामा बस्नुहुन्छ, जहाँ उहाँ साउथल्यान्ड्स चर्चमा एक एल्डरका रूपमा सेवा गर्नुहुन्छ ।

आफ्नो माया साझा गर्नुहोस्
ब्रेट म्याकक्राकेन
ब्रेट म्याकक्राकेन

द गोस्पल कोलिसनका प्रमुख सम्पादक र अन्कम्फर्टेबल हिपस्टर ख्रीष्टियानिटिका र ग्रे म्याटर्स जस्ता पुस्तकका लेखक हुनुहुन्छ । उहाँ आफ्नो परिवारसँग दक्षिण क्यालिफोर्नियामा बस्नुहुन्छ, जहाँ उहाँ साउथल्यान्ड्स चर्चमा एक एल्डरका रूपमा सेवा गर्नुहुन्छ ।

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।