प्रचारमा परमेश्वरको सर्वोच्चता
जोन पाइपर
इतिहासका महान् प्रचारकहरूको उदाहरणमार्फत पाइपरले हामीलाई परमेश्वर-केन्द्रित सेवातर्फ फर्काउँछन्।
यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।
प्रचारमा परमेश्वरको सर्वोच्चता
प्रचारमा परमेश्वरको सर्वोच्चता” पुस्तकले प्रचारकहरूलाई जोनाथन एडवर्ड्स र चार्ल्स स्पर्जनले देखाएको परमेश्वरकेन्द्रित, बाइबलमा आधारित मापदण्डतर्फ फर्काउँछ।
यस परिमार्जित संस्करणमा, बेथलेहेम बप्तिस्ट चर्चमा ३३ वर्षको आफ्नो सेवाका अनुभवहरूमा आधारित जोन पाइपरको महत्वपूर्ण चिन्तन समावेश गरिएको छ।
अनुमोदनहरू,
कहिलेकाहीँ, सेवकहरूको लागि लेखिएको थुप्रै पुस्तकहरूमध्ये एउटा यस्तो कृतिको रूपमा देखा पर्छ, जुन प्रचारको बोलावटको लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ, अनि जसको बारेमा निर्धक्कसाथ यसरी भन्न सकिन्छः ‘यो अनिवार्य रूपमा पढ्नुपर्ने पुस्तक हो।’ प्रचारमा परमेश्वरको सर्वोच्चता’ यस्तै पुस्तकहरूमध्येको एक हो।
सिङ्क्लेयर फर्ग्यूसन, सुव्यवस्थित ईश्वरशास्त्रका उपकुलपति-प्रध्यापक, रिफर्ड थियोलोजिकल सेमिनरी; लिगोनियर मिनिस्ट्रीका शिक्षकहरूमध्ये एक
प्रचारमा परमेश्वरको सर्वोच्चता सुसमाचारको सेवकाइको बारेमा लेखिएको अपरिहार्य पुस्तकहरूमध्ये एक हो।
फिलिप ग्राहम राइकेन, अध्यक्ष, ह्विटन कलेज
जोन पाइपरले एकदमै जोस र साहसका साथ प्रचारको हरेक विधि र सन्देशमा परमेश्वरलाई सर्वोच्च बनाउनको लागि सबै प्रचारकहरूलाई आह्वान गर्छन् । यो योजना एक पतित संसारको नजरमा धेरै सरल भए तापनि एक विश्वासयोग्य प्रवक्ताको लागि अनदेखा गर्न नसक्ने गरी शक्तिशाली छ।
ब्रायन च्यापल, सेवानिवृत्त पास्टर, ग्रेस प्रेस्बाइटेरियन चर्च, पियोरिया, इलिनोइ
थप जानकारी
- लेखक: जोन पाइपर
- स्वरूप: मुलायम कभर
- (ISBN) नम्बर: 9789937-9813-9
- पृष्ठ संख्या: 130
- भाषा: नेपाली
- प्रकाशन: गोस्पल पब्लिकेशन
लेखक
जोन पाइपर desiring God.org का संस्थापक तथा मिनियापोलिस, मिनेसोटामा रहेका बेथेलेहेम कलेज र सेमिनारीका कुलपति हुनुहुन्छ। उहाँले बेथेलेहेम व्याप्टिस्ट चर्चको पास्टरको रूपमा तेत्तिस वर्षसम्म सेवा गर्नुभयो, र उहाँ पचासभन्दा बढी पुस्तकहरूको लेखक हुनुहुन्छ । तिस वर्षभन्दा बढी समयावधिमा उहाँले प्रचार गर्नुभएको प्रवचन र उहाँका लेखहरू desiring God.org मा उपलब्ध छन् ।
जोन पाइपरद्वारा लिखित उपलब्ध पुस्तकहरू,
Reviews
There are no reviews yet.