परमेश्वरले हाम्रो जीवनमा आउने सबै परीक्षालाई रोक्न सक्नुहुन्छ । तैपनि उहाँले रोक्नुहुन्न । किन ? यो हरेक विश्वासीले ध्यान दिनुपर्ने प्रश्न हो । विशेषगरी, यदि तपाईं परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ भनेर विश्वास गर्नुहुन्छ भने, उहाँले किन हाम्रो जीवनमा परीक्षाहरू आउन दिनुहुन्छ ? विभिन्न प्रकारका समस्याहरू किन आउन दिनुहुन्छ ?


यस प्रश्नसँग मिल्दो, सन् १९९६ मा बेथलेहेम ब्याप्तिष्ट चर्चको १२५ औँ वार्षिक उत्सवको अवसरमा पास्टर जोनले प्रचार गर्नुभएको वचनलाई पनि हामी हेर्नेछौँ । पास्टर जोनले यर्मिया ३२ः३६–४२ बाट प्रचार गर्नुभएको थियो । वचनको परिचयसँगै उहाँले एउटा कविता र व्यक्तिगत कथा पनि वाचन गर्नुभएको थियो । जुन यसप्रकार छ :

यस उत्सवको उद्देश्य भनेको परमेश्वरको सम्हाल्ने अनुग्रहको उत्सव मनाउनु हो । र मेरो पहिलो प्रश्न यो छ कि, सम्हाल्ने अनुग्रह भनेको के हो ? म यस प्रश्नको उत्तर मैले लेखेको ४ लाइन कविताबाट दिन चाहन्छु ।

अनुग्रहले रोक्दैन जे सुख होइन,
न त दिन्छ सबै सङ्कटबाट छुटकारा,
अनुग्रह जसको आज्ञामा छ समस्या र पीडा
अन्धकारमा, हामीलाई सम्हाल्न छ त्यहाँ ।

मैले यस कुरामा जोड दिनुको कारण यही हो कि अनुग्रह जसले दुखलाई रोक्छ, जसले हाम्रो सबै पीडा र कष्टबाट हामीलाई छुटकारा दिन्छ, त्यो अनुग्रह साधारण रूपमा झूटो र अवास्तविक हुन्छ । बाइबल र हाम्रो अनुभवले यही बताउँछ कि अनुग्रहले पीडालाई रोक्दैन, तर त्यसलाई व्यवस्थित गर्दछ, नाप्दछ र अन्धकारमा हामीलाई सम्हाल्छ ।

कार दुर्घटना

उदाहरणको लागि, मेरा मित्र बबले हामीसँग बाँध्नुभएका कुरा म तपाईंहरूसँग बाँड्न चाहन्छु । उहाँले हामीलाई भन्दै हुनुहुन्थ्यो कि परमेश्वरले विभिन्न समयमा मद्दतको निम्ति उहाँको जनहरूलाई जुटाउनुहुन्छ । १० वर्षअघि उहाँको छोरीको गम्भीर दुर्घटना भएको थियो, त्यतिखेर उनी मर्न पनि सक्थिन् तर त्यही समयमा उनको कार पछाडिको अर्को कारमा एकजना डाक्टर थिए, र घटनास्थलमा त्यस डाक्टरले पुर्याएको मद्दतद्वारा उनको ज्यान जोगियो । केही वर्षपछि उनको छोरीको विवाह पनि भयो । विवाह भइरहेको समयमा उनले आफ्नो छोरीको शरीरमा चोटको सानो दागहरू देखे र उनले आफ्नो छोरीलाई भने, “यी सम्हाल्ने अनुग्रहको चिन्हहरू हो ।”

बबले भनेको यस कुरालाई विचार गर्ने हो भने, हामी विचार गर्न सक्छौँ कि, यदि परमेश्वरले कारको पछाडिको अर्को कारमा एक डाक्टर जुटाउन सक्नुहुन्छ भने, उहाँले पहिल्यै यी सबै कुरा हुनबाट किन रोक्नुभएन ।

म तपाईंलाई फेरी अर्को कथा बताउन चाहन्छु । दुई हप्ताअघि, नोएल, अब्राहाम, बारनाबास र तलिता एउटै कारमा सवारी गरिरहेका थिए । यात्राको क्रममा कार तीनपटक बिग्रियो । रात पर्नै लागेको थियो र तिनीहरू शहरबाट टाढा उजाड स्थानमा थिए । सोही समय एक ६७ वर्षीय किसानले उनीहरूलाई आएर भने, “म केही मद्दत गर्न सक्छु कि ?”

नोएलले भने, “यता कतै होटल र ग्यारेज छ होला ?”

तब त्यस किसानले भने, “यदि तपाईंहरू चाहनुहुन्छ भने मेरो घरमा आएर बस्न सक्नुहुन्छ ।”

नोएलले भने, “हैन तपाईंलाई किन समस्यामा पार्नु, हामीलाई यता कतै होटलमा बस्न पाए हुन्छ ।”

किसानले कर गर्दै भने, “परमेश्वरको वचनले भन्छ, खाँचोमा परेका मानिसहरूको सेवा गर्नु भनेको उहाँको सेवा गरेझैँ हो ।”

नोएलले इन्कार गर्न नसकेर भने, “त्यसो भए के हामी तपाईंसँग भोलि चर्च जान सक्छौँ ?”

तब त्यस किसानले भने, “ब्याप्तिष्ट चर्च जानुहुन्छ ?”

ती जवान किसान मात्र नभएर एक अवकाश प्राप्त मेकानिक पनि थिए र उनैले बिग्रिएको कार पनि सित्तैमा बनाइदिए ।

यदि परमेश्वरले त्यस अवस्थामा एक ख्रीष्टियान किसानलाई जुटाउन सक्नुहुन्छ जो मेकानिक थिए, जसले आफ्नो घरको ढोका खाँचोमा परेकाहरूको निम्ति खुला राखे । परमेश्वरले यी सबै झन्झटबाट नोएल र उनको साथीहरूलाई बचाउन सक्नुहुन्थ्यो तर उहाँले किन यस्तो गर्नुभएन, किन भने…

अनुग्रहले रोक्दैन जे सुख होइन,
न त दिन्छ सबै सङ्कटबाट छुटकारा,
अनुग्रह जसको आज्ञामा छ समस्या र पीडा
अन्धकारमा, हामीलाई सम्हाल्न छ त्यहाँ ।

आफ्नो माया साझा गर्नुहोस्
जोन पाइपर
जोन पाइपर

जोन पाइपर desiringGod.org का संस्थापक तथा प्रमुख शिक्षक साथै मेनेसोटा, मिनियापोलिस USA मा अवस्थित बेथलेहेम कलेज र सेमिनरीका कुलपति हुन् । ३३ वर्षसम्म उनले बेथलेहेम बप्तिस चर्चमा पास्टरको रूपमा सेवा गरे । उनी जीवित पुस्तक साहित ५० भन्दा बढी पुस्तकहरूका लेखेक हुन् ।

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।