बाह्र असाधारण स्त्रीहरू

Original price was: NPR 400.00.Current price is: NPR 299.00.

-जोन मकार्थर

बाइबलले स्त्रीहरूलाई आदर र सम्मानका साथ प्रस्तुत गर्छ। उनीहरू परमेश्वरको स्वरूपमा सृजित, प्रभावशाली, र सम्मानित सहयोगी हुन्। यस पुस्तकमा उल्लेखित सबै स्त्रीहरू यही सत्यताको उदाहरण हुन्।

“उच्च चरित्र भएकी पत्नी कसले पाउन सक्छ ? तिनी मानिकभन्दा पनि अति नै बढी मूल्यकी हुन्छिन् । तिनका पतिले तिनीमाथि पूरा भरोसा गर्छन्, र उनलाई कुनै असल कुराको अभाव हुँदैन। तिनले आफ्नो जीवनकालभरि नै उनको भलो गर्छिन्, कुभलो होइन। तिनले ऊन र सनपाट चुनेर आफ्ना हातहरूले उत्सुकतासाथ काम गर्छिन्।” हितोपदेश ३१:१०-१३

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

*Shipping will start from 22 August onwards

बाह्र असाधारण स्त्रीहरू

बाइबलको एउटा अनौठो विशेषता भनेको यसले स्त्रीहरूलाई सम्मान गर्दछ। धर्मशास्त्रले स्रीलाई तुच्छ ठान्ने वा होच्याउने होइन, तर विशेष रूपमा आदर गरेको देखिन्छ। यसले समाज र परिवारमा स्त्रीको भूमिकालाई महत्त्व दिएको छ, उनीहरूको प्रभावको महत्त्वलाई स्वीकार गरेको छ, र विशेष गरी भक्तिपूर्ण जीवन जिएर उदाहरण बन्ने स्रीहरूको गुणहरूको प्रशंसा गरेको छ। बाइबलको पहिलो अध्यायदेखि नै हामीलाई सिकाइएको छ कि, स्रीहरू पनि पुरुषहरू जस्तै परमेश्वरको स्वरूपधारक हुन् (उत्पत्ति १:२७; ५:१-२)। बाइबलका धेरै महत्त्वपूर्ण घटनाहरूमा स्रीहरूले प्रमुख भूमिका खेलेका छन्। पत्नीहरूलाई आफ्ना पतिहरूका दासी वा घरेलू वस्तुको रूपमा नभई, एउटा सम्मानित सहयोगी र प्रिय साथीको रूपमा प्रस्तुत गरिएको छ (उत्पत्ति २:२०-२४; हितोपदेश १९:१४; उपदेशक ९:९) । धर्मशास्त्रले स्त्रीलाई स्त्रीको रूपमा सम्मान गर्छ, र उनीहरूलाई आफ्ने अद्वितीय तरिकामा सम्मानित हुन प्रेरित गर्दछ (हितोपोदेश ३१:१०-३०)। यस पुस्तकमा उल्लेख गरिएका प्रत्येक स्रीले यो सत्यतालाई कुनै न कुनै तरिकामा प्रस्तुत गरेका छन्

macarthur john

जोन मकार्थर आजका प्रमुख बाइबल शिक्षकहरूमध्ये एक हुनुहुन्छ, जसले लाखौँ मानिसहरूको जीवनलाई परिवर्तन गर्ने थुप्रै पुस्तकहरू लेख्नुभएको छ । उहाँ क्यालिफोर्नियाको सन भ्यालीस्थित ग्रेस कम्युनिटी चर्चका पास्टर-शिक्षक, साथै द मास्टर्स कलेज एण्ड सेमिनारीका अध्यक्ष पनि हुनुहुन्छ। उहाँ प्रेस टु यू सेवकाइका अध्यक्ष पनि हुनुहुन्छ । उहाँले नै द मकार्थर अध्ययन बाइबल का टिप्पणीहरू लेख्नुभएको हो, र त्यो बाइबलको ५,००,००० भन्दा बढी प्रतिहरू बिक्री भइसकेका छन्। जोन र उहाँकी पत्नी पेट्रीसियाका चार जना छोराछोरी (सबै विवाहित) र चौध जना नातिनातिना छन् ।

थप जानकारी
  • लेखक: जोन मकार्थर
  • स्वरूप: मुलायम कभर
  • (ISBN) नम्बर: 9789937-9813-8-5  
  • पृष्ठ संख्या: 216
  • भाषा: नेपाली
  • प्रकाशन: गोस्पल पब्लिकेशन

गोस्पल पब्लिकेशनमा जोन मकार्थरद्वारा लिखित नेपाली पुस्तकहरू

Screenshot 2024 05 13 114516    WhatsApp Image 2025 06 30 at 10.44.56 4fc5ca3d

Book Author

Format

ISBN

9789937-9813-8-5

Language

Pages

216

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “बाह्र असाधारण स्त्रीहरू”

Your email address will not be published. Required fields are marked *