बाह्र साधारण पुरुषहरू

Original price was: NPR 600.00.Current price is: NPR 250.00.

-जोन मकार्थर

The book “Twelve Ordinary Men” by John MacArthur has been translated into Nepali with the title “बाह्र साधारण पुरुषहरू” (Bāhra Sādhāraṇ Puruṣharū).

प्रभुले आफ्ना चेलाहरूलाई महान् कामको लागि कसरी तयार पार्नुभयो, र उहाँ तपाईंको जीवनमा के गर्न चाहनुहुन्छ ।

यो पुस्तक खरिद गर्न हामीलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

बाह्र साधारण पुरुषहरू, यी पुरुषहरू को थिए ?

चेलाहरूको बारेमा सबैभन्दा रोचक कुरा के छ भने, तिनीहरू सबैलाई येशूले चुन्नुभयोः तिनीहरूमध्ये कोही सामान्य मछुवा, कोही कर उठाउने, र कोही आवेगी राजनैतिक उग्रपन्थी थिए ।

जब तपाईं यी चेलाहरूलाई कुनै पूर्वाग्रहबिना नयाँ दृष्टिकोणले हेर्नुहुन्छ, तब तपाईंले चकित पार्ने सत्यता फेला पार्नुहुनेछः कि उद्धारकर्ताले चुन्नुभएका ती पुरूषहरू एकदमै साधारण, असिद्ध, र उल्लेख गर्न अयोग्य थिए । तर, प्रभुले बोलाउनुहुँदा तिनीहरू हाजिर र आज्ञाकारी थिए ।

र येशूको शिक्षा र सङ्‌गतले गर्दा तिनीहरू संसारलाई सधैँको लागि परिवर्तन गर्ने शक्ति बने ।

आजका सबैभन्दा भरपर्दो बाइबल शिक्षकहरूमध्ये एकद्वारा लेखिएको यो पुस्तकले तपाईंलाई चेलाहरूसित पहिले कहिल्यै नगरे जस्तोगरी आमनेसामने भेट गराउँछ । तपाईं तिनीहरूको ठाउँमा रहेर अनुभव गर्नुहुनेछ । तपाईंले तिनीहरूको शङ्‌का र आशाहरू बुझ्नुहुनेछ । र तपाईंले येशूको वचनको शक्तिलाई पूरै नयाँ तरिकामा सुन्नुहुनेछ ।

बाह्र साधारण पुरुषहरूको सन्देश एकदमै स्पष्ट छ । यदि ख्रीष्टले यस्ता साधारण पुरुषहरूको जीवनबाट आफ्नो उद्देश्य पूरा गर्न सक्नुहुन्छ भने, कल्पना गर्नुहोस्, उहाँले तपाईंको लागि के भण्डार गरेर राख्नुभएको छ होला ।

macarthur john

जोन मकार्थर आजका प्रमुख बाइबल शिक्षकहरूमध्ये एक हुनुहुन्छ, जसले लाखौँ मानिसहरूको जीवनलाई परिवर्तन गर्ने थुप्रै पुस्तकहरू लेख्नुभएको छ । उहाँ क्यालिफोर्नियाको सन भ्यालीस्थित ग्रेस कम्युनिटी चर्चका पास्टर-शिक्षक, साथै द मास्टर्स कलेज एण्ड सेमिनारीका अध्यक्ष पनि हुनुहुन्छ। उहाँ ग्रेस टु यू सेवकाइका अध्यक्ष पनि हुनुहुन्छ । उहाँले नै द मकार्थर अध्ययन बाइबल का टिप्पणीहरू लेख्नुभएको हो, र त्यो बाइबलको ५,००,००० भन्दा बढी प्रतिहरू बिक्री भइसकेका छन्। जोन र उहाँकी पत्नी पेट्रीसियाका चार जना छोराछोरी (सबै विवाहित) र चौध जना नातिनातिना छन् ।

थप जानकारी
  • लेखक: जोन मकार्थर
  • स्वरूप: मुलायम कभर
  • (ISBN) नम्बर: 9789937-9708-0-8    
  • पृष्ठ संख्या: 218
  • भाषा: नेपाली
  • प्रकाशन: गोस्पल पब्लिकेशन

गोस्पल पब्लिकेशनमा जोन मकार्थरद्वारा लिखित नेपाली पुस्तकहरू

Screenshot 2024 05 13 114516       WhatsApp Image 2025 06 30 at 10.44.56 4fc5ca3d

Book Author

Format

ISBN

9789937-9708-0-8

Language

Pages

218

Publisher

Reviews

There are no reviews yet.

Be the first to review “बाह्र साधारण पुरुषहरू”

Your email address will not be published. Required fields are marked *