स्वस्थ चर्च सदस्य के हो?

NPR 150.00

यो एक व्यावहारिक निर्देशिका हो, यद्यपि यो धार्मिक उपयोगितावादबाट स्वतन्त्र छ जुन यस विधामा प्रायः मानिसहरूलाई खुशी पार्ने कार्यहरूले परिचित छ । यस पुस्तकलाई सँगै पढ्न र यसको सल्लाहलाई अँगाल्नको लागि कुनै नेतृत्व र विश्वासको समुदायले रोज्छ भने, उनीहरूले आफ्नो जीवनलाई परमेश्वरको परिवारको रूपमा बुद्धि, शक्ति, प्रेम, र संसारमा साक्षी दिने कुरामा बढ्दै गरेको देख्नेछन् ।

Out of stock

SKU: GP-HCM-002-1 Categories: , , , Tag:

“स्वस्थ चर्च सदस्य के हो ? ले व्यावहारिक ख्रीष्टियान जीवनशैलीको साहित्यमा एक ठूलो खाँचोलाई पूरा गर्छ । यस पुस्तक चर्चको लागि सटीक, प्रयोगकर्तालाई अध्ययन गर्न सजिलो निर्देशिकाको रूपमा एकदम मूल्यवान छ । यो जोस र जरुरीपनाको जोडदार भावनाको साथ लेखिएको, व्यावहारिक चर्च सिद्धान्तको एक गहन र पूर्ण  बाइबलीय सार सङ्क्षेप पनि हो । त्यसरी नै, यो नयाँ विश्वासीदेखि लिएर अनुभवी पास्टरसम्मका लागि, र चर्चको प्रत्येक सदस्यका लागि मूल्यवान स्रोत हो ।
जुन युगमा सामान्यतया ख्रीष्टियानहरू चर्च कस्तो किसिमको समुदाय हुनुपर्दछ भन्ने कुरामा अलमल्ल परेका छन्, यहाँ चर्चको साँचो बाइबलीय
प्राथमिकताहरूको बारेमा वर्णन गर्ने सहयोगी पुस्तिका छ, विशेष गरी ती चर्चका प्रत्येक सदस्यलाई लागू हुन्छ ।”

— जोन म्याकआर्थर, प्रेसिडेन्ट (अध्यक्ष), ग्रेस टु यु

“थबिती आन्यब्विलेले समकालीन ख्रीष्टियान साहित्यको ठूलो शून्यतालाई भरेका छन् । कसरी विश्वासयोग्य पास्टर वा चर्चको अगुवा हुने भन्ने विषयमा पुस्तकहरू प्रायः लेखिन्छन्, तर चर्चको विश्वासयोग्य सदस्य हुनेबारे स्पष्टसँग बोल्ने पुस्तक भेट्न गाह्रो हुन्छ । बाइबलीय बुझाइ र व्यावहारिक शिक्षाको अथक भण्डारसहित,
आन्यब्विलेले ख्रीष्टियानहरूलाई चर्चमा उपस्थित हुन मात्र नभई बरु परमेश्वरले चाहेको, चर्चको विश्वासयोग्य र संलग्न सदस्य हुन भन्छन् ।
आज हाम्रो धेरै चर्चहरूको अवस्थालाई ध्यानमा राख्दा, यो पुस्तक सही समयमा आएको छ ।”

— आर. अल्बर्ट मोहल र जूनियर, प्रेसिडेन्ट, साउदर्न ब्याप्टिस्ट थिओलोजिकल सेमिनरी

“केही पुस्तकहरू यति सरल हुन्छन् कि उनीहरू सर्सर्ती पढ्न पनि योग्यका हुँदैन, अरूहरू यति जटिल छन् कि उनीहरूको विषय अत्यन्त महत्वपूर्ण नभएसम्म उनीहरूले माग गरेको समयको लायक हुँदैनन् । तर कहिलेकाहीँ कसैले एकैसाथ सरल र गहन पुस्तक भेट्टाउँछन् — र यो तीमध्ये एक हो ।
एक पुस्तामा जब धेरै मानिसहरूले “समुदायमा“  ख्रीष्टियानहरूको महत्वको बारेमा कुरा गरिरहेका हुन्छन्, केवल थोरैले मात्र बाइबलीय
विश्वासयोग्य र व्यक्तिगत रूपमा मुटुमा घोच्नेतरिकाले  यसको अर्थ खोलेका हुन्छन् । थबिती आन्यब्विले त्यो शून्यतालाई  भर्छन् ।
यसलाई पढ्नुहोस्, यसको बारेमा सोच्नुहोस्, यसलाई प्रार्थना गर्नुहोस् र तपाईंको चर्चमा उदारतापूर्वक वितरण गर्नुहोस् ।

— डी.ए. कार्सन, नयाँ करारको रिसर्च प्रोफेसर, ट्रिनिटी इभान्जेलिकल डिभिनिटी स्कुल

“यस पुस्तकले चर्चका एक साधारण सदस्यमाथि उत्कृष्ट र अत्यन्त आवश्यक ध्यान प्रदान गर्दछ ।
हामी सबैले यो पुस्तकको बुझाइबाट लाभ उठाउन सक्छौँ ।”

—आर. सी. स्प्रोल, सभापती र अध्यक्ष, लिग्नेर मिनिस्ट्रिज, प्रचार र शिक्षण सेवक, सेन्ट एन्ड्रयूज चैपल, सानफोर्ड, फ्लोरिडा

“एक विश्वासी पास्टर असल चर्च सदस्य पनि हुन् । थबिती यस सत्यताको प्रमाण हुन् त्यसैले उनले स्वस्थ चर्च सदस्य हुनु भनेको के हो भन्ने विषयमा पाष्टरीय अन्तर्दृष्टि र व्यक्तिगत अनुभवका साथ लेखेका छन् । सदस्यता बलियो बनाउन चाहने कुनै पनि चर्चले यस पुस्तकलाई आफ्ना सदस्यहरूको हातमा पुर्‍यायो भने असल गर्नेछ । अत्याधिक मोजमस्ती र स्वार्थी झुकाव भएको यस युगमा विश्वासयोग्य चर्च सदस्य हुनु सजिलो छैन । र पनि, थबितीले यो सम्भव छ भनेर सम्झाउँने मात्र गर्नुहुन्न तर आवश्यक छ भनि बाइबलीय वास्तविकताले चुनौती पनि दिन्छन् । थबिती आन्यब्विलेको विचार  र हृदयको लागि म परमेश्वरलाई निरन्तर धन्यवाद दिन्छु ।”

—एन्थोनी जे. कार्टर, पाष्टर, लेखक, सम्पादक,  एक्स्पेरिएनसिङ्ग द ट्रॅथस ब्रिंगगिंग द रिफर्मेसन टु द अफ्रिकन-अमेरिकन चर्च

“थबिती आन्यब्विलेको स्वस्थ चर्च सदस्य के हो ? ले चर्चले सदस्यता प्रस्तावको बारेमा, विश्वासको प्रत्येक स्थानीय निकायलाई सुसमाचारले गठित समुदायको सुरु र अभ्यास गर्न आग्रह गर्दै सही प्रश्नहरू सोध्छ । यो एक व्यावहारिक निर्देशिका हो, यद्यपि यो धार्मिक उपयोगितावादबाट स्वतन्त्र छ जुन यस विधामा प्रायः
मानिसहरूलाई खुशी पार्ने कार्यहरूले परिचित छ । यस पुस्तकलाई सँगै पढ्न र यसको सल्लाहलाई अँगाल्नको लागि कुनै नेतृत्व र विश्वासको समुदायले
रोज्छ भने, उनीहरूले आफ्नो जीवनलाई परमेश्वरको परिवारको रूपमा बुद्धि, शक्ति, प्रेम, र संसारमा साक्षी दिने कुरामा बढ्दै गरेको देख्नेछन् ।
यस पुस्तकका शब्दहरूमा हामी सबैले अद्भूत ओखती भेट्नेछौँ !”

—एरिक सी. रेडमन्ड, वरिष्ठ पाष्टर, हिलक्रिस्ट   बप्तिस  चर्च, टेम्पल हिल्स, मेरील्याण्ड

Book Author

Format

Language

Publisher

Pages

137

ISBN

9789937086202

Reviews

There are no reviews yet.

Be the first to review “स्वस्थ चर्च सदस्य के हो?”

Your email address will not be published. Required fields are marked *