सुसमाचारको बोलावट र साँचो परिवर्तन

NPR 300.00

 

सुसमाचारको पुनःस्थापना

प्रेरित पावलले सुसमाचारलाई आफ्नो प्रचारमा पहिलो स्थान दिए, यसलाई प्रष्टसँग घोषणा गर्नका लागि आफ्नो सम्पूर्ण बल खर्च गरे, अनि उनीले सुसमाचारको यतिसम्म खबरदारी गरे कि यसको सत्यतालाई तोडमोड गर्नेलाई श्रापितसम्म भन्न पुगे । तर वर्तमान युगमा एउटा हायलाग्दो दृश्य छ, जहाँ आफैलाई सुसमाचारवादी भन्नेहरूमध्ये धेरैले सुसमाचारलाई सुँगा रटाइ गरिने केही वक्तव्यहरूमा सीमान्कित गरेका छन् अनि परिवर्तनलाई केवल मानवीय निर्णयको रूपमा हेरेका छन् । सुसमाचारको बोलावट र साँचो परिवर्तनमा पावन वशरले विश्वास, पश्चाताप र खीष्टलाई ग्रहण गर्नुको सही अर्थलाई केलाउँदै यस्तो सस्तो विश्वासवादलाई चुनौती दिन्छन् । साथै उनले उद्धारकारी अनुग्रहको प्रभावहरूको पनि उत्खनन् गर्दछन् जसको बारेमा परमेश्वरले नयाँ करारमा प्रतिज्ञा गर्नुभएको छ नयाँ हृदय र नयाँ मानिसहरूको सृष्टि ।

अनुमोदनहरू

नेपाली चर्चहरूमा मैले देखेको मुख्य खाचो भनेको साँचो परिवर्तन सम्बन्धी बाइबलीय शिक्षा हो। सुसमाचारको बोलवट र साँचो परिवर्तनका लेखक पावल वाशरले साँचो खीष्टियान कसरी बन्न सकिन्छ भनी बाइबलीय सत्यताद्वारा गहन शिक्षालाई प्रष्टै रूपमा उजागर गरिदिनुभएकोमा म लेखकको निम्ति परमेश्वरलाई धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो नेपाली श्रीष्टियान जगतमा मानिसको सुसमाचार प्रचारको आफ्नै रणनीति र साँचो परिवर्तन सम्बन्धी कम्जोर बुझाइले गर्दा चर्चहरू कम्जोर भएको र झूटा चर्चहरुको स्थापना भएको म देख्छु म तपाई सबै चर्चका पास्टरहरू लगायत सम्पूर्ण विश्वासीहरूले यस पुस्तक अध्ययन गरी तपाईं आफैलाई र तपाईंका चर्चलाई बलियो बनाउनुहुनेछ भनी बाशा राख्दछु ।

पास्टर सर्बजित गुरुङ , ग्रेस चर्च बुटवल

वर्तमानको नेपाली ख्रीष्टियान चर्चहरूमा सुसमाचारको सतही बुझाइ, सस्तो अनुग्रहु र  सजिलो विश्वासवादले निकै प्रभाव पारेको देखिन्छ । यसैले, बाइबलीय साँचो सुसमाचार के हो, के म साँच्चै नयाँ गरि जन्मिएको विश्वासी हूँ र साँचो तरिकाले ख्रीष्टमा विश्वास गर्नु भनेको के हो भन्ने महत्वपूर्ण विषयहरूलाई बुझ्नु आजको अपरिहार्यता हो। यो पुस्तकमा यही विषयको विश्लेषण अध्ययन गर्दै गर्दा धर्मशास्त्रको प्रकाशमा मैले सुसमाचारको मेरो बुझाइ र विश्वासलाई स्पष्ट तवरले बुझ्ने मौका पाएँ म सबैलाई यो पुस्तक पढ्न हौसला सहित अनुरोध गर्दछु ।

पास्टर तिमोथी केसी, द ग्यादरिंग चर्च, ललितपुर

यस पुस्तकको चुरो कुरा भनेको साँचो सुसमाचारले साँचो विश्वास र चेनापनतर्फ होर्‍याउँछ। यस पुस्तकले ख्रीष्ट साँचो चेलाहरू निर्माण गर्न सहायता पुर्याउनेछ भनी म विश्वास गर्दछु ।

पास्टर जिरमान राई, लिभिङ बप्तिस पर्व, ललितपुर

Book Author

Format

Language

Pages

200

Publisher

ISBN

9789937129732

Reviews

There are no reviews yet.

Be the first to review “सुसमाचारको बोलावट र साँचो परिवर्तन”

Your email address will not be published. Required fields are marked *