स्वस्थ चर्चहरूको निर्माण शृङ्खला

NPR 1,299.00

NPR 150.00
NPR 150.00
1 × सामूहिक आराधना
NPR 150.00
NPR 150.00
NPR 150.00
NPR 150.00
NPR 150.00
SKU: building healthy churches Categories: ,
साँचो परिवर्तन

साँचो परिवर्तनसम्बन्धी बुझाइले सेवकाइलाई कसरी आकार दिन्छ ?

चर्चको काम गर्ने तरिकाले प्रायः कसरी मानिसहरूले मुक्ति पाउँछन् भनी उक्त चर्चले विश्वास गर्ने कुराको बारेमा बढी बताउँछ । कुनै चर्चले साँचो परिवर्तनसम्बन्धी बाइबलीय शिक्षालाई साँचो रूपमा अवलम्बन गर्दा तिनीहरूले मानिसहरूलाई पश्चाताप र विश्वास गर्ने आह्वान गर्दछन्( एकपटक मात्र गरिने निर्णयहरू, उपाचरमूलक चङ्गाइहरू वा नैतिक जीवनशैलीहरू अवलम्बन गर्न होइन । साँचो परिवर्तनसम्बन्धी बाइबलीय सिद्धान्तले शिक्षा, सुसमाचार प्रचार, चेलापन, सदस्यता र स्थानीय चर्चको जीवनको हरेक पक्षमा देखिनुपर्ने भिन्नतालाई सहि तरिकाले बुझाइदिन्छ । यसैको निम्ति यो पुस्तक लेखिएको हो ।

सांचो परिवर्तन अपरिहार्य भए तापनि गलत रूपमा बुझिएको कुरा हो लरेन्सलाई यो कुरा थाहा  छ।त्यसैले बाइबलद्वारा सिकाउने कुरालाई सरल र आकर्षक तरिकाले व्याख्या गरेका छन्। यो सानो पुस्त ठूलो उपहार हो ।

सामूहिक आराधना

चर्चमा सामूहिक आराधनाको भूमिका के हो ?

ख्रीष्टियानहरूले हरेक हप्ता चर्चमा परमेश्वरको आराधना गर्दछन्, तर वास्तवमा आराधना के हो वा किन त्यसो गरिन्छ भन्ने धेरैजनालाई थाहा हुँदैन । केहीको लागि, यो प्रवचनको तयारी हो । कतिपयको लागि, यो म र येशू मात्र हुने क्षण हो। सामूहिक आराधनालाई हेर्ने बाइबलीय रूपमा सुसूचित तरिका के हो ?

पुस्तकमा म्याट मर्कर देखाउनुहुन्छ कि सामूहिक आराधना भनेको परमेश्वरको जनहरू उहाँको अनुग्रहद्वारा, उहाँको महिमाको लागि, तिनीहरूको भलाइको लागि र नियालिरहने संसारको सामु भेला हुनु हो। आराधना वास्तवमा यस्तो हुनुपर्दछ परमेश्वरका जनहरूले नयाँ सृष्टिमा अनन्तसम्म एकसाथ आराधना गर्नुको पूर्वस्वाद । त्यसलाई त्यही बनाउनको लागि उहाँले बाइबलीय ज्ञानहरू र व्यावहारिक सुझावहरू दिनुहुन्छ ।

साँचो सिद्धान्त

सिद्धान्तको बारेमा तपाईं के महसुस गर्नुहुन्छ ?

दिमागमा जेसुकै जवाफ आए तापनि, यो पुस्तकले साँचो सिद्धान्त भक्तिको जीवन जिउनका लागि महत्वपूर्ण हुन्छ भनी बुझ्न तपाईलाई मद्दत गर्नेछ, र स्वस्थ चर्चको जीवनमा हुने ईश्वरशास्त्रको महत्वपूर्ण भूमिकालाई पनि व्याख्या गरिदिनेछ ।

आखिर, परमेश्वरको बारेमा सोच्ने सही तरिकाले सबै कुरामा प्रभाव पार्छ- व्यावहारिक विषयहरूमा मार्गदर्शन गर्नेदेखि चर्चको एकता तथा साक्षी वृद्धि गराउनसम्म । यो संक्षिप्त र पठनीय पुस्तकले कसरी असल ईश्वरशास्त्रले रूपान्तरण, जीवन र आनन्दमा पुऱ्याउँछ भनी देखाउँछ ।

चर्चका एल्डरहरू

चर्चको प्रभावकारी अगुवापन कस्तो देखिन्छ ?

यो वार्तालाप विधाको पुस्तकमा, पास्टर जेरमी रिन्नीले एल्डरहरूको “कार्यविवरण” लाई सरल तरिकाले बुझ्न सकिने गरी प्रस्तुत गर्नुभएको छ जसलाई उहाँले चर्चको अगुवापनसम्बन्धी बाइबलको शिक्षाबाट लिनुभएको छ ।

यस पुस्तकले नयाँ एल्डरहरूलाई व्यावहारिक मार्गदर्शन प्रदान गर्दछ, अनि चर्चका सदस्यहरूलाई पनि आफ्ना आत्मिक अगुवाहरूलाई अझ राम्ररी बुझ्न र समर्थन गर्नमा सहायता गर्दछ । यो सङ्क्षिप्त पुस्तकले एल्डरहरूलाई अनुग्रह, बुद्धि, स्पष्ट दर्शन साथै आफ्नो बोलावटलाई अङ्गाल्न हौसला प्रदान गर्दछ ।

चर्च अनुशासन

चर्च अनुशासन स्वस्थ चर्च निर्माण गर्नको लागि अपरिहार्य हुन्छ । त्यसकारण, हामीले कसरी ठीक तरिकाले चर्च अनुशासन लागू गर्नुपर्दछ त ?

जोनाथान लीमनले अनगिन्ती किसिमका परिस्थितिहरू र पापहरूका सामना गर्न हामीलाई सहायता गर्दछन् तर त्यसका हुबहु उदाहरण भने बाइबलमा पाइँदैनन्, जुन पापहरू कुनै पनि सूचीमा पाइँदैनन् र तिनलाई प्रेममा उचित तरिकाले सच्च्याउनका लागि बाइबलीय संरचना चाहिन्छ ।

यो समकालीन र सङ्क्षिप्त कार्य निर्देशिका हो जसले स्थानीय चर्चमा अनुशासनलाई बुझ्ने र लागू गर्ने ईश्वरशास्त्रीय संरचना प्रदान गर्दछ । साथै, यसले वास्तविक जीवनका धेरैवटा उदाहरण र तिनका समाधानहरू पनि प्रदान गर्दछ ।

व्याख्यात्मक प्रचार

कुन कुराले प्रचारलाई असल बनाइदिन्छ ?

यो पठनीय पुस्तक प्रचारकहरू र तालिम लिइरहेका विद्यार्थीहरूका लागि लेखिएको हो । पास्टर डेभिड हेल्मले यस पुस्तकमा परमेश्वरको वचनको विश्वासयोग्य व्याख्याकार बन्नका लागि विश्वास गर्नुपर्ने र पूरा गर्नुपर्ने कुराको रूपरेखा प्रस्तुत गर्नुभएको छ ।

प्रचारकहरूका लागि व्यावहारिक र कदम-कदमको मार्गदर्शन प्रदान गर्नुको साथसाथै यस पुस्तकले असल प्रवचन सुन्दाखेरि त्यसलाई चिन्नका लागि हामीलाई सक्षम बनाउनेछ ।

सुसमाचार

चर्चले खीष्टको सुन्दरता कसरी झल्काउँछ ?
सुसमाचार एउटा ईश्वरशास्त्रीय सन्देश हो । तर यो सन्देशले मानवीय सुन्दरता अर्थात् हाम्रा चर्चहरूमा सम्बन्धहरू पनि सिर्जना गरिदिन्छ, र ख्रीष्टको महिमालाई संसारमा देख्न सकिने बनाइदिन्छ ।

यो समयसापेक्ष पुस्तकमा पास्टर रे ओर्टलण्डले सुसमाचारको सिद्धान्तले सुसमाचारको संस्कृतिलाई जन्म दिन्छ भन्ने कुरा प्रष्ट पार्नुहुन्छ। धेरैजसो हाम्रा चर्चहरूमा सुसमाचारको संस्कृतिको सुन्दरता हराएको छ। तर, यदि हामीले सुसमाचारलाई त्यसको पूरा शक्तिले काम गर्न अनुमति दिन्छौँ भने, चर्च खीष्टको महिमाले चम्किन्छ ।

बाइबलीय ईश्वरशास्त्र

चर्चले आफैलाई झुटा सुसमाचारहरूदेखि कसरी रक्षा गर्छ ?
संसारभरिका चर्चहरूले हरेक हप्ता बाइबल त पढ्छन्, तर बाइबलले भन्न खोजेको मुख्य कुरा बुझ्न चुक्छन्, र परिणामस्वरूप हप्तै पिच्छे झुटा सुसमाचार प्रचार गर्न पुग्छन् । यस्तो खतराबाट चर्चलाई रक्षा गर्ने एउटा तरिका भनेको बाइबललाई यसको मुख्य सन्देशको प्रकाशमा पढ्नु हो, जुन सन्देश ख्रीष्टमा पुगेर टुङ्गिन्छ । यसलाई हामी बाइबलीय ईश्वरशास्त्र भन्दछौं ।
बाइबलको मुख्य कथा बुझ्नलाई चाहिने रूपरेखाबाट सुरू गरेर उक्त सन्देशको शिक्षणलाई प्राथमिकतामा राख्न आधारभूत सिद्धान्तहरूलाई वर्णन गर्दै यस पुस्तकले चर्चहरूलाई सुसमाचारीय सत्यताको रक्षा गर्न साहयता गर्दछ ।

 

Book Author

, , , , ,

Format

Publisher

Language

Reviews

There are no reviews yet.

Be the first to review “स्वस्थ चर्चहरूको निर्माण शृङ्खला”

Your email address will not be published. Required fields are marked *